दलित समाचार » दलित र गैरदलितबीचको विवादका कारण चार वर्षदेखि मन्दिरमा ताला |
||
| दलित र गैरदलितबीचको विवादका कारण चार वर्षदेखि मन्दिरमा ताला
Posted: November 23, 2009
पर्वत/
हुवास गाविसस्थित एउटा मन्दिर दलित र गैरदलितबीचको विवादका कारण चार
वर्षदेखि बन्द रहेको छ । स्थानीय दलित बालबालिकालाई मन्दिर प्रवेशमा रोक
लगाएको विषयमा विवाद भएपछि मन्दिर बन्द भएको थियो । गैरदलित
बालबालिकासरह आफ्ना बालबालिकालाई मन्दिर प्रवेश तथा पूजाआजा गर्न
दिनुपर्ने दलित समुदायले माग गरेपछि कालिका मन्दिर बन्द भएको हो ।
दलितहरूको मागपछि गैरदलित समुदायले विद्यालयमा रहेको मन्दिरमा ताला लगाएका
थिए । अधिकारका
लागि दलित महिलाले गाउँमा आन्दोलन गर्दै आए पनि गैरदलितले मन्दिर प्रवेश
गर्न रोक लगाएको स्थानीय दलित महिला अधिकारवादी रोजिना हिताङले बताइन् ।
'दलितलाई माथि उठ्न दिनुहुदैन, उनीहरू माथि पुगे भने हामीलाई हेप्छन्
भन्ने सोचाइ गैरदलितमा छ,' उनले भनिन्, 'परम्परादेखि दलित र उत्पीडित
वर्गको अधिकारका लागि बाध्य भएर आन्दोलनमा उत्रेका छौँ ।' ०६२ सालको श्रीपञ्चमी (सरस्वती
पूजा) का दिन आफ्ना बालबालिकालाई पनि अन्य बालबालिकासँगै मन्दिरमा पूजा
गर्न दिन माग गरेका थिए, दलितहरूले । तर, गैरदलितले दलित बालबालिकालाई
रोकेका थिए । Source: www.nayapatrika.com « Go Back |
Supporters / Sponsors :
