दलित समाचार » बलत्कृत दलित महिलालाई गाउँ निकाला
बलत्कृत दलित महिलालाई गाउँ निकाला
Posted: December 11, 2009
भोला पासवान
सप्तरी २५ मंसीर ÷ कथित उप्पलाजातका युवकबाट सर्वस्य लुटिएकी सप्तरी जगतपुर गाविस १की एक महिलालाई गाउँका पाचहरुले कुटपि गर्दै काम गर्न गएका उनका श्रीमान नआए सम्म गाउबाट निकाला गरेको छ ।

सप्तरीको जगतपुर गाविस-१ धनकट्टा टोल निवासी १९ वर्षिया रविनानाम परिर्वतनलाई गएको शनिवार राती आफ्नै घरमा सुतिरहेको बेला सोही स्थानीय सचिता भनिने सचिन यादवले जर्बजस्ती मुख थुनेर बल्तकार गरेका थिए ।

घरमा श्रीमान नभएको मौका छोपी यादबले सदामुसहर थरकी महिलालाई बल्तकार गरेका थिए । पिडीत महिलाको श्रीमान कामका लागि दुई महिना अघि भारतको पंजाब गएको छ ।

  "मैलै यौन सम्पर्क गर्न दिन नमानेपछि पटक-पटक देवी देवताको वास्ताकि्रया दिएर दिदैं मुख थुनेर बल्तकार गरे ।" पिडीत रविनाले भनिन्-" यादबले बढी कराए ज्यान मार्ने धम्की दिदैं मेरो इज्जत लियो ।"

  "यौन सम्पर्क गरेर भाग्ने क्रममा आफु कराएपछि मेरो आफ्न्त कमल सदाले यौन सम्पर्क गर्ने यूवक सचिनलाई पक्राउ गरेको थियो ।"" तर पिडक यादबले कुरा अगाडी नबढाएर हामी बिचमै मिलाउनु पर्छ भन्दै तत्काल त्यहाँबाट फरार भएको थियो ।ु पिडीतले ्र भनिन्- ुपछि आफ्न्त कमलले गाउँका भर-भलादमीलाई घटनाबारे गएको आईतवार बिहान जानकारी गराएको थियो ।ु

घटनाको विषयमा गएको सोमबार गाउँमा पाचायत बोलाएको जानकारी दिदैं पीडित रविनाले भनिन्-ुगाउँका पाचहरुले आफुलाई न्याय दिलाउनको साटो पाचायतिमै कुटपिट गर्दै गाउँ निकाला गरे ।ु

ुपाचायुमा गाउँका दलित समुदायको मात्र पाचहरुको उपस्थिती रहेको थियो भने पीडिक सचिनलाई ुपाचायतुमा उपस्थित समेत गराईएको थिएनन् । सोझा साँझा दलितहरुलाई पिडक सचिनले घटना गाउँमै मिललाउँन दवााव दिएपछि उनीहरु गाउँमै ुपच्चयातु राखेर महिलालाई गाउँ निकाला गरेका छन् ।

ु मलाई मुख थुनेर जर्बजस्ती यौन सम्पर्क गरेको पटक-पटक ुपाचायतुमा बताएपनि मेरो कुरालाई वास्ता नगरी ुपाचहरुले यौन सम्पर्क गर्ने सचिनलाई पाचायतमा उपस्थिती समेत नगराई एकतर्फी फैसला गर्यो ।ु पिडीतले रविनाले भनिन्-ुपाचायतुले तिम्रो श्रीमान गाउँ नआएसम्म तिमी यो गाउँमा बस्न सकदैनौं भन्दै सोमबार नै गाउँबाट निकाला गर् यो ।ु

गाउँका पाचहरुका आदेशमा गाउँबाट निकाला भई विगत तिन दिनदेखि आफु सप्तरीको प्रसवनि गाविस-६ बेल्हास्थित माईतीमा बस्दै आएकी पिडीत रिवनाले भनिन्-ुम माथि अन्याय भएको छत्यसको प्रत्यक्ष साक्षमी मेरा आफन्त नै छ तर तिनीहरुले नै ुपाचायतुमा न्याय नदिएर गाउ निकाला गरेपछि म बाध्य भएर माइतमा शरण लिएर बसीरहेको छु ।ु

ु आफनै समाजले त न्याय दिएन भने कानूनले के न्याय दिन्छ त्यसमा पनि उनीहरुपिडकको पहुचमाथि सम्म छ त्यसैले प्रहरी प्रशासनमा गइन् ।ु पिडीतले भनिन्-ु फेरी कानूनी कार्यावाही गर्न मसंग पैसा पनि छैनमेरो पक्षमा बालिदिने कोही अगुवा पनि छैनम कसरी न्याय पाउन सक्छु ।ु

ु जर्बजस्ती यौन सम्पर्क गर्ने यादबलाई प्रहरी प्रशासनले कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।ु भन्छिन उनी । तर उनलाई आफनै समाजले समेत पिडकलाई कार्यावाही गर्न सात नदिएपछि आफु धेरै नै दुःखी भएको उनले बताईन ।

ुश्रीमान् नभएको बखत यस्ता घटना म माथि भएकोले श्रीमान् समेत मलाई अब राख्न मान्छ कि मान्दैन ु रविना आँसु झर्दै भनिन्-ुआफुलाई न्याय नपाएरुघर न घाटुको भएकी छु ।ु उनले भनिन् ु म त अब कत्तैको रहीन् ।ु

निमुखाहरुको कुरा कोही नसुन्ने भएकाले कार्यावाही भन्दा घरमा नै राखेको उनका माइती पक्षका एक आफन्तले बताए । ु दोषीलाई कडा कारबाही गरि गाउँ निकाला भएकी रविनालाई उनकै आफ्नै गाउँमा बस्न वातावरण बनाईदिन सम्बन्धित सबैपक्ष उनका आफन्तले आग्रह गरे ।

यता जर्बजस्ती यौन सम्पर्क गर्ने सचिन अहिले गाउँमा खुलेयामा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । सचिन जगतपुर गाविस-१ का कुम्भरा यादवका छोरा हुन् । उ यसअघि समेत गाउँका ३÷४ दलित महिलाहरुलाई जर्बजस्ती यौन सम्पर्क गरेको स्थानीयबासीहरुकोआरोपछ ।

घटनास्थल देखी २ किमी भित्र ईलाका प्रहर्ि कार्यालय कन्चनपुर रहेको छ । घतना सम्बन्धमा ईप्रका कन्चनपुर प्रहरी निरीक्षक रमेश कुमार तमाङ्गले भने अभियुक्तलाई पक्राउ गरि आवश्यक अनुन्धान थालिएको बताएको छ ।

« Go Back
Supporters / Sponsors :