दलित समाचार » दलित युवतीलाई विवाहगरि केटो फ्रहार |
||
| दलित युवतीलाई विवाहगरि केटो फ्रहार
Posted: December 14, 2009 राजु रसाली/पाल्पा पाल्पा जिल्ला ताँहु गाविस वडा न ९ धोवादी घर भई तानसेन नगरपालिका वडा न।३ भिमसेनटोलमा डेरागरि बस्ने इश्वरी सुनारको छोरी बर्ष १८की मनिषा सुनारलाई गएको असार १८ गते प्रेम विवाह गरि तानसेनकै एक गैर दलित युवक हालै फ्रहार भएका छन्। तानसेन नगरपालिका वडा न।३ बसपार्क स्थायी घरभएका प्रदिप लिगलको छोरो बर्ष १९को प्रवेश लिगलले असार १८ गते तानसेनकै नारयणस्थान मन्दिरमा दुवैपक्षको १० जना साक्षि सहित विधिपूर्वक मनिषा सुनारलाई विवाह गरेका थिए । केटी दलित जातकी भएका कारण प्रवेशका बुबाआमाले घरमा लैजान नदिएपछि विवाह लगतै केटाले बुटवल नगरपालिका वडा न।६मा डेरा खोजी राखेको थियो । विवाहको ५ महिना सम्म केटासँगै भए पनि कार्तिक १० गते विहान ८ बजे दुध लिन जान्छु भन्दै प्रवेश फ्रहार भएको र आफु अलपत्र परेको मनिषाले बताईन । कार्तिक १३ गते सुरक्षाको कारण माइत तानसेन आई बसेको बताउने मनिषाले कार्तिक १५ गते जिल्ल्ाा प्रहरी कार्यालय पाल्प्ाामा लोग्नेले छाडि भागेको आफु अलपत्र परेको भन्दै कानुन बमोजिम न्याय पाँउ भनि निवेदन दिएकी छन । उता केटा पक्षका आफन्तले भने केटो आफ्नो सम्पर्कमा नरहेको बताउदै आएका छन । मंसिर २४ गते जिल्ल्ाा प्रहरी कार्यालय पाल्प्ाामा दुबै पक्षका व्यक्तिसंग छलफल गरि टुङ्गोमा पुग्ने भने पनि टुङ्गोमा पुग्न नसकेको मनिषाका बुवा इश्वरी सुनारले बताए । जिल्ला प्रहरी कार्यालय पाल्प्ााका सई डेलिम्बराज घिमिरेका अनुसार मंसिर २४ गते देखि २ हप्ता सम्म त्रिपक्षिय प्रहरीकेटा पक्ष र केटी पक्षले केटालाई खोज्ने सहमति भएको बताएका छन । केटो नभेटिएमा केटी कोसंग बस्ने अन्योल थपिएको छ । « Go Back |
Supporters / Sponsors :
