All News from दलित समाचार
बालीघरे प्रथामा काम गर्न बाध्य छन् अझै पनि दलित समुदाय
बालीघरे प्रथामा काम गर्ने चलन पाल्पामा अझै पनि दलित समुदायले अगाल्न बाध्य भएका छन् । बालीघरे प्रथालाई उन्मूलन गर्न सरकारले बेवास्ता गरेकै कारण पुस्तौ पुस्तादेखि सिलाई पेशामा काम गर्ने परियार थरका अधिकांश मानिसहरुले र फलामका घरासी प्रयोजनका लागि हातहतियार निर्माण गर्ने विश्वकर्मा थर गरेका अधिकांश मानिसहरुले गाउँ गाउँमा अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य भएका हुन ।
Posted: July 27, 2010
दलित विद्यार्थीले अध्ययन गर्ने सामुदायिक विद्यालय एकवर्ष भित्र बन्दहुने अवस्थामा
पर्वत साउन १० । गाउँमै निःशुल्क र गुणस्तरीय अङ्ग्रेजी शिक्षा दिने उद्देश्यले पर्वतको सुदूर दक्षिणी रानीपानी गाविसमा सन्चालनमा आएको एक सामुदायिक विद्यालय स्रोतको अभावमा एक वर्षमै बन्द हुने अवस्थामा पुगेको छ । विद्यालयसँग प्रयाप्त आर्थिक स्रोत नभएकाले विद्यालय बन्द हुने अवस्थामा पुगेको हो । मुलुकमा शान्ति बहालीसँगै रानीपानीमा साचालित सामुदायिक प्राथमिक विद्यालयमा निजी विद्यालयमा जस्तै अङ्ग्रेजी माध्यममा पढाइ साचालनमा आएको थियो । गाउँमै गुणस्तरीय रुपमा अङ्ग्रेजी शिक्षाको पठनपाठन हुन थालेपछि पर्वत ज
Posted: July 26, 2010
National Dalit Commission(NDC)- vacancies announcement
National Dalit Commission(NDC)- vacancies announcement राष्ट्रिय दलित आयोग पदपूर्ति समिित बानेश्वर काठमाण्डौको पदपूर्ति सम्बन्धी सूचना निम्न पदहरुको तियोगितात्मक परीक्षाद्वारा करारमा पदपूर्तिका लागि निम्न बमोजिमका योग्यता पुगेका उम्मेदवारहरुबाट आयोगद्वारा स्वीकृत फाराम भरी दरखास्त आवहान गरिन्छ ।
Posted: July 16, 2010
दलित बालबालिकालाई अध्ययनमा समस्या
आर्थिक अभावका कारण नारायणपुर खैरामा रहेको दलित बस्तीका बालबालिकालाई अध्ययनमा समस्या आएको छ । उनीहरूलाई अध्ययनखर्चका साथै घर्रखर्च जुटाउन साँझबिहान काममा खटिनुपर्ने भएकाले यस्तो समस्या आएको हो । 'मलाई अरूको घरमा पढाउने र्सतमा काम गर्न राखियो, तर मलाई पढ्न दिइएन,' नारायणपुर निवासी नारायण नेपालीले राजधानीसँग गुनासो गरे । 'लामो समयसम्म काम गर्दा पनि विद्यालय जान नपाएपछि मैले काम गर्ने घर छाडेर अहिले इँटाभट्टामा काम थालेको छु,' उनले भने । आर्थिक अभावका कारण गुजारा चलाउन र पढ्न समस्या भएको उनको भनाइ छ
Posted: July 16, 2010
नगरपालिकाको लार्पावाहीले दलित बालसंरक्षणको रकम फिर्ता
दलित बालबालिकाको कुषोषण हटाउन सरकारले छुट्टाएको रकम पोखरा उप-महानगरपालिकाको लार्पवाहीको कारण फिर्ता भएको छ । उप-महानगरपालिकाले यस क्षेत्रका दलित बालबालिकाको तथ्याङ्क समयमै जिल्ला बिकास समितिमा नपठाई दिदा सहयोग रकम फिर्ता हुन पुगेको हो ।
Posted: July 16, 2010
दलित समुदायका कुरा उठाउन युवाको भुमिका महत्वपूर्ण
पश्चिमाञ्चल विकास क्षेत्रका दलित युवाहरुले दलित सवालमा कुरा उठाउनु दलित युवाहरुको मुख्य सवाल भएको बताएका छन्। जागरण मिडिया सेन्टरको आयोजनामा दलित समुदायका युवा लागि तानसेनमा आयोजित आधारभुत पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै सहभागीहरुले सवै क्षेत्रको सहभागिता हरेक क्षेत्रमा हुनका लागि युवाको भुमिका प्रमुख हुनेमा जोड दिए। नेपाल पत्रकार महासंघ पाल्पाको स्थानीय संयोजनमा भएको सो कार्यक्रममा कपिलवस्तुका सहभागी चिन्ता परियार, विना विश्वकर्मा, प्रशिक्षक एकल सिलवाल, दलित अधिकार कर्मी तीर्थ गौतम,
Posted: July 16, 2010
आखिर पुरातनवादीहरु यथास्थितिवादीहरु दलितको अगाडी घुडा टेके
पर्वत पकुवा ४ घर भई हाल शिवालय ८ मा बस्ने लाल बहादुर वि।s। र ऐ जिल्ला दुर्लुङ्ग गाविस निवासी पुण्यवती शर्माले सामाजिक कलंकको रुपमा रहेको जातीय विभेदलाई अन्त्य गर्ने हिसाबले अन्तरजातीय रुपमा गरेको विवाहलाई वदर गराउने हिसावले केटीका परिवारजनले गरेको पडयन्त्र प्रहरी प्रशासनको गरेको दलित विरोधी कार्यको भण्डाफोर गर्दै समाजलाई यथास्थिति मै राख्ने पुरातनवादी यथास्थितिवादी परिवर्तनका विरोधीहरुलाई घुडा टेकाएरै छाडे ।
Posted: July 14, 2010
अन्तरजातीय बिबाह गर्ने जोडी सुरक्षा खोज्दै बागलुङमा
अन्तरजातीय बिबाह गरेपछि आफुहरु असुरक्षीत भएको भन्दै पर्वत दुर्लुङका एक जोडी बागलुङका अधिकारकर्मीहरुको शरणमा आईपुगेका छन । झण्डै २ बर्षको प्रेम सम्बन्धपछि विवाह गरेका पर्वत दुर्लुङ गाविसका लालबहादुर सुनार र सोही गाविस निवासी पुण्यवती शर्मा न्यायको खोजीमा बागलुङमा कि्रयाशिल मावनअधिकारकर्मीहरु समक्ष पुगेका हुन ।
Posted: July 12, 2010
दलित आन्दोलनलाई विश्वव्यापी रुपमा जोड्ने अभियानमा आईसीडिआर
अन्तराष्ट्रिय दलित अधिकार आयोग आईसीडिआरको कार्यकारी परिषद्को तेश्रो बैठक विश्वव्यापी मानवता र न्यायका निम्ति दलित अधिकार भन्ने मुल नाराका साथ हालै काठमाडौंमा सम्पन्न भएको छ ।
Posted: June 29, 2010
बर्दिया गोलीकाण्ड घटनाको सहमति बदरको माग गर्दै अख्तियारमा उजुरी
काठमाडौं । असार ११ गते बर्दिया गोलीकाण्ड घटनामा कानुन विपरित सहमति गरिएको तथा निर्णयहरू बदरको माग गर्दै बर्दिया घटनाका लागी दबाब समूहले ०६७ असार १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियामा अनुसन्धान तहकिकातको अवस्था रहेको जाहेरी दरखास्तलाई सार्वजनिक पद धारण गरेको व्यक्तिबाट प्रत्यक्ष असर पर्ने गरी ०६६ चैत २६ गते गरिएको सहमति तथा निर्णयहरू बदर गर्न माग गरिएको हो ।
Posted: June 25, 2010
दलित र गैर दलित विहे गर्ने दुई जोडीले पाए १–१ लाख रकम
जनकपुर ११ असार दलित र गैर दलित बिच विवाह गर्ने दुई जना जोडिलाई जिल्ला प्रशासन कार्यालय धनुषाले प्रोत्साहन रकम प्रदान गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा दुई जना जोडिले रकमको लागि माँग दाबि गरेपछि उनिहरुलाई एक एक लाख रुपैयाको दरले रकम प्रदान गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय धनुषाका लेखा अधिकृत शम्भुनाथ मिश्रले गराएका छन्।
