दलित समाचार » पर्वत दलित उत्थान समन्वय समितिको उपाध्यक्षमा नेपाली
पर्वत दलित उत्थान समन्वय समितिको उपाध्यक्षमा नेपाली
Posted: December 4, 2009
पर्वत मंसिर २० । जिल्ला विकास समिति मातहतको जिल्ला दलित उत्थान समन्वय समिति पर्वतको उपाध्यक्षमा नेपाली काँग्रेसका आमन्त्रित जिल्ला सदस्य जीत वहादुर नेपालीलाई स्थानीय विकास मन्त्रालयले मनोनयन गरेको छ ।
स्थानीय विकास अधिकारी अध्यक्ष रहेको सो समितिको उपाध्यक्षमा शुक्रवार सदरमुकामको शिवालय-३ दलित वस्तीमै गई नेपालीलाई चयन गरिएको हो ।
नेपालकै पहिलो पटक दलित वस्तिमा पुगेर चयन भएका नेपालीलाई प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे स्थानीय विकास अधिकारी विष्णु वहादुर थापा योजना अनुगमन तथा प्रशाशकीय अधिकृत अच्युत रेग्मी भु।पु।उपाध्यक्ष उदविर नेपाली लगायतले कार्यकालको सफलताको शुभकामना दिनुभयो ।
तीन कार्यकालपछि चयन भएका जीत वहादुर नेपालीले सदियौं देखी पिछडीएका दलितहरुको उत्थानका लागि आफु लागिरहने प्रतिवद्धता व्यक्त गनुभयो । उहाले आफनो कार्यकालमा ग्रैह दलितहरुलाई पनि भरपुर सहयोग गर्ने वताउनुभयो ।
स्थानीय विकास अधिकारी विष्णु वहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत अच्युत रेग्मी र साचालन जिवीस प्रतिनिधी लिलाधर सुवेदीले गर्नुभएको थियो ।
« Go Back
Supporters / Sponsors :