दलित समाचार » नेपाल राष्ट्र बैंकले दलितलाई कोटा छुट्टाएन
नेपाल राष्ट्र बैंकले दलितलाई कोटा छुट्टाएन
Posted: November 27, 2009
- दिनेश गजमेर
नेपालगंज/सरकारले दलित समुदायको विकाशका लागि साथै समुदायको हरेक क्षेत्रमा पहुच पुरयाउनका लागि समानुपातिक व्यवस्था गरेको छ ।दलित हरुको लागि विशेष व्यवस्था गरेको छ । तर सरकारका निकायहरुले कार्यन्यवनका लागि चासो देखाएको छैन । भर्खरै नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभागले नेपालगंज कार्यालयका लागि प्रशासन सेवा तर्फको सहायक द्वितिय श्रेणीका लागि चार पद खुलाएकोमा दलितलाई आरक्षण कोटा छुट्टाएको छैन् ।
बैंकले उक्त चार पदका लागि दुई जना खुल्ला तर्फ १ महिला र १ जनजातिलाई छुट्टाएको छ । यी पदका लागि लिखित परिक्षा समेत भैकेको छ । यसरी आरक्षण कोटामा समेत दलितलाई पाखा लगाउने नेपाल राष्ट्र बैंकको नियतिलाई कसरी पर्दा फास गर्ने त्यस तिर सोच्नु हामी दलित समुदायको तडकारो आवश्यकता छ भने यो चार जनाको पदमा दलितको सहभागीताका लागि पहल गर्नु पनि अनिवार्य भएको छ ।
यसरी राज्यले दिने सुविधा सम्बन्धित निकायहरुले दिन मान्दैनन् भने अब हामीहरुले राज्यबाट पाउने सेवा सुविधा लिनका लागि खोस्न समेत तयार हुनु पर्दछ । हामी दलित अधिकारकर्मी दलित बुद्धिजीवि विद्यार्थीहरु यस तर्फ सचेत भएनौ भने हामीले राज्यबाट पाउने सेवा सुविधाहरु यसरी नै कटौती हुदै जानेछन् ।


« Go Back
Supporters / Sponsors :