दलित समाचार » अन्तरजातीय विवाह गर्ने जोडी गाउँनिकाला |
||
| अन्तरजातीय विवाह गर्ने जोडी गाउँनिकाला
Posted: December 15, 2009 यज्ञराज थापा (दैलेख) सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप १ लाख दिने व्यवस्था गरे पनि पश्चिम दैलेखमा अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनको साटो गाउँबाट निकाला गरिएको छ। मंसिर १३ गते प्रेमविवाह गरेका नाउलेकटुवाल गाविस वडा नं. ९ का उपेन्द्र विक र सोही गाविस-८ की मीना खड्कालाई माइती पक्षकालेे गाउँबाट निकालेका हुन्। भागेर नेपालगन्ज गएका अन्तरजातीय जोडीलाई खोज्न नेपालगन्ज नै पुगेपछि पुनः दैलेख सदरमुकाम आएको पीडितहरूले बताए। अन्तरजातीय जोडीले भने- ँएकान्त होटलमा बसेका छौं, यहाँ पनि फोनबाट धम्की आउन थाल्यो।’ कक्षा १० मा पढ्दादेखि नै पे्रम रहेको बताउने उपेन्द्र र मीना सरकारले अन्तरजातीय विवाह गर्नेलाई पुरस्कार र सम्मान गर्ने व्यवस्था गरेपछि मात्र विवाह गरेको बताउँछन्।् आँशु झार्दै मीनाले भनिन्- ँगाउँका फटाहाहरूले त कुरा बुझ्दैनथे, बाबुआमाले त कुरा बुझ्नुपथ्र्यो, उल्टै २ लाख ५० हजार लगेर भागेकोे आरोप लगाएका छन्।’ दैलेखमा अन्तरजातीय बिहे गरेकै कारण ज्यान मार्ने धम्कीसहित गाउँ निकाला गरिएको उदाहरण यो मात्रै होइन। दैलेखमा यसअघि अन्तरजातीय विवाह गर्ने दलित युवाको परिवारले ६० हजार जरिवाना तिर्नुका साथै केटा बेपत्ता हुनुपरेको थियो। गैसस महासंघ दैलेखका सचिव अमर सुनारले अन्तरजातीय विवाह गर्ने दम्पतीलाई ससम्मान घरमा बस्ने वातावरण मिलाउन राजनीतिक दलहरूले सहयोग नगरेको गुनासो पोख्नुभयो। हाल पीडित सदरमुकामस्थित विष्णु होटलमा बसिरहेका छन्। श्रोत: नेपाल समाचार पत्र दैनिक 2066-08-29 « Go Back |
Supporters / Sponsors :