Posted: June 25, 2010
एकपछि अर्को मुद्दा खेप्दै दलित समुदाय
बाग्लुङ, ११ असार : पर्वतको खुर्कोट- ७ खाल्टाका ३३ घर कुरिया दलित समुदायले एकपछि अर्को गर्दै पाँच वर्षदेखि आधा दर्जन मुद्दा खेप्दै आएका छन् । भट्टेखाल्टे सामुदायिक वन उपभोगको विषयमा असन्तुष्ट पक्ष थममाया उपाध्यायलगायतका गैरदलित समुदायले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
Posted: June 25, 2010
दलित तथा मधेसी दलितका लागि ल्याएको नीति तथा कार्यक्रमको कार्यान्वयन फितलो भएको दलित प्रतिनिधिको गुनासो
दलित हक अधिकारको पक्षमा काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिले दलित तथा मधेसी दलितका लागि ल्याएको नीति तथा कार्यक्रमको कार्यान्वयन फितलो भएको गुनासो गरेका छन्।
Posted: June 25, 2010
हलो जोत्ने दलित महिलालाई गाऊँ निकाला
श्रीमान हुदाँहुदै सेतो लुगा लगाएको र हलो जोतेको आरेापमा कैलाली जिल्लाको चौमला गाबिसकी एक दलित महिलालाई स्थानिय बासिन्दाहरुले गाऊँ निकाला गरेका छन ।
Posted: June 23, 2010
छुवाछुत विरुद्धको अभियान सम्पन्न
बागलुङ । घुम्टे दलित साजाल गल्कोट बागलुङले दक्षिण भेगका १२ गाविसमा छुवाछुत विरुद्धको अभियान असार ६ गते सम्पन्न भएको छ । सामाजिक विभेद विरुद्धको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ गत चैत १५ गते देखि सुरु भएको अभियान आज हरिचौरमा एक अन्तकि्रया गर्दे सम्पन्न गरिएको हो ।
Posted: June 22, 2010
'दलितको पसल हटाउन टहरा भत्काईयो'
पोखरा, अषाढ ७ - दलितको पसल हटाउने केही गाउँलेको उद्देयलाई साथ दिदै प्रहरीले लेखनाथ नगरपालिकाको मालेपाटनस्थित बुडुवामा बाटो छेउको टहरा भत्काएको अधिकारकर्मीले बताएका छन । गाउँका केही ब्यक्तिहरुको दवावमा लेखनाथ नगरपालिकाको राजनीतिक संयन्त्रले गरेको टहरा भत्काउने निर्णयलाई जिल्ला प्रशासन र प्रहरीले कार्यान्वयन गरेको थियो ।
Posted: June 21, 2010
जनजाती र दलित विद्यार्थीलाई निशुल्क अध्ययन
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले क्याम्पसमा आदिवासी जनजाती र दलित विद्यार्थीलाई निशुल्क अध्ययन गराउने भएको छ ।
Posted: June 21, 2010
दलित युवालाई प्रशिक्षण
दलित समुदायको अधिकार र न्यायबारे पनौतीमा दलित समुदायका युवावर्गलाई तीन दिने सचेतीकरण तालिम दिइएको छ ।
Posted: June 21, 2010
दलितका लागि आवास निर्माण हुदै
जनता आवास कार्यक्रमअन्तर्गत दलितहरूको लागि आवास निर्माणको काम तीव्र रुपमा चलिरहेको छ । सप्तरीको ६ वटै संसदीय क्षेत्रमा दलितका लागि नेपाल सरकारले उपलब्ध गराएको दलित अवासअन्तर्गत घर निर्माण क्षेत्र नम्बर- १ को घोघनपुर, क्षेत्र नम्बर- २ को बथनाहा, क्षेत्र नम्बर- ३ को बरही वीरपुरको हाटी, क्षेत्र नम्बर- ४ को पात्तो औरही, क्षेत्र नम्बर- ५ को कल्याणपुर र क्षेत्र नम्बर- ६ को मानराजामा सुरु गरिएको छ ।
Posted: June 21, 2010
दलित विद्यार्थीको लागि छात्रबास
जिल्लामा उच्चशिक्षा अध्ययन गर्न सदरमुकाम आउने दलित विद्यार्थीको समस्यालाई ध्यान दिँदै दलित छात्रबास निर्माण गरिने भएको छ । दलितवर्ग उत्थान समन्वय समितिको पहलमा महेन्द्र बहुमुखी क्याम्पस, बागलुङमा अध्ययन गर्ने दलित छात्रहरूका लागि छुट्टै छात्रबास निर्माण गरिने भएको हो ।
Posted: June 21, 2010
प्रहरी र गाउँलेले टहरा भत्काएपछि दलित परिवारको बिचल्ली
पोखरा, अषाढ ५ - गाउँले र प्रहरी मिलेर टहरामा राखेको पसल भत्काई दिएपछि लेखनाथ १५ मालेपाटन बुडुवाका एक दलित परिवारको बिचल्ली भएको छ । करिव तीन बर्षअघिदेखि बस्दै आएको टहरा शुक्रबार भत्काईदिएपछि गर्भवती बुहारीसहितका अपाङ्ग ५१ वर्षीय शमशेर गहतराज नौ जनाको परिवार गाउँबाट बिस्थापित भएका छन ।
Posted: June 19, 2010
अन्तर्जातीय विवाह गर्ने दलित परिवार गाउँनिकाला
आफूभन्दा 'माथिल्लो जात' की युवतीसँग विवाह गरेको भन्दै सप्तरीको एक दलित परिवार गाउँनिकाला भएको छ । प्रसवनी-१ का गुगली रजक साफीसहित उनको ६ जनाको परिवारलाई 'उपल्लो जात' जातका अगुवाले गाउँनिकाला गरेका हुन् ।
Posted: June 18, 2010
दलित परिवार इनार प्रयोगबाट वञ्चित
सिरहाको चन्द्रोदयपुर ४ रुवालेका ४ दलित परिवारलाई त्यहाँका गैरदलितले सार्वजनिक इनार प्रयोगबाट वञ्चित गरेका छन् । गैरदलितले 'पानी छोइन्छ' भन्दै दुई दिनदेखि दलित परिवारलाई पानी भर्न रोक लगाएका हुन् ।
Posted: June 17, 2010
महासंघको नयाँ कार्यसमिति चयन
विगत लामो समयदेखी दलित अधिकारका क्षेत्रमा कि्रयाशिल दलित गैरसरकारी संंस्थाहरुको छाता स्ंगठन दलित गैरसरकारी संस्था महासंघ डिएनएफको चौथो राष्ट्रिय महाधिवेशन हालै सम्पन्न भएको छ ।
Posted: June 17, 2010
एमबीबीएस परीक्षामा दलित विद्यार्थीको नाम ननिकालिदिए पछि केही विद्यार्थी संगठनहरु असन्तुट
काठमाडौं, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत चैत्र २८ गते लिएको एमबीबीएस परीक्षामा दलित विद्यार्थीको नाम ननिस्केपछि केही विद्यार्थीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
Posted: June 10, 2010
पर्वतमा ९० लाख बराबरको छात्रवृत्ति वितरण
पर्वत/बैशाख २८, जिल्ला शिक्षा कार्यालय पर्वतले गत शैक्षिक सत्रमा ९० लाख बरावरको छात्रवृति वितरण गरेको छ । प्राथमिक विद्यालयमा अध्ययनरत् दलित १० हजार १३६ छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सरकारले निर्धारण गरेको विशेष लक्षित समूहका लागि छात्रवृत्तिअर्न्तगत दलित र राष्ट्रिय दलित छात्रवृत्तिअर्न्तगत छात्रवृति वितरण गरेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक रामचन्द्र तिमिल्सिनाले बताए ।
Posted: June 10, 2010
एकीकृत माओवादी कार्यकर्ताद्वारा दलित युवकलाई 'यातना'
डडेल्धुरा / एकिकृत माओवादीका भद्रपूर गाविस-२ का इन्चार्ज रामदत्त भट्टले सोही गाविसको मटेला बस्ने ३५ वर्षीय देवबहादुर ओडलाई कुटपिट गरी यातना दिएका छन् ।
Posted: June 10, 2010
मन्त्रीको कार्यक्रम दलितद्वारा बहिस्कार
गुल्मी जिल्ला परिषदको कार्यक्रम स्थानीय दलितहरुले बुधबार बहिस्कार गरेका छन् । बिगतमा छुट्याउँदै आएको दलित बर्ग उत्थान कार्यक्रम सञ्चालनका लागि जिल्ला परिषदले बजेट कटौती गरेकोप्रति गम्भीर असन्तुष्टि जनाउँदै दलित समुदायले जिल्ला परिषद बहिष्कार गरेका हुन् ।
Posted: June 9, 2010
दलित र विपन्न मुसलमान लक्षित कार्यक्रम ढिलाइ
तराई र मधेशका आठ जिल्लाका दलित, विपन्न मुसलमान परिवारका छात्रालाई प्रदान गरिने विशेष छात्रवृति अन्तर्गतको पठनपाठन अझै सुरु हुन सकेको छैन ।
Posted: June 9, 2010
दलित बालबालिकाका लागि महायज्ञ
तनहुँ/दलित तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएका भानु-६ को श्री मनकामना सामुदायिक विद्या मन्दिरको सहयोगार्थ सोमबारबाट सुरु गरिएको श्रीमद् भागवत सप्ताहव्यापि ज्ञान महायज्ञको दोश्रो दिन १ लाख २५ हजार रुपैयाँ दान संकलन भएको महायज्ञ मुल समारोह समितिका अध्यक्ष गणेशभक्त घिमिरेले जानकारी गराउनु भयो ।
Posted: June 8, 2010
अन्तरजातीय जोडीले अनुदान पाएनन्
हेटौंडा/ सरकारले दलित र गैरदलितबीच विवाहलाई प्रोत्साहन दिने उद्देश्यले चालू आवको बजेटमा एक लाख उपलब्ध गराउने भने पनि अहिलेसम्म त्यस्ता जोडीले यस्तो रकम पाउन सकेका छैनन् । कथित दलित युवती विवाह गर्ने १२ भन्दा बढी दम्पती लाख रुपैयाँ लिन जिल्ला प्रशासन मकवानपुर पटकपटक पुगेका छन् ।
Posted: June 8, 2010
अन्तरजातिय विवाह गरेका पाल्पाका ४ जोडिले प्रोत्साहान रकम बुझे
पाल्पा/धेरै परम्परागत रीतिरिवाजहरु परिमार्जन गरि विकृतीहरु हटाएर एउटा सभ्य समाजको परिवर्तन तर्फ अहिलेको अवस्था उन्मुख हुनुपर्नेमा नेपालमा त्यसो हुन सकिरहेको छैन । सामाजिक परिवर्तनसँग जोडिएको अन्तरजातिय विवाहले पनि एउटा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । तर अन्तरजातिय विवाह गर्नेहरु समाज र परीवारबाट तिरस्कृत हुने क्रम अझै पनि कायमै छ । यि जोडीहरुको अन्तरजातिय विवाहले तल्लो र माथिल्लो जात भन्ने समाजलाई राम्रो शिक्षा दिएको छ ।
Posted: June 8, 2010
देशकै एकमात्र दलित छात्रावास अस्तव्यस्त
३४ वर्षघि विजेश्वरीमा स्थापना भएको एकमात्र दलित छात्रावास उचित व्यवस्थापन र आर्थिक अभावका कारण अस्तव्यस्त बन्न पुगेको छ। २०३३ सालमा स्थापना भएको छात्रावासलाई व्यवस्थापन गर्न २०५१ माघ ८ गते पहिलो कार्यसमिति गठन भएको थियो। कार्यसमिति गठन भएको १३ वर्षछि २०६४ सालमा समितिका अध्यक्ष मोहनलाल कपालीको मृत्यु भएपछि अहिलेसम्म कार्यसमितिको चयन हुन सकेको छैन।
Posted: June 6, 2010
बालिघरे प्रथाले दलित समस्यामा
सुर्खेत (खजुरा) । वर्षभर अर्काको काम गरेर ज्याला माग्न जाँदा पनि रित्तो हात फर्किनुपर्छ । वर्षभर काम गराएका विष्टले उब्जनी नभएको बहाना बनाएर बालिघरे दलितलाई रित्तो हात फर्काउने गरेको उनीहरूको गुनासो छ ।
Posted: June 6, 2010
अमलाचौर छुवाछूतमुक्त गाउँ घोषणा
बाग्लुङको दक्षिणवर्ती बलेवाको अमलाचौर गाविस छुवाछूतमुक्त गाउँ घोषणा भएको छ । गाविसमा क्रियाशील राजनीतिक दल, सामाजिक संघ-संस्था, गाविस सचिव, सुरक्षा निकायका प्रतिनिधि, दलित समुदाय र जिल्लास्तरीय नेता तथा अधिकारकर्मीको सहभागिता भएको कार्यक्रममार्फत सो घोषणा गरिएको हो । घोषणाको व्यावहारिक कार्यान्वयन गर्ने प्रतिबद्धता पनि सो अवसरमा जनाइयो ।
Posted: June 6, 2010
दलितले दलितलाई ठगे: सुचना प्रवाह गर्ने पत्रकारले नै सुचना लुकाए
अरुलाई झुक्याएर आफू अगाडि बढ्ने प्रपाच रचेका जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा र समता फाउण्डेशनका अध्यक्ष सुभास दर्नालले अष्ट्रेलिया मोहमा चुर्लुम्म डुबेर दलित समुदायकै पत्रकारलाई झुक्याएका छन् । दलित समुदायको हक अधिकार सुनिश्चित गर्नका लागि आमसाचारमार्फत् काम गर्छौं भनेर बारम्बार भन्दै िहंड्ने दर्नाल र विश्वकर्माले अष्ट्रेलिया सरकारले दलित समुदायका पत्रकारका लागि भनेर अष्ट्रेलियामा गर्न लागेको एक महिने क्षमता अभिवृद्धि तालिममा आफ्नो सेरेफेरोका केही पत्रकार र आफ्नै संस्थाको हालीमुहाली
Posted: June 5, 2010
हुम्ली दलितको अवस्था -
हुम्ला जिल्लामा कुल जनसङ्ख्याको १२.६६ प्रतिशत जनसंख्या दलित छन् । सुरक्षित ठाउँमा बसोवास गर्नसमेत नपाएका दलित समुदायका घर खोलाका किनार, भीर र पहिराका मुखमा रहेका छन् ।
Posted: June 4, 2010
मन्दिरमा दलित महिला पुजारी
मन्दिरमा पुजारीको रुपमा प्रायः पुरुषहरू नै रहेको पाइन्छ। तर अन्यत्रका मन्दिरमा भन्दा पर्वतको शिवालय गाविस वडा नं ३ गोदामको दुर्गा मन्दिरमा भने महिला पुजारीले पूजा गर्दै आएकी छिन् त्यो पनि दलित समुदायकी। पानी चल्ने जातले मात्र मन्दिरमा पूजा गर्ने परम्परा तोड्दै यहाँकी एक दलित महिलाले सात वर्षदेखि पुजारीको काम गर्दै आएकी छन्।
Posted: June 4, 2010
राष्ट्रिय दलित आयोगको आपत्ति
राष्ट्रिय दलित आयोगले आफ्नो सिफारिसमा पुनरावेदन अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दलाई गणतन्त्र दिवसको अवसरमा दिइएको पदककाबारेमा सार्वजनिक भएका टीकाटिप्पणीप्रति आपत्ति जनाएको छ ।
Posted: June 2, 2010
दलित महिलाद्वारा प्रावि सञ्चालन शिक्षिकाले तीन वर्षसम्म तलब पाएनन्
विद्यालयमा विद्यार्थी छन्, बस्न बेन्च छैन, खानेपानी छैन, चर्पी छैन, काठ जङ्गलले दिन्छु भनेको छ, बनाउने पैसा छैन । महिलाले मात्र सञ्चालन गरेको प्राथमिक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णा लोहारको भनाइ हो यो । विद्यालयमा समस्यै-समस्या रहेको जानकारी दिादै उहााले भन्नुभयो- "गाउामा महिला मात्र छन्, पुरुष कोही छैनन् ।
Posted: June 2, 2010
अन्तरजातीय विवाह गर्नेले बुझे १-१ लाख
सरकारले ल्याएको अन्तरजातीय विवाह प्रोत्साहन कार्यक्रमपछि पाल्पाका यस्ता ४ जोडी वैवाहिक सम्बन्धमा गाँसिएका छन्। यसरी मगर युवतीसँग बिहे गर्ने ४ दलित युवाले प्रोत्साहनबापत १/१ लाख रुपैयाँ बुझेका छन्। यसरी रकम बुझ्ने ४ जोडीमा केटा चारै जना दलित र केटी सबै मगर छन्। बिहीबार ४ वटै जोडीले चेकमार्फत् एक–एक लाख रुपैयाँ बुझेका छन्।
