दलित समाचार » "अन्तरजातीय विवाह गर्ने संचारकर्मीलाई ज्यान मार्ने धम्की" समाचारका आरोपित लिलामणी घिमिरेले पठाउनु भएको खण्डन |
||
| "अन्तरजातीय विवाह गर्ने संचारकर्मीलाई ज्यान मार्ने धम्की" समाचारका आरोपित लिलामणी घिमिरेले पठाउनु भएको खण्डन
Posted: December 6, 2009 "अन्तरजातीय विवाह गर्ने संचारकर्मीलाई ज्यान मार्ने धम्की" समाचारका आरोपित लिलामणी घिमिरेले पठाउनु भएको खण्डन । सम्पादक ज्यू दलितमिडियाहोम डट कम म
गैह्र दलित भए पनि दलित अधिकारका लागि लामो समयदेखि लड्दै आएको ब्यक्ति
हुँ । दलित मानव अधिकार संगठनको कार्य समिति सदस्यसमेत रहेर दलितहरुलाई
अधिकारका लागि आन्दोलित गर्न मुलुकका विभिन्न भाग हिडेको छु ।
दलितलाई समाज, कानुन र धर्मले विभेद गरेकाले त्यसलाइ सुधार्नु पर्छ
भनेर कलम चलाउने एक संचारकर्मी पनि हुँ । त्यससँगै अंतर जातीय विवाहको
पक्षपति रुपमा उभ्याउदै आएको छु । मानवअधिकारबादी तथा पत्रकार बाबुराम
विश्वकर्माको अन्तर्जातीय विवाहमा मैले ज्यान दिएर सहयोग गरेको हु ।
समाजमा पुनस्थापित हुनु अघिसम्म मैले नै उनलार्इ आश्रय दिएको थिए । अहिले
पननि उनी मेरो एउटै फ्याटमा बस्ने अभिन्न मित्र पनि हून । मैले
यो सबै भन्नुको अर्थ दलित भएवापत कसैले सबै प्रकारका अपराधबाट उन्मुक्ति
पाउनु पर्छ र उसलालाई जे गर्न पनि छुट हुनु पर्छ भन्नेहरुको विरोधै
गर्नु हुन्न भन्ने पक्ष्ामा भने म छैन । यो समाचारमा उल्लेख भएअनुसार
राजन गाउले र गीता घिमिरेलालाई मलगायतले ज्यान मार्ने र जिल्ला
छाड्ने धम्की दिएको भन्ने समाचार कपोलकल्पित, भ्रामक, निराधार,
मनगण्ान्ते र मेरो चरित्रहत्या गनर्े नियतले आएको छ । समाचार लेखकले
आरोपितलाइ एकपटक पनि नसोधि समाचार लेखेका छन । कसैलालाई आरोप
लगाउदैमा कोही अभियुक्त बन्दैन भन्ने समाचारदातालाइ थाहा हुनु पर्ने हो
। यदि यसैगरी समाचार लेख्ने हो भने जो सुकैको मनगढन्ते समाचार बनाएर
उछित्तो काड्न सकिन्छ । राजन र
गीता रेडियोमा विना सूचना लामो समयदेखि बेपत्ता भएका हुन ।
उनीहरुलाई कसै गरेपनि सम्पर्क हुन सकेन । लामो समयपछि गीताले मसग गल्ती
गरेकामा क्षमा याचना गर्दै इमेल गरेकी थिइ । त्यो इमेलको प्रतिउत्तरमा
उसलाइ मैले 'त्यसरी नभाग्न र हामीले उनीहरुलाई छुट्याउने हैन समर्थन
गनर्े त्यसको लागि दलितका नाममा नागरिकता बनाउन यसको नागरिकता पठाइ
दिन्छु' भनेपछि उनीहरु सिन्धुली फर्किएका हुन । उनीहरुले आफै गरेर खाउन
भन्ने मेरो चाहना हो । उसको नागरिकता त्यतिखेर मसग थियो । उनीहरु
सिन्धुली फर्किएको पनि लामो समय भइसकेको छ । समाजमा उनीहरु स्थापित भइ
सकेका छन । यो बीचमा उनीहरु सिन्धुली र म काठमाडौंमा कार्यरत रहेकाले
कुनै पनि माध्यमबाट दोहोरो सम्बादसमेत भएको छैन । त्यो कुरा राजन गाउले वा
गीतालाई सोधे हुन्छ । यस्तो अवस्थामा मैले कसरी उसलाई धम्की दिन सक्छु ।
सिन्धुलीगढी रेडियोले उनीहरुलाई कारबाही गरेको कुरा साचो हो । सस्थाको
अनुसासन नाघेपछि उनीहरु कारबाहीको भागिदार भएका हुन । जुन सुकै सस्थाको
आफ्नै नियम हुन्छ । त्यसलाई उलंघन गर्नेहरुलाई कुनै जातीको भएकै
आधारमा छुट दिन सकिदैन । उनीहरु विनासूचना लामो समयदेखि बेपत्ता थिए ।
कुनै पनि संस्था अनुशासनहिनको जमात हुन सक्दैन । उनीहरुलाई अन्तर्जातीय
विवाह गरेका कारण निकालिएको भन्ने आरोप झुठ, निराधार, कपोलकल्पित र भ्रामक
छ । उनीहरु प्रेम
गरेर चाखो मनले हिडेका हुन भने समाजमा स्थापित भइसकेपछि कसैको विरुद्ध
विष् बमन गरिहनु आवश्यक छैन । उनीहरुले गरेर खाए हामीलाई खुशी लाग्ने छ
। उनीहरुलार्इ धम्क्याएर जिल्ला छाड्न लगाएर हामीलार्इ कुनै उपलब्धी
हुदैन । त्यस बेला हामीलाइ कसैले स्यावासी पनि दिने हैन । जे हुनु भइनै
सकेको छ । उनीहरु सिन्धुली गढी रेडियो ध्वस्त पार्ने र हामी
दाजुभाइलाई सताउने निहित उद्देश्य लिएका केही ब्यक्तिको योजनाअनुरुप
हिडेका हुन । त्यो क्रमश प्रष्ट हुदै आएको छ । अन्तमा मैले गल्ती नै
गरेको भए सजाय मैले पाउनु पर्छ । म कार्यरत सस्थाको त्यसमा के दोष्ा छ र
त्यसलाइ मुछ्ने ? कुनै पनि समाचार लेख्दा आरोपितलाई एक पटक सोधेर
लेख्न आग्रह गर्दछु । लीलानाथ घिमिरे सिन्धुली, हाल:
काठमाडौं « Go Back |
Supporters / Sponsors :
