दलित समाचार » नीजि घरमा सम्मानजनक प्रवेशका लागि हस्ताक्षर संकलन |
||
| नीजि घरमा सम्मानजनक प्रवेशका लागि हस्ताक्षर संकलन
Posted: December 10, 2009 ६१ औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा दलित सेवा सघंले मानवअधिकार महाभेला भै रहेको स्थान नेपाल प्रज्ञा प्रतिष्ठानमा जातिय भेदभाव तथा छुवाछुत अपराध उन्मुलनका लागी ऐक्यबद्धता जाहेर गर्न बिहिबार हस्ताक्षर संकलन संकलन गरेको छ । ‘सार्वजनिक तथा व्यक्तिको निजी घरमा समेत सम्मानजनक प्रवेशको अधिकार सहितको जातीय भेदभाव तथा छुवाछुत अपराध उन्मुलन र सजाय ऐन २०६५ को मस्यौदा विधेयक विधायिका संसदमा यथासिघ्र पेश गरी पारित गराउनका लागि ऐक्यवद्धता जाहेर गर्दछौ’ भन्ने नाराका साथ हस्ताक्षर अभियान संचालन गरिएको हो । त्यसै गरि बागलुङमा पनि दलित सेवा संघको शाखा कार्यालयले जातिय भेदभाव तथा छुवाछुत अपराध उन्मुलनका लागी ऐक्यबद्धता जाहेर गर्न बिहिबार हस्ताक्षर संकलन संकलन गरेको छ । बागलुङको लोकतान्त्रिक चोकमा गरिएको हस्ताक्षर संकलन कार्यक्रमको उद्घाटन बरिष्ठ अधिबक्ता पद्मनाथ शर्माले गर्नुभएको थियो । « Go Back |
Supporters / Sponsors :