Posted: June 2, 2010
दलित बस्ती पहिरोको जोखिममा
डोटी धिर्कामाडौंको दलित बस्ती पहिरोको जोखिममा परेको छ । घर पहिरोको जोखिममा परेपछि धिर्कामाडौं- ७ डुङरी गाउँका १७ परिवार दलित त्रसित भएका छन् । गत वर्ष असोजमा परेको लगातार वषर्ाले बस्तीमाथिको भीरमा पहिरो गएको थियो । सो पहिरोका कारण गाउँको जमिन ठाउँ-ठाउँमा चिरा परेको छ भने मुनिबाट टुणागाढले बर्सेनि गाउँ कटान गरिरहेको छ । कतिपय घरका आँगनसमेत पहिरोले भत्काएको स्थानीयवासीले बताएका छन् ।
Posted: June 2, 2010
दलितलाई प्रशिक्षण
दलित वर्ग उत्थान समितिले कलैयामा दलित जनचेतना प्रशिक्षण कार्यक्रम गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा संविधानमै दलित आरक्षणका लागि जनदबाब दिने उद्देश्यले कार्यक्रम गरिएको समितिले जनायो ।
Posted: June 2, 2010
अन्तरजातिय विवाह गर्ने १६ जोडी सम्मानित
दलित उत्थान समन्य समिति मोतिपुरले अन्तरजातिय विवाह गर्ने १६ जोडीलाई सोमबार रूपन्देहीको मोतिपुरमा सम्मान गरेको छ । कार्यक्रममा दलित र गैरदलित तथा दलित भित्रका विभिन्न समुदायबीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।
Posted: June 2, 2010
दलित बालबालिकालाई छात्रवृत्ति
नेपाल उत्पीडित र दलित वर्ग उत्थान विकास समितिको आयोजनामा लहरेपौवा गाविसमा एक सभाबीच दलित बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ।
Posted: June 2, 2010
पहिलो पटक दलित समुदाय यार्चा संकलनमा
धार्मिक अन्ध विश्वासका कारण बहुमुल्य बुटी यार्चागुम्बा संकलन गर्नबाट बञ्चित यहाँका दलित समुदाय पहिलो पटक यार्चा संकलनका लागि उच्च हिमाली भेगमा गएका छन् । यार्चा पाइने क्षेत्रमा देबीको बास स्थान रहेको र त्यहाँ अछुत जातीका मान्छेहरुले छोए देबी रिसाएर गाउँमा अनिष्ट हुने कथित धार्मीक मान्यता रहेकोले दलित समुदायका मान्छेहरुलाई वर्षौ देखि त्यहाँ जान रोक लगाइएको थियो ।
Posted: May 27, 2010
रोजगारीको प्रलोभनमा परि दलित महिला बेपत्ता
पिप्ले गाविस ७ गोरमाला गाउँकी २७ वषिर्या भगवती सार्की गत बैशाख १२ गते रोजगारीको प्रलोभनमा परेर काठमाडौ गएकी थिईन् । जिल्ला स्थित दलीत सम्बद्ध संघ संस्थाहरूले सार्कीको खोजी गरिदिन अनुरोध छन् । दलित सम्बद्ध संस्था संस्था र अधिकारकर्मीहरूले मंगलबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरि सार्कीलाई प्रलोभनमा पारेर काठमाडौ पठाउने बेनीका के एस पौललाई कारबाहीको माग पनि गरेका छन् ।
Posted: May 26, 2010
चौकीमा कुटीकुटी मारिए दलित
विनाकसुर' पक्राउ गरिएका एक दलितको प्रहरीको निर्घात कुटाइबाट ज्यान गएको छ । ललितपुरको गोदाबरीमा स्थायी घर भई पाटनमा बसोबास गर्दै आएका ४६ वषर्ीय सानु सुनारलाई कालिमाटी प्रहरीले हिरासतमै मरणासन्न हुने गरी कुटेको हो । प्रहरीले भने कुटपिट नगरेको दाबी गरेको छ ।
Posted: May 26, 2010
करिब छ दर्जन दलित विद्यार्थीले दुई वर्षदेखि छात्रवृत्ति पाएनन्
दशरथचन्द नगरपालिका–१० वाराकोटस्थित दानेश्वर उच्च माध्यमिक विद्यालयमा ध्ययनरत करिब ६ दर्जन दलित विद्यार्थीले विगत दुई वर्षदेखि छात्रवृत्ति पाएका छैनन्। राज्यले विद्यालयमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति दिँदै आए पनि सो विद्यालयमा अध्ययनरत छात्राछात्रहरुले दुई वर्षदेखि छात्रवृत्ति नपाएको स्थानीय अभिभावक लछुवा महरले बताउनुभयो।
Posted: May 14, 2010
बादीहरू यौन व्यवसायमा र्फकंदै
सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै यहाँका बादी महिलाले फेरि यौन व्यवसायमा र्फकने घोषणा गरेका छन् ।
Posted: May 14, 2010
दलित बालिकामाथि सामूहिक बलात्कार
सप्तरी धनगढीकी एक दलित बालिकालाई सामूहिक बलात्कार गरिएको छ । धनगढी-२ निवासी सदा थरकी १३ वर्षीया बालिकालाई बिहीबार साँझ बलात्कार गरिएको हो ।
Posted: May 12, 2010
नयाँ संविधानमा दलित समुदायको सवाल विषयमा जनमत सङ्कलन
ल्यानकाउ नेपाल र जातीय तथा छुवाछुत अपराध निगरानी केन्द्र बागलुङको संयुक्त आयोजना र युरोपेली युनियनको आर्थिक सहयोगमा सोमबार बागलुङमा नयाँ संविधानमा दलित समुदायका सवाल विषयक जनमत सङ्कलन कार्यक्रम सम्पन्न भयो ।
Posted: May 12, 2010
दलित महिला संघ बाग्लुंगको ताला खुल्यो
संस्थाका प्रमुखबाटै भ्रष्टाचार भएको आरोपमा कामदारले लगाएको ताला चार दिनपछि खुलेको छ । दलित महिला संघ जिल्ला अध्यक्ष सरस्वती हरिजनले आर्थिक अनियमितता गरेको, कर्मचारीलाई तलब नदिएको तथा नातावाद कायम गरेको भन्दै उनीहरूले ताला लगाएका थिए ।
Posted: April 24, 2010
दलित महिला कुटिइन
रामेछाप, ओख्रेनी- ७ की सानु कार्कीले पानी थाप्न नपाएको निहुमा छिमेकी मसली विश्वकर्मा लाई पिटेकी छिन् ।
Posted: April 24, 2010
मधेसमा भएका दलित जातिका परम्परागत पेसा र तिनीहरुको प्रचलित थरहरु
मधेसमा भएका दलित जातिका परम्परागत पेसा र तिनीहरुको प्रचलित थरहरु
Posted: April 23, 2010
गरिब दलित समुदायका लागि सरकारी घर
गरिब दलितका लागि स्तरोन्नति कार्यक्रमअन्तर्गत सरकारको पहलमा कपिलवस्तुमा एकहजार नयाँघर निर्माण हुन थालेका छन्। जनता आवास कार्यक्रमअन्तर्गत कपिलवस्तुसहित सप्तरी र सिराहामा समेत तीन हजार घर निर्माण गरिन थालिएको हो। कपिलवस्तु जिल्लाको पाँचवटा निर्वाचन क्षेत्रअन्तर्गत एक/एकवटा गाविसमा २०० का दरले एक हजार घर निर्माण गर्न लागिएको सहरी डिभिजन कार्यालयले जनाएको छ।
Posted: April 22, 2010
दलित कुटने फोरम कार्यकर्तालाई कारबाही गर्न माग
सिरहाको अर्नमा प्र.पी. गाविसमा मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्ताहरुले दुइ दर्जन भन्दा बढी दलितलाई बिना कारण कुटपिट गरेको भन्दै आधा दर्जन दलित संघ संस्थाले विरोध जनाएको छ ।
Posted: April 22, 2010
