All News from प्रेस विज्ञप्ती
सिराहा जिल्ला चन्द्रोदयपुर ४ रुवालेका ४ दलित परिवालाई त्यहाँका गैरदलितले सार्वजनिक इनारको पानी प्रयोग गर्न नदिएको बारे प्रेस विज्ञप्ति
सिराहा जिल्ला चन्द्रोदयपुर ४ रुवालेका ४ दलित परिवालाई असार १ गते देखि त्यहाँका गैरदलितले सार्वजनिक इनारको पानी प्रयोग गर्नबाट बिाचत गरिएको घटनाप्रति दलित गैरसरकारी संस्था महासंघको गम्भीर ध्यानाकर्षण भएको छ र सो घटनाको निन्दा एवं घोर भत्स्रना गर्दछ ।
Posted: June 22, 2010
सानु सुनारको हत्या सम्वन्धमा दलित जनजाति पार्टीको प्रेस विज्ञप्ती
आइतवार दिउँसो ललितपुर गोदावरी स्थायी घर भई पाटन वसोवास गर्दै आएका सानु सुनारलाई कालीमाटी प्रहरी चौकीका प्रहरीहरुद्धारा हिरासतमा लिई मरणासन्न हुने गरी कुटपिट गरी चरम यातनाका कारण आईतवार राती नै प्रहरीले वीर अस्पतालमा भर्ना गरी उपचाररत निज सानु सुनारको मृत्यु सम्वन्धमा हाम्रो पार्टी दलित जनजाति पार्टीको गम्भिर ध्यानाकर्षा भएको छ ।
Posted: May 26, 2010
दलित समुदायबिरुद्ध मौलाएको शोषण, उत्पीडन, जघन्य हत्या, हिंसा अपराधिक घटनाको घोर भर्त्सना
दलित समुदायबिरुद्ध भएको शोषण, उत्पीडन, जघन्य हत्या, हिंसा अपराधिक घटना मौलाएको हुनाले यसै सर्न्दर्भमा दलित मुक्ति मोर्चाको केन्द्रीय समितिले समसामयिक प्रस्ताव पास गर्दै ती घटनाको घोर भर्त्सना गरेको छ ।
Posted: March 26, 2010
राष्ट्रिय दलित आयोग राष्ट्रिय मानवअधिकार आयोग र उच्चायुक्तको कार्यालयद्वारा जातीय विभेदसम्बन्धी फैसलाको स्वागत गर्दै शीघ्र कार्यान्वयन गर्न आग्रह
वि।सं।२०६६ फागुन २५ गते सार्वजनिक गरिएको हालैको एउटा मुद्दामा बैतडी जिल्ला अदालतले मुख्य प्रतिवादीले सन् २००९ जुलाईमा एउटा विवाह समारोहमा ूउच्च जातका समुदायले मात्र गर्ने संस्कारू गरेकोमा बेहुलाका बाबुमाथि शारीरिक रुपमा आक्रमण गरेको पायो । जिल्ला अदालतले अभियुक्तलाई एक वर्षको कारावास र नेरु। ५००० जरिवाना गर्ने सजाय सुनायो । हामी बैतडी जिल्ला अदालतद्वारा गरिएको फैसलालाई ध्यानमा राख्दै अदालतको सो पहलको स्वागत गर्दछौँ ।
Posted: March 22, 2010
दलित महिलाको हत्या गरिएको घटनाप्रति संयुक्त राजनीतिक दलित संघर्ष समितिको प्रेस विज्ञप्ति
यही २०६६ फागुन २६ गतेका दिन बर्दिया राष्ट्रिय निकुाजस्थित नेपाली सेनाको ज्वालादल गणबाट खटिएका गस्तीटोलीको गोलीप्रहारबाट घाँस-दाउरा तथा काउलाको बोक्रा संकलन गर्न गएका तीनजना दलित महिलाको हत्या गरिएको घटनाप्रति संयुक्त राजनीतिक दलित संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको प्रारम्भिक विवरणअनुसार सो दिन हरिहरपुर-२ कप्टेरी गाउँ सुर्खेतका अति विपन्न गरिब दलित समुदायका महिलाहरु देवीसरा वि।s। अमृता वि।s। र १२ वर्षीया वालिका चन्द्रकला वि।s।sाे हत्या भएको छ । राज्यको पुनस्रंरचनासँगै नेपाली
Posted: March 16, 2010
सुर्खेतका दलित महिलालाई गोली हानी हत्या गरिएको बारे- प्रेस विज्ञप्ती
सदियौ देखि जातिय छुवाछूतको मारमा परेका दलित समुदाय हरेक किसिमका उत्पीडन र अन्यायमा पर्दै आएका छन् । अहिले नयाँ नेपाल भनिरहेको अवस्थामा पनि उनिहरुको मानव अधिकारको कुनै सुनुवाई भएको पाईदैन । यसै मिति २०६६ फागुन २७ गते सिलसिलामा सुर्खेत र वर्दियाको सिमाना बबइमा सेनाले चलाएको गोली लागि सुर्खेत हरिहरपुर-२ का ३५ वर्षिय देविसरा वि क ३३ वर्षिय अमृता वि क र १२ बर्षिय चन्द्रकला वि क गरि तीन जना दलित महिलाहरुको मृत्यु भएको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
Posted: March 16, 2010
Supporters / Sponsors :