दलित समाचार » अन्तरजातीय विवाह गर्ने संचारकर्मीलाई ज्यान मार्ने धम्की |
||
| अन्तरजातीय विवाह गर्ने संचारकर्मीलाई ज्यान मार्ने धम्की
Posted: December 4, 2009 सिन्धुली -सामुदायिक रेडियो सिन्धुली गढी एफ।एम कमलामाई नगरपालिका-६ सिन्धुलीमा कार्यरत संचारकर्मी राजन गाँउले विश्वकर्मा र गीता घिमिरेलाई मिति २०६६ असोज २९ गतेका दिन अन्तर जातीय विवाह गरेको कारण रेडियो व्यवस्थापनले निष्कासन गरेको छ । सिन्धुली जिल्लाको एकमात्र सामुदायिक एफएम रेडियो सिन्धुली गढी एफएम सिन्धुली जिल्लाको प्रशासन कार्यालयमा दर्ता भएको मानव अधिकार सम्वन्धि कार्य गर्न स्थापना गरिएको मानव विकास तथा वातावरण संरक्षण केन्द्र हुडेक सिन्धुली नामक गैरसरकारी संस्थाद्धारा संचालित हुदै आईरहेको छ । अन्तर जातीय विवाह गर्ने दलित युवक राजन गाँउले विश्वकर्मा सोही एफएममा दलित समुदाय सम्वन्धि कार्यक्रम सम्मानका स्वरहरुका संचालक एवं एफएमका कार्यक्रम प्रमुख हुन् भने गिता घिमिरे कार्यक्रम संचालिका हुन् साथै गिता घिमिरे एफएम संचालक समितिका अध्यक्ष कृष्णहरि घिमिरेको बहिनी समेत भएका कारण आफू भन्दा तथाकथित तल्लो जातिको दलित युवकसंग विवाह गरेको भन्दै एफएमबाट बिनाकुनै जानकारी निजहरुको पारिश्रमिक समेत नदिई अध्यक्ष कृष्णहरि घिमिरे र स्टेशन म्यानेजर द्वारिका काफ्ले लगायतका केही व्यक्तिहरुले निष्कासन गरिएको पीडितहरु वताउछन् । अन्तर जातीय विवाह गर्ने युवक राजन गाँउले विश्वकर्मा दलित सेवा संघ सिन्धुली नामक संस्थाको सचिव समेत छन् । एफएम संचालक समितिका अध्यक्ष कृष्णहरि घिमिरेले आफू समावेश हुने सार्वजनिक कार्यक्रमहरुमा संलग्न समेत नहुन धम्कि दिएर पटक पटक फोन गरेर आतंकित वनाएको विवाहित जोडि वताउछन् । भने नेपाली राष्ट्रिय दैनिक कान्तिपुरमा उपसम्पादकको रुपमा कार्यरत जेठादाई लिलानाथ घिमिरे र रेडियो सिन्धुलीगढीका प्राविधिक एवं कान्छा दाई लक्ष्मण घिमिरेले अन्तर जातीय विवाह गर्ने बहिनी गिता घिमिरे र ज्वाई राजन गाँउले विश्वकर्मालाई ईमेल तथा फोन मार्फत तत्काल जिल्ला छाड्न अन्यथा ज्यान मार्ने धम्कि दिएर मानसिक यातना दिएर सताई रहेको जानकारी पीडित जोडीले दिएका छन् । स्मरण रहोस उक्त विवाहको घटनाको सिन्धुली जिल्लामा कि्रयाशील कुनैपनि संचार माध्यमहरुले प्रकाशन तथा प्रसारण गरेका छैनन् । भने दलित सेवा संघ जिल्लाशाखा सिन्धुलीद्वारा साचालित रेडियो सिन्धुली गढी एफएमवाट साप्ताहिक रुपमा प्रशारण गरिने जातीय विभेद विरुद्धको जनचेतनामूलक रेडियो कार्यक्रम सम्मानका स्वरहरु समेत उक्त विवाह प्रकरण पछि प्रशारण गर्न सामुदायिक एफएम रेडियो सिन्धुली गढी एफएमले वन्द गरिएको छ । हाल अन्तर जातीय विवाह गर्ने जोडिहरुले न्यायका निम्ति नेपाल पत्रकार महासंघ सिन्धुली सामुदायिक रेडियो प्रशारक संघ लगायतका संघ संस्थामा न्यायका निम्ति भौतारिरहेका छन् । स्मरण रहोस रेडियो सिन्धुली गढी एफएमका स्टेशन म्यानेजर एवं राजधानी नामक राष्ट्रिय दैनिकका सिन्धुली प्रतिनिधि द्वारिका काफ्लेद्वारा प्रेम विवाह गरिएकी प्युठान जिल्ल्ााका सकि्रय पत्रकार विमला पाण्डेलाई समेत आफ्नो जातमा नमिलेकी भन्दै द्धारिका काफ्लेको घर परिवारद्धारा चरम मानसिक यातना दिईदै आईएको छ । सिन्धुली जिल्लाको एकमात्र सामुदायिक एफएफ रेडियो सिन्धुली गढीमा आर्थिक पारदर्शिता कर्मचारी भर्ना लगायतका विषयहरुलाई लिएर पटक पटक विवाद हुदै आईरहेको छ । भने सो एफएमका कार्यरत कर्मचारीहरुलाई श्रमजीवि पत्रकार ऐन लागु भए पश्चात पनि आयोगले तोकिए वमोजिमको न्यनुतम पारिश्रमिक समेत दिइएको छैन् । सामुदायिक एफएम रेडियो सिन्धुली गढीका संचारकर्मी राजन गाँउले बिश्वकर्मा र गिता घिमिरेवीच भएको अन्तर जातीय विवाह वहिष्करण र कार्यरत एफएमवाट पीडितहरुलाई निष्कासन गरिएको घटनाले समानता र न्यायको वकालत गर्ने मानव विकास तथा वातावरण संरक्षण केन्द्र हुडेक सिन्धुली र सामुदायिक एमएफ रेडियो सिन्धुली गढी १०३।६ मेगाहर्जको मानव अधिकार संरक्षण न्याय र समानताका वकालत छलंर्ग भएको छ । « Go Back |
Supporters / Sponsors :