बर्दिया घटनालाई लिएर २९ गर्ते धर्ना र चक्का जाम गर्ने
आजै प्रधानमन्त्री माधवकुमार नेपाललाई दलित समुदायको वृहत टोलीले भेट गर् यो । टोलीले बर्दिया घटना देखि लिएर दलित समुदायसग सम्बन्धित अन्य कुराहरुमा ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री नेपालले बर्दिया घटना गम्भिर भएको पन्छिनु भयो । नेपालले गम्भिर मात्रै भने पछि टोलीमा सहभागी सम्पूर्णले प्रधानमन्त्रीलाई निरिह प्रधानमन्त्रीको सज्ञा दिएका छन् ।
Posted: April 9, 2010
दलित प्र.अ. भएपछि विद्यालय बहिष्कार
प्रधानाध्यापक पदमा दलित नियुक्त भएपछि दार्चुलाको एक विद्यालयका गैरदलित अभिभावकले आफ्ना बालबालिकालाई सो विद्यालयमा पढाउन छाडेका छन्। सदरमुकाम नजिकै पर्ने हुती गाविसमा रहेको लटिनाथ प्राथमिक विद्यालयका अभिभावकहरूले दलित हेडमास्टर भएको विद्यालयमा नपढाउने भन्दै आफ्ना छोराछोरीलाई टाढाका विद्यालयहरूमा भर्ना गरिरहेका छन्।
Posted: April 8, 2010
दलित छात्राबास संचालन नहुदै भत्कने खतरामा
दलित विद्यार्थीका लागि निर्माण गरिएको यहाँको एक छात्राबास प्रयोगमा नआउँदै भत्कने अवस्थामा पुगेको छ । सुदूरउत्तरी पर्वतको लेखफाँट गाउँ विकास समितिमा रहेको ग्रामप्रकाश उच्च माध्यमिक विद्यालयमा तीन वर्षअघि निर्माण गरिएको दलित छात्राबास प्रयोगमा नल्याउदा जिर्ण भई भत्कने अवस्थामा पुगेको हो ।
Posted: April 7, 2010
अन्तरजातीय विवाह गरेको जोडीलाई प्रहरीले पक्रियो
अन्तरजातीय विवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई ०६६ चैत २२ गते पथरी गाविसबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सिजुवा गाविस-५ की अस्मिता ढकाल र इटहरा गाविस-१ का अर्जुन सिवा नेपाली रहेका छन् ।
Posted: April 7, 2010
बर्दिया हत्याकाण्ड र सुरक्षासंयन्त्र
यति ठूलो मानव अधिकार उल्लङ्घनको घटना हुँदा प्रमुख राजनीतिक दलहरू जुन किसिमले चुप बसेका छन् त्यो सबैभन्दा छक्कलाग्दो विषय भएको छ । नागरिक सर्वोच्चताको वकालत गर्ने एकीकृत माओवादी नृशंस नागरिक हत्या र सैनिक सर्वोच्चताको यो घटनामा किन यति सारो मौन ? के कुर्सीमोहको अन्धताले उसलाई बाँकी अन्य कुरा देख्नै नसक्ने बनाएको हो ? मानव अधिकार र लोकतन्त्रको झण्डा उचाल्ने संसदीय दलहरू मानव अधिकार उल्लङ्घनको यो जस्तो पराकाष्ठामा किन यति धेरै चुप ?
Posted: April 5, 2010
अधिकारकर्मी दयाराम परियारलाई मानव अधिकार आन्दोलनकै पहिलो सहिद घोषणा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गर्ने
दण्डहिनताले संरक्षण पाउदा मानवअधिकार रक्षकहरुको अवस्था संकटपूर्ण बन्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
Posted: April 1, 2010
जात सच्याउन पनिका धाउँदै छन् दलित विद्यार्थी
शुकमाया विक र चिजबहादुर कामीकी छोरी हुन्— निरू थापा । कास्की दानसिङस्थित उच्च माध्यमिक विद्यालयबाट ०६५ मा एसएलसी परीक्षा दिएकी निरू आफ्नो थर सच्याएर विक बनाउन कहिले जिल्ला प्रशासन कार्यालय त कहिले क्षेत्रीय शिक्षा निर्देशनालय धाइन् । ती ठाउँबाट थर नसच्चिएपछि उनी अहिले परीक्षा नियन्त्रण कार्यालय भक्तपुर आइपुगेकी छिन् ।
Posted: March 31, 2010
बाँसपानी घटनामा संलग्न सेनाविरुद्ध जाहेरी दर्ता
र्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी इलाकामा ०६६ फागुन २६ गते नेपाली सेनाको गोलीवाट मृत्यु भएका तीन जना महिलाको पीडित परिवारको तर्फबाट सुर्खेत जिल्ला हरिहर गाविस-२ का टिकाराम विकले ०६६ चैत १५ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा कर्त्तव्य ज्यानको मुद्दाको जाहेरी दिएका छन् ।
Posted: March 30, 2010
मुस्लिम तथा दलित छात्रालाई निःशुल्क प्राविधिक शिक्षा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले मुस्लिम तथा विपन्न वर्गका दलित छात्रालाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको छ ।
Posted: March 30, 2010
शिक्षकले नै दलित विद्यार्थीमाथि गरे विभेद
आफ्नो घरमा डेरा गरि वस्ने विद्यार्थीलाई दलित भन्दै निकालेका लमजुङ चन्द्रेश्वरका शिक्षक कृष्णप्रसाद अधिकारीले सार्वजनिक रुपमा माफी मागेकाछन् । सर्वाेदय उच्च मावि केन्द्रबाट प्रवेशिका परीक्षा दिँदै आएका पुरानकोट गाविसस्थित सेवासदन माविका विद्यार्थी सुकबहादुर विश्वकर्मालाई अगाडि राखेर अधिकारीले गल्ती गरेको र आगामी दिनमा यस्ता घटना नदोहोर् याउने बाचासहित स्थानीय दलित समुदायसमक्ष माफी मागेका हुन् ।
Posted: March 30, 2010
दलित भन्ने थाहा पाए पछि विद्यार्थी घर निकाला
लमजुङको चन्द्रेश्वर गाउँ विकास समिति वडा नं। ३ मा डेरा गरी सर्वोदय उच्च मावि केन्द्रबाट प्रवेशिका परिक्षा दिदै आएका एक दलित विद्यार्थीलाई घरबेटीले निकालेका छन् ।
Posted: March 30, 2010
दलित छात्रवृत्ति हिनामिना
यहाँको एक विद्यालयका लेखापालले दलित छात्रवृत्ति रकम किर्ते हस्ताक्षर गरेर अनियमित तरिकाले हिनामिना गरेको खुलासा भएको छ । नवलपरासीको कुश्मास्थित सिद्धार्थ उच्चमाविका लेखापाल रमेश यादवले किर्ते हस्ताक्षर गरी हिनामिना गरेको रहस्य खुलासा भएको हो ।
Posted: March 25, 2010
कपिलबस्तु म फेरी एक दलित महिला को हत्या
कपिल्कास्तु जिल्लाको पत्तारिया ५ सुजवालीमा आपसी झगडा गरेर सोही ठाँउ बस्ने ५५ साल वर्षकी चन्द्रावतीदेवी पासीको हत्या भाएको हो ।
Posted: March 25, 2010
३ हजार दलित र मुस्लिमलाई नमुना घर
काठमाडौ, चैत्र १२ - सरकारले तराईका तीन जिल्लाका अति विपन्न तीन हजार दलित र मुस्लिम परिवारलाई निःशुल्क नमुना घर बनाइदिने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागले जनताको आवास कार्यक्रमअन्तर्गत आगामी वैशाखदेखि सप्तरी, सिरहा र कपिलवस्तुमा गरिब दलित र मुस्लिम परिवारका लागि एक/एक हजारवटा घर निर्माण गर्न लागेको छ । सिरहा र सप्तरी सबैभन्दा बढी दलित भएका जिल्ला हुन्, जहाँ दलितमा पनि पिछडिएका र अति विपन्न चमार, डोम, मुसहर, खत्वे र दुसाध बस्छन् । कपिलवस्तु पनि गरिब मुस्लिम र दलित बढी भएको जिल्लामा पर्छ
Posted: March 25, 2010
जातीय भेदभाव अन्त्यको सन्दर्भमा २१ मार्च
दक्षिण अफ्रिकामा हिड्डुल र आवत जावत गर्न समेत काला र गोराका लागि छुट्टै कानुन बनाईएको थियो । कालाहरुका लागि एक ठाउँवाट अर्को ठाउँमा आवत जावत गर्न पासबुक चाहिन्थ्यो । यदि काला जातिमध्ये कसैले यात्राको क्रममा पासबुक नबोकेको भेट्टाइएमा नीजलाई पक्रने र ३० दिनसम्म जेल हाल्ने कानुनी व्यवस्था लागु गरिएको थियो । यसरी कानुनी रुपमा नै काला रंगका मानिसको स्वतन्त्रता र मानव अधिकार उल्लंघन गर्ने निन्दनीय कार्य त्यसबेलाका निरंकुश शासकहरुले अपि्रुकामा गर्दै आएका थिए । जात र रंगका आधारमा गरिने भेदभावलाई दक्षिण
Posted: March 23, 2010
एउटी 'सिकारी’ महिला !
सुर्खेतमा काउलोसिकारी तीन दलित महिला सेनाको गोलीले मारिएको घटनाबारे संसदीय समितिमा स्पष्टीकरण दिन उभिएकी रक्षामन्त्री विद्यादेवी भण्डारीका जवाफ सुन्दा यस्तो लाग्छ— उनी एउटी ँसिकारी’ महिला हुन् ! सिकारी पनि यस्ती, जो महिलामाथि मात्र सिकार गर्छिन्, छानीछानी । स्पष्टीकरणभन्दा पनि गोलीजस्तो लाग्ने उनको बोली थियो— सिकारी महिलालाई सेनाले मार्‍यो । घटनाको सामान्य प्रकृतिसँग समेत कुनै साइनो नराख्ने रक्षामन्त्रीको भनाइ केवल सैनिक ज्यादतीको प्रतिरक्षा हो, सामन्ती संरचनाको मलजलले सेनाभित्र हुर्किएको अतिसार
Posted: March 18, 2010
वेनीमा जातियभेदभाव तथा छुवाछुत र सजाय सम्वन्धमा अन्तरक्रिया
दलित विद्यार्थी एकता मंच नेपाल म्याग्दीले वेनीमा जातिय भेदभाव तथा छुवाछुत कसुर र सजायको सम्वन्धमा बनेको विधेयक २०६६ माथि एक अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसमार नेपाल दलित अधिकार संरक्षणले अघि सारेको नयाँ संविधानमा दलितका लागि अनिवार्य लेखिनुपर्ने विषयहरु सम्वन्धित सुझाव पत्रमा माथि पनि छलफल भएको थियो । उक्त अन्तरकि्रया कार्यक्रममा दलित नेता दलित अधिकार कर्मी तथा विद्यार्थीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
Posted: March 18, 2010
मुसहर समुदायबाट पहिलो एल्बम
तराई मूलका दलित समुदायभित्रको अति पिछडिएको जाति मानिएका मुसहर समुदायहरूको उत्थानमा सक्रिय सोही समुदायका एक युगलले गीति एल्बम निकाले छन् । मुसहर समुदायबाट गीति एल्बम निकाल्ने पहिलो गायक गायिका हुन् सिरहाको असनपुर-८ डोहटियाका गुरुशरण सदाय र उनकी पत्नी शान्तीदेवी सदाय ।
Posted: March 18, 2010
मजदुर माझी र दलितको विद्यालय आर्थिक सङ्कटमा
पर्वत जिल्लाको पाङ- ५ स्थित मालढुङ्गा क्षेत्रमा विभिन्न प्रकारको श्रममा संलग्न मजदुर माझी र दलितको सकि्रयतामा स्थापित विद्यालय आर्थिक सङ्कटमा परेको छ । तीन वर्षअघि स्थापना गरिएको सो विद्यालय उपयुक्त आर्थिक स्रोतको अभावमा आर्थिक सङ्कटमा परेको हो ।
Posted: March 16, 2010
दोषी सैनिकलाई कारवाही गर्ने रक्षामन्त्रीको प्रतिबद्धता
रक्षामन्त्री बिद्या भण्डारीले सुर्खेतको हरिहरपुरमा गोली चलाई एक बालिकासहित तीन महिलाको हत्या गर्ने सैनिकलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बनमन्त्री दीपक बोहरासंगको छलफलपछि मंगलबार दिउँसो संवाददाताहरुसंग मन्त्रालयमा कुराकानी गर्दै उनले पीडितहरुलाई राहतको व्यवस्था गरिने पनि बताए । जंगलमा काउलो काट्न गएका हरिहरपुरका आठ जनालाई गस्तीमा गएको सैनिकले फागुन २८ गते गोली प्रहार गर्दा तीन जनाको मृत्यु भएको थियो ।
Posted: March 16, 2010
दलित बस्ति जलेर नष्ट
सप्तरीको कोईलाडी बसाईनमा सोमवार राति आगलागी हुँदा दलित बस्ती पुरै सखाप भएको छ । आगलागीमा १७ परिवारका ३७ घर जलेर नष्ट हुदा करिव रु ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
Posted: March 16, 2010
श्रीमती, छोरी र बुहारी गुमाएका दलित हिरासतमा
सेनाको गोलीले एकै परिवारका तीन दलित महिला मारिएपछि सुर्खेत हरिहरपुरको कप्टेरी गाउँ शोकमग्न छ । श्रीमती र छोरी गुमाएका कृष्णबहादुर विक बर्दियामा हिरासतमा छन् भने श्रीमती गुमाएका दुर्गाबहादुर विक घर जान मानेका छैनन् ।
Posted: March 16, 2010
अर्घाखाँचीमा परापुर्वकालदेखी सिलाई पेशामा आबद्धहरु विस्थापित हुदै
अर्घाखाँची जिल्लाका ग्रामीण भेगमा परपूर्वकालदेखी सिलाई पेशामा आबद्ध हुदै आएका दलित समुदायका मानिसहरु आफनो पेशाबाट बिस्थापित हुन थालेका छन् । पेशाबाट बिस्ताबितहरु अहिले बैकल्पित पेशाको रुपमा बिदेश र छिमेकी जिल्लाहरुमा जाने क्रम बढ्दो छ ।
Posted: March 12, 2010
धौलागिरी राप्तीका ४ जिल्ला समेटेर दलित गणराज्य घोषणागर्न माग
दलित आन्दोलनको उठान भएको धौलागिरिका तीन र राप्ती अन्चलको एक जिल्लालाई समेटेर छुट्टै दलित गणराज्य घोषणा गर्न माग गरिएको छ । यी चार जिल्लामा दलितको जनसङ्ख्या दोस्रो स्थानमा भएकाले स्वशासनसहितको गणराज्य घोषणा गर्नुपर्ने उत्पीडित दलित समुदायको सन्जाल धौलागिरिले माग गरेको हो ।
Posted: March 12, 2010
सैनिकले गोली हानी मारे तीन दलित महिला
नेपाली सेनाका सुरक्षाकर्मीले गोली हानी तीन दलित महिलाको हत्या गरेका छन् । महिलाको दोष थियो- उनीहरू बर्दिया राष्ट्रिय निकुञ्जभित्र पसेर निउरो साग टिप्दै थिए । नेपाली सेनाको ज्वालादल गण ठाकुरद्वारा बर्दियाबाट गएको नेपाली सेनाको टोलीले गोली चलाउँदा बुधबार दिउँसो एकै ठाउँका तीन दलित महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा हरिहरपुर गाविस- २ बास्पानीका अनिता विक, देवीसरा विक र चन्द्रकला विक छन् । ४२ वर्षीय कृष्णबहादुर विकलाई भने सेनाले जीवितै पक्राउ गरेको छ ।
Posted: March 12, 2010
खुंग्रीमा दलित भेला
स्थानीय समस्याहरू सम्बोधन गर्नका लागि जिल्लाका दलितहरू संगठन विस्तारतिर लागेका छन् । गाउँगाउँमा भएका दलित अगुवाले जातीय संगठन बढाउन थालेका हुन् । यससम्बन्धी भेला जिल्लाको खुंग्रीमा अघिल्लो साता सकिएको छ । खुंग्रीका २, ३, ४ र ५ वडाका दलितको संयुक्त भेलाले त्रिपुरेश्वर दलित समूह गठन गरेको हो ।
Posted: March 8, 2010
दलितद्वारा धर्ना
छुवाछूतविरुद्धको मुद्दा प्रहरीले दर्ता नगरेको भन्दै दलित समुदायका अगुवालगायत दलित अधिकारमा कार्यरत स्थानीय गैससहरूले सोमबार २ घन्टा जिल्ला प्रहरीमा धर्ना दिएका छन् ।
Posted: March 8, 2010
दलित कुट्नेलाई ३० हजार जरिवाना
पानी छोएको निहुँमा दलित बालिका कुट्ने शारदा बतासे-५ की अनिता थापाले ३० हजार जरिवाना तिरेकी छिन् । आइतबार जिल्ला प्रहरी कार्यालयमा अनिताले पीडित बालिका शारदा बतासे-७ की पार्वती विकलाई क्षतिपूर्तिस्वरूप ३० हजार बुझाएकी हुन् ।
Posted: March 8, 2010
भूमिहीन दलितलाई च्याउखेती गर्न कृषि कार्यालयद्वारा सहयोग
नवलपरासीको पाल्ही गाविसका भूमिहीन दलितका लागि च्याउखेती गर्न जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्नेभएको छ ।
Posted: March 8, 2010
पानीको निहुँमा ज्यान गयो
मोर‌ंग जिल्लाको लेटाङ २ मा कुटपीटवाट एकजनाको ज्यान गएको छ । हिजो दिउसो १२ वजे लेटाङ २ मा सार्वजनीक धारामा पानी लीने विषयमा सामान्य विवाद हुदा मीठुमाया विकको कुटाईवाट लेटाङ २ कै टिका विकको ज्यान गएको हो ा
Posted: March 8, 2010
दलित प्रअ नियुक्ती गरिएको भन्दै माओवादीद्वारा आपत्ति
विद्यालयमा दलित जातिबाट प्रधानाध्यापक नियुक्ति गरिएको प्रति माओवादीले आपत्ति जनाएको भन्दै जिल्लास्थित दलित संघ संस्थाले विरोध जनाएका छन् ।
Posted: March 3, 2010
मृत भेटिएकी महिला दलित
अर्धनग्न अवस्थामा मृत फेला परेकी महिला सिन्धुपाल्चोकको पीपलडाँडा गाविस घर भई भक्तपुर सूर्यबिनायकमा बस्दै आएकी ३० वर्षीया सावित्री वि.क. रहेकी उनकी बहिनी तारा वि.क.ले जाहेरी दिएकी छिन्।
Posted: March 3, 2010
दूध चुस्दा चुस्दै बिहे
विवाहका लागि केटाकेटीको उमेर कति वर्षको हुनुपर्छ ? १८ वा त्योभन्दा माथि । यो नेपालको मुलुकी ऐनले नै किटानी गरेको छ । उमेर नपुगी वा केटाकेटीको स्वीकृतिबेगर बिहे गराए कानुनी कारबाही हुने छ । अझ नाबालक बिहेको त अरु बढी कारबाही होला । तर रौटहतका केही गाउँमा दूधे बालकको नै बिहे हुन्छ ।
Posted: February 26, 2010
'मैले छोएको पानी चलेन': नायिका विद्या कार्की
चरित्र अभिनेत्री विद्या कार्की केही महिनाअघि काठमाडौंको इन्द्रायणी गाविसमा चलचित्र सुटिङको क्रममा पुगेकी थिइन् । उनी पँधेरोनजिक बाटोमा बसेकी थिइन् । पँधेरोबाट पानी बोकेर आएका केही महिला 'यी कमिनीले छोलिन् है' भन्दै तर्किएर हिँडे । केही क्षणमा चारजना महिला आएर बाटोमा पानी छुन खोज्ने भन्दै गाली मात्र गरेनन्, 'टेलिभिजनमार्फ छुवाछुत हुँदैन भनेर उच्च जातकी बुहारी घरमा भित्र्याउने यो कमिनी बूढीलाई छाड्नु हुँदैन' भन्दै विद्याको कपाल जगल्टयाए । उनीहरूले कुटपिटसमेत गरे ।
Posted: February 24, 2010
दलित समुदायको अभिमुखिकरण गोष्ठी सम्पन्न
गैरसरकारी संस्था महासंघ बागलुङको अयोजनामा मंगलबार बागलुङमा भएको सामाजिक आर्थिक क्षेत्रमा गरिब र दलित समुदायको पहुँचमा सुधार विषयक १ दिने अभिमुखिकरण गोष्ठीमा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी भरत पौडेलले सामाजिक परिवर्तनका लागि सामन्ती सोंचमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
Posted: February 24, 2010
दलित सभासद् मञ्चको कार्यक्रम
समावेशी लाकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता र समतामूलक समाजको स्थापनाका लागि नयाँ संविधानमा दलित अधिकार सुनिश्चित गर्न ‘दलित सभासद् मञ्च’ले साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
Posted: February 23, 2010
बालिका बलि दिएको स्वीकार
रुपन्देही मझगाउँमा घाँटी रेटी हत्या गरिएकी दलित परिवारकी आठ वर्षीया मनिषा हरिजनलाई आफूले इँट्टाभट्टामा बलि दिएको आरोपी नेवास पालले स्वीकार गरेका छन्।
Posted: February 23, 2010
भगत सर्वजीत दलित गणराज्य सम्भावना र औचित्य विषयक गोष्ठी सम्पन्न
धवलागिरी दलित समुदायको संजालले स्थानिय स्वाशासन सहितको भगत सर्वजीत दलित गणराज्य घोषणाको औचित्य सम्बन्धमा पर्वत जिल्लाको सदरमुकाममा धवलागीरी दलित संजालको आयोजनामा विभिन्न राजनैतिक दल दलित अधिकारकर्मी नागरिक समाजका प्रतिनिधि पत्रकारहरुको सहभागितामा एक दिवशिय विचार गोष्ठि सम्पन्न भएको छ । विचारगोष्ठिका सहभागिहरुले यदी सवै जातजातिले जातीय राज्यको
Posted: February 9, 2010
आमन्त्रण: वृहत अन्तर्क्रिया कार्यक्रममा
“संविधानसभा, व्यवस्थापिका–संसदमा प्रस्तुत जातीय भेदभाव र छुवाछूत (कसुर र सजाय) सम्बन्धी विधेयक–२०६६ माथि आवश्यक संशोधन” विषयक वृहत अन्तर्क्रिया कार्यक्रम मिति : २०६६ माघ २४ गते आइतबार समय : दिनको १२:३० बजे स्थान : राष्ट्रिय सभागृह, भृकुटीमण्डप, काठमाडौ
Posted: February 4, 2010
प्रेस विज्ञप्ती
देश संविधान सभाको चुनाव सम्पन्न पश्चात नया संविधान बनाउनदै छ र अन्तिम चरणमा पुगिसकेको छ । सरकारले राज्यलाई छुवाछूत मुक्त तथा धर्म निरपेक्ष राष्ट घोषण गरिसकेको छ । बर्तमान सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई पुरस्कार समेत दिने निर्णय गरेको छ ।
Posted: February 4, 2010
दलित र महिला आन्दोलन संगै जानुपर्छ - आचार्य
संविधानसभा संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले दलित आन्दोलनले महिला आन्दोलनलाई समेत समेट्नुपर्ने बताउनुभएको छ । जागरण मिडिया सेन्टरले मंगलबार राजधानीमा आयोजना गरेको नयाँ संविधान र दलित अधिकार विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले दलितको हक, अधिकार सुनिश्चित गर्नका लागि सामाजिक मनस्थितिमा परिवर्तन गर्न जरुरी छ भन्नुभयो ।
Posted: January 27, 2010
दलित अधिकारको पक्षमा दाहाल
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलित अधिकार नयाँ संविधानमा सुनिश्चित गराउने दलितका मागलाई सम्बोधन गर्न छलफलका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रमा लैजाने प्रतिबद्धता जनाएका छन्।
Posted: January 25, 2010
अदालत, कति समावेशी ?
