दलित समाचार » गुरुले दिएको यातनाबाट पीडित दलित छात्राको अवस्था चिन्ताजनक
गुरुले दिएको यातनाबाट पीडित दलित छात्राको अवस्था चिन्ताजनक
Posted: November 25, 2009
अगन्धर तिवारी/ मुस्ताङ, मंसिर १० । शिक्षकलाई आमाबुवा पछिको दोस्रो अभिभावकका रुपमा चिनिन्छ । जसरी कुमालेले काँचो माटालाई आफूले चाहेअनुसारका भाँडाको रुप दिन्छ त्यसैगरी एउटा शिक्षकले पनि आलाकाँचा बालबालिकालाई देशले चाहेअनुसारका नागरिक उत्पादन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएकॊ हुन्छ । देशले चाहे अनुसारका व्यक्ति तयार पार्नका लागि ऊ वर्षाैंसम्म खटिइरहन्छ ।
शिक्षकले विद्यालयमा पूरा गर्नुपर्ने आफ्नो दायिफ्व बिसे्रर गलत बाटामा विद्यार्थीहरु लाग्न गएमा नतिजा कस्तो आउला झन् बनाउनु पर्ने भाँडालाई नबनाएर थिचथाच पार्दा भाँडो कत्तिको कामलाग्दो बन्ला हो त्यस्तै गलत कामको भागिदार छन् मुस्ताङको एक विद्यालयका शिक्षक ।
मुस्ताङको जनकल्याण निमावि थाकस्याङका शिक्षक इन्द्र प्रसाद भुसालले सो विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीलाई आफुले भनेको नमानेको भन्दै चरम यातना दिएको कुरा खुल्न आएको छ । छात्रा कल्पना सुन्चौरीलाई शिक्षक भुसालले मरणासन्न हुनेगरी पिटेर उनको ढाडको हड्डी चर्किएपछि जिल्ला अपताल मुस्ताङमा उपचार हुन नसकी थप उपचारका लागि पोखरा लगिएको छ । छात्रा सुन्चौरीको ढाडमा गम्भीर चोट लागेका कारण मुस्ताङ जिल्ला अस्पतमा उपचार हुन नसक्दा पोखरा पठाइएको मुस्ताङ अस्पतालले जनाएको छ ।
पीडित छात्रा सुन्चौरी अहिले बोल्नै नसक्ने अवस्थामा पुगेकी छन् । निजका दाजु राजु सुन्चौरीका अनुसार आफ्नी बहिनी दलित भएका कारण उक्त शिक्षकले मरणासन्न हुनेगरी पिटेको बताएका छन् । पीडक शिक्षकले विगतमा पनि सुन्चौरी र अन्य दलित समुदायका विद्यार्थीहरुलाई अभद्र व्यवहार गर्नुका साथै सामान्य गल्तीमा पनि कुटपिट गर्ने गरेको स्रोतले बताएको छ ।
पीडित बालिकालाई शिक्षकले मरणासन्न हुनगरी पिट्दा अन्य शिक्षकले सहयोगी भएर हेरिरहेको घटनाका प्रत्यक्षदर्शी विद्यार्थीहरुले बताएका छन् । पीडित छात्राका अभिभावकहरुले आफ्नो छोरी अहिले दिसापिसाब गर्न र खाना खानसमेत नसक्ने भएको बताएका छन् ।
सुन्चौरीको उपचारमा संलग्न चिकित्सकहरुले उनको ढाडको हड्डी चर्किएकाले पूरै निकोहुने सम्भावना निकै कम भएको बताएका छन् । आफ्नी छोरीलाई अपाङ्ग बनाउने शिक्षकमाथि कारवाहीको माग गर्दै सुन्चौरीका बाबु र दाजुले हिमालपारि उत्पीडित समुदाय विकास तथा ससक्तीकरण परिषद् मुस्ताङमा लिखित उजुरीसमेत दर्ता गराएका छन् ।
यता विद्यालय प्रशासनले भने यो घटनालाई सामान्य भन्दै पीडित पक्षलाई ७ हजार रुपैयाँ दिएर झाराटार्ने काममात्रै गरेको छैन उल्टै पीडक शिक्षक भुसाललाई बचाउने खेलमा लागेको पीडितका आफन्त बताउँछन् । विद्यालयले शिक्षकको विरुद्धमा समाचार लेखेमा कुनै पनि पत्रकार र साचारमाध्यमलाई समेत गाउँका मुखिया लगाएर अपरेशन गर्ने चेतावनी दिएको छ ।
विद्यालयले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘विद्यालयमा भएका सामान्य घटनालाई आधार मानेर जो पत्रकार र जुन साचार माध्यमले आवाज उठाउँछ त्यसलाई विद्यालयले छाड्नेछैन ।’ यस्तो भ्रामक र झुट्टा समाचार सम्प्रेषण गर्ने व्यक्तिहरु तथा साचारमाध्यमप्रति हामी गहिरो खेद प्रकट गर्न चाहन्छौं ।
अतिरिाजत समाचार लेखेर घटनालाई बङ्ग्याई कपोलकल्पित कार्य गरिएमा आफूलाई सैह्य नहुने तथा त्यसको परिणाम गम्भीर हुनजाने र त्यसको वाफदेही सम्बन्धित पक्ष नै हुनुपर्ने कुरा विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विद्यालयका प्रधानअध्यापक आइतेलाल थकाली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थकाली शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोनम गुरुङ र गाउँ मुखिया सुक बहादुर थकालीले समेत हस्ताक्षर गरेका छन् ।
विद्यालका शिक्षकहरुले पनि यो घटनालाई सामान्य रुपमा लिइरहेको बताइन्छ । प्रधानाध्यापक आइतेलाल थकाली आफू पितृशोकमा रहेका बेला सो घटना घटेको बताए पनि घटनामा छात्राकै गल्ती भएको प्रतिकि्रया दिन्छन् । त्यस्तै शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोनम गुरुङले सो घटना सामान्य भएको भन्दै शिक्षक भुसाललाई नै बचाउ गर्न खोजेको स्रोतले जानकारी दिएको छ ।
यता पीडक शिक्षक भुसालले भने घटनालाई स्वीकारे पनि त्यसमा आफू दोषी भने नरहेको बताउँछन् । विद्यार्थीलाई सजाय दिने क्रममा चार जनालाई कुखुरा बनाइएको तर कल्पना सुन्चौरी पहिलेदेखि नै अस्वस्थ रहेको कुरा आफूलाई जानकारी नै नभएको बताउँदै उनको ढाडको हड्डी चर्किनुमा आफ्नो दोष नरहेको प्रतिकि्रया ्र दिए ।
श्रोत: www.dhaulashree.com

« Go Back
Supporters / Sponsors :