दलित समाचार » अन्तरजातीय विवाह गर्ने जोडीको समस्या कायमै |
||
| अन्तरजातीय विवाह गर्ने जोडीको समस्या कायमै
Posted: November 25, 2009 दलित समुदायको मानिससँग अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि अन्तरजातीय विवाह गर्ने जोडीले विभिन्न
सामाजिक समस्या भोग्ने क्रम रोकिएको छैन।
दलित र गैरदलिततबीच अन्तरजातीय विवाह गर्ने जोडीलाई सरकारले प्रोत्साहन स्वरुप प्रति जोडी एक लाख रुपैंया दिने निर्णय गरेको थियो। तर त्यसरी अन्तरजातीय विवाह गर्ने जोडीले प्रोत्साहन पाउन सकिरहेका छैनन् भने उनीहरु विरुद्ध विभिन्न समाजमा आक्रमण समेत हुने क्रम जारी छ। सामाजिक संकट देशभर व्याप्त जातीय छुवाछुत हटाउन सरकारबाट ठोस प्रयास हुन नसकिरहेका बेला छुवाछुत विरुद्धका घोषणाले विभिन्न सामाजिक संकट पनि निम्त्याएका छन्। दार्चुलाको विकट गाउँ बस्कोटका प्रहरी जवान पुरनराम टमट्टाले आफूसंगै अध्ययन गर्ने राधिका सिंहसंग प्रेम विवाह गरेका कारण केटीका आफन्तबाट ज्यान मार्ने धम्की आयो। त्यसपछि दुवै जना ज्यान जोगाएर सदरमुकाम दार्चुला खलंगा पुगे। गैरदलितकी छोरी भगाएर लगेको भन्दै केटीका आफन्तले पुरनराम टमट्टाको घरमा आगो लगाई दिएपछि उनको परिवार यतिखेर बिचल्लीमा परेको छ। यो पीडा पश्चिम नेपालको मात्र होइन। सर्वत्र पीडा हालै राजधानी काठमाण्डूसंग जोडिएको काभ्रे जिल्लाको फुलवारी गाउँका राजकुमार कटवाल परियार र सुनामाया लामाले प्रेम विवाह गरेका कारण विस्थापित हुनु परेको थियो। दैलेख जिल्लाको जगन्नाथ गाउँका अमित बिकले सोही गाउँकी सविता शाहीसँग प्रेम विवाह गरेका कारण केटी पक्षको दबाबका कारण ७५ हजार रुपैंया जरिवाना तिर्नु परेको थियो। रुकुमको सांख गाउँका दिनेश नेपालीले सोही गाउँकी हिरा पाण्डेसँग गरेको प्रेम विवाहलाई माथिल्लो जातकी छोरीलाई तल्लो जातले लगेको भन्दै केटाको परिवारलाई कुटपिट गर्नुको साथै सम्बन्ध विच्छेद समेत गराइएको थियो। धनगढीस्थित बीबीसीका संवाददाता भन्छन्, “छुवाछुत मुक्त देश घोषणा कार्यान्वयन फितलो भएका कारण अन्तरजातीय विवाह गर्नेको परिवारजन
समेत बिचल्लीमा परेका छन्।” श्रोत: www.bbc.co.uk/nepali « Go Back |
Supporters / Sponsors :