राज्यका हरेक निकायमा समावेशी प्रतिनिधित्वको कुरा उठ्ने गरेको वर्षौं भइसक्यो । सरकारले कतिपय निकायमा महिला, दलित र पछि परेका अन्य समुदायका लागि निश्चित आरक्षणको व्यवस्था गरेको छ । तर, न्यायालयमा भने अझै समावेशी प्रतिनिधित्व हुन सकेको छैन ।
Posted: January 24, 2010
दलित आयोगमा गैर दलित नियुक्त गरेकोमा- प्रेस विज्ञप्ती
दलित समुदायको हक अधिकारको लागि काम गर्ने एक सरकारी निकाय राष्ट्रिय दलित आयोगद्वारा स्पष्ट किटान गरिएका दलित जातीबाट राष्ट्रिय दलित आयोगमा सदस्यको प्रतिनिधित्व हुनु पर्दछ भन्ने हामी दलित समुदायको माग र सरोकार हो । तर २०६६ पौष २२ गतेको मन्त्री परिषद्को निर्णयबाट गठन गरिएको राष्ट्रिय दलित आयोगको गठनले दलित समुदायको उपहास गरिएको छ । राष्ट्रिय दलित आयोगले सूचिकृत गरेकेा अनुसूचिमा नभएको ठाकुरलाई मन्त्री परिषद्ले नियुक्त गरेकेा छ ।
Posted: January 21, 2010
आयोगमा नयाँ पदाधिकारीहरुको नियुक्ति
यही असार १८ गते देखि राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन रहेको थियो । यसलाई अन्त्य गर्दै यही मिति २०६६ पौष २२ गते बसेको मन्त्री परिषद्को बैठकले आयोगलाई पदाधिकारी सम्पन्न गराएको छ ।
Posted: January 18, 2010
धौलागिरी क्षेत्रलाई भगत सर्वजित उपगणराज्य घोषणा गरिने
धौलागिरीको अंचल सदरमुकाम बागलुङ बजारमा जम्मा भएका धौलागिरी अंचलका दलितहरुले धौलागिरी अंचल स्तरिय एक भेलाले अधिकारकर्मी हिरा विश्वकर्माको प्रमुख आतिथ्यतामा अधिवक्ता यामबहादुर चर्मकारको अध्यक्षतामा यही २०६६ साल पौष १२ गते १७ सदस्यीय उत्पीडित दलित समुदायको संजाल धौलागिरीको तदर्थ समिति गठन गरेका छन ।
Posted: December 28, 2009
बागलुङ, पर्वत र म्याग्दी जिल्लाको दलित समुदायका विकासका लागि कार्ययोजना निर्माण गोष्ठी सम्पन्न
प्लान नेपालको सहयोग तथा दलित सशक्तिकरण केन्द्रबागलुङ राष्ट्रिय दलित विकास संस्था पर्वत तथा दलित जनसमाज नेपाल पर्वतको संयुक्त आयोजनामा सामाजिक समावेशीकरण तथा विभेदरिहत परियोजना बागलुङ अन्तरगत दलित बिकासका लागि कार्ययोजना निर्माण गोष्ठी यही मिति २०६६ साल पौष ९ गते होटल पिस प्यालेस बागलुङको सभाहलमा सम्पन्न भयो ।
Posted: December 28, 2009
दलित बस्ती तरकारी खेतीमा
रोल्पा । भारत गएर मजदुरी गर्ने छिवाङ गाविसको एक दलित बस्तीका दुई दर्जनभन्दा बढी परिवार गाउँमै फर्केर व्यावसायिक तरकारी खेतीमा लागेको छ । कम लगानीबाट पनि मनग्य फाइदा हुन थालेपछि छिवाङ-७ का फलामेढुङ्गाका २५ भन्दा बढी परिवारका दलितहरूले व्यावसायिक तरकारीखेती सुरु गरेका हुन् । पहिलो अन्नबालीको खेती गर्दा खान नपुग्ने भएकोले उनीहरू वषार्ँैदेखि मजदुरी गर्न सपरिवार भारत गएका थिए । सत्तरी परिवार रहेको फलामेढुङ्गाका २५ परिवार अघिल्लो दसैँमामात्र गाउँ फर्किएका हुन् ।
Posted: December 15, 2009
दलित दम्पती न्याय माग्दै प्रशासनमा
भक्तपुर, २०६६ मंसिर ३० - सरकारले दलित र गैरदलितबीचको विवाहलाई प्रोत्साहन गर्न एक लाख रुपैयाँ सहयोग गर्ने यसै वर्षको बजेटमार्फत घोषणा गरे पनि भक्तपुरमा एक जोडी विस्थापित भएका छन् ।
Posted: December 16, 2009
अन्तरजातीय विवाह गर्ने जोडी गाउँनिकाला
सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप १ लाख दिने व्यवस्था गरे पनि पश्चिम दैलेखमा अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनको साटो गाउँबाट निकाला गरिएको छ।
Posted: December 15, 2009
दलित युवतीलाई विवाहगरि केटो फ्रहार
पाल्पा जिल्ला ताँहु गाविस वडा न ९ धोवादी घर भई तानसेन नगरपालिका वडा न।३ भिमसेनटोलमा डेरागरि बस्ने इश्वरी सुनारको छोरी बर्ष १८की मनिषा सुनारलाई गएको असार १८ गते प्रेम विवाह गरि तानसेनकै एक गैर दलित युवक हालै फ्रहार भएका छन्।
Posted: December 14, 2009
मैना सुनारकी आमाको प्रधानमन्त्रीलाई खुल्ला पत्र
मेरो नाम देवी सुनार हो। म तत्कालीन शाही नेपाली सेनाद्धारा पाँच बर्षअघि निमर्मतापूर्वक मारिएकी पन्ध्र बषिर्य बालिका मैना सुनारकी आमा हुँ। मेरी छोