दलित समाचार » बागलुङ, पर्वत र म्याग्दी जिल्लाको दलित समुदायका विकासका लागि कार्ययोजना निर्माण गोष्ठी सम्पन्न
बागलुङ, पर्वत र म्याग्दी जिल्लाको दलित समुदायका विकासका लागि कार्ययोजना निर्माण गोष्ठी सम्पन्न
Posted: December 28, 2009
प्लान नेपालको सहयोग तथा दलित सशक्तिकरण केन्द्रबागलुङ राष्ट्रिय दलित विकास संस्था पर्वत तथा दलित जनसमाज नेपाल पर्वतको संयुक्त आयोजनामा सामाजिक समावेशीकरण तथा विभेदरिहत परियोजना बागलुङ अन्तरगत दलित बिकासका लागि कार्ययोजना निर्माण गोष्ठी यही मिति २०६६ साल पौष ९ गते होटल पिस प्यालेस बागलुङको सभाहलमा सम्पन्न भयो ।
 कार्यक्रमको उदघाटन सत्रमा उत्पिडित दलित समुदायको संजाल बागलुङका अध्यक्ष धन बहादुर परियार प्रमुअ अतिथि र दलित वर्ग उत्थान समन्वय समिति बागलुङका उपाध्यक्ष हर्कमान विक तथा पर्वतका उपाध्यक्ष जित बहादुर नेपाली तथा छुवाछुत अपराध निगरानी समितिका अध्यक्ष गोविन्द बहादुर नेपाली र गोष्ठीका सहजकर्ता दलित अध्ययन तथा विकास केन्द्रका दलित अधिकारकर्मी हिरा विश्वकर्मा लगायतका व्यक्तिहरु अतिथि र बागलुङ पर्वत र म्याग्दी गरी ३ जिल्लाका ३९ जन सहभागी रहेको उक्त कार्यक्रमको अध्यक्षता दलित सशक्तिकरण केन्द्रबागलुङका अध्यक्ष अधिवक्ता याम बहादुर चर्मकार संचालन राष्ट्रिय दलित विकास संस्था पर्वतका कावा अध्यक्ष अधिवक्ता उदविर नेपाली र स्वागत दलित जनसमाजका कार्यक्रम अधिकुत दुर्गा बहादुर दर्जीले गर्नुभएको थियो भने बक्ताहरुले दलितको विकासका लागि कार्ययोजना आवाश्यक भएको बताउदै अब बन्ने संविधानमा दलितहरुका अधिकार सुनिश्चित गर्न सबै लाग्नुपर्ने बताएका थिए । चारदिन सम्म चलेको गोष्ठीदे धौलागिरीका दलितहरुको विकासका लागि ३ वर्षे कार्ययोजना निर्माण गरेको छ ।उक्त कार्यक्रममा अन्तरिम योजनाका समेत विशेषज्ञ बरिष्ठ दलित अधिकारकर्मी हिरा बिश्वकर्माले गर्नुभएको थियो ।

« Go Back
Supporters / Sponsors :