दलित समाचार » दलितभित्रको आन्तरिक छुवाछुत अन्त्य गर्ने घोषणा |
||
| दलितभित्रको आन्तरिक छुवाछुत अन्त्य गर्ने घोषणा
Posted: December 3, 2009 बाग्लुङ/छिस्ती गाविसका दलित समुदायले संगठित हुँदै आन्तरिक छुवाछुतमुक्त गाउँ घोषणा गरेका छन् । छिस्तीको धुसेनीमा एक कार्यक्रमबीच सामूहिक रूपमा आन्तरिक छुवाछुतमुक्त गाउँ घोषणा गरेका हुन् । 'जातीय छुवाछुतको अन्त्य गरौँ, विभेदरहित समतामूलक समाज निर्माण गरौँ' नाराका साथ आयोजित सो कार्यक्रममा वक्ताहरूले सामाजिक एकताविना दलित र गैरदलितबीचको विभेद अन्त्य गर्न नसकिने बताए । दलित समुदायबीच फुट पैदा गर्न समान्तीहरूले रचेको कुप्रथाको जालोमा अल्भिmन नहुने बताउँदै दलित अधिकारकर्मी तुलबहादुर दर्जीले समाज रूपान्तरण गर्न दलित समुदाय एकजुट हुनुपर्ने बताए । बाजागाजा र नाराजुलुसका साथ करिब पाँच सयको र्यालीले गाउँ परिक्रमा गरेको थियो । परिक्रमापछि स्थानीय पृथ्वी प्रावि प्रांगण धुसेनीमा आयोजित कार्यक्रममा एकीकृत माओवादीका इन्चार्ज गणेश शर्मा र अनेरास्ववियु क्रान्तिकारी जिल्ला सचिवालय सदस्य राम कृष्णा शर्माले वर्गीय विभेद अन्त्य नहुँदासम्म जातीय विभेद अन्त्य नहुनेमा जोड दिए । विश्वकर्मा, नेपाली र दर्जी समुदायकका प्रतिनिधिले सामूहिक रूपमा उद्घाटन गरेको सो कार्यक्रममा छविलाल विश्वकर्मा, विवाकुमारी नेपाली र धनकुमारी परियारले आ-आफ्नो समुदायको प्रतिनिधित्व गर्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । निजी तथा सार्वजनिक ठाउँमा छुवाछुत नगर्ने, कहीँ कसैले छुवाछुत गरेमा सामाजिक तथा कानुनी कारबाहीका लागि सामूहिक आवाज उठाउने तथा कानुनी प्रावधानलाई व्यवहारमा लागू गर्न एकजुट भई अभियान र आन्दोलन गर्नेजस्ता आठबुदे प्रतिबद्धता उल्लेख गरिएको छ । कार्यक्रममा गैरदलित र स्थानीय राजनीतिक पार्टीको सहभागिता न्यून थियो । समाज रूपान्तरणको आडम्बरी भाषणमा घन्टौँ समय खर्चिने नेताहरू सहभोगमा सहभागी हुनुपर्ने डरले उपस्थित भएनन् । कार्यक्रममा सहभागी नेताहरू पनि सहभोगमा सहभागी हुन मानेनन् । श्रोत: नयाँ पत्रिका दैनिक « Go Back |
Supporters / Sponsors :
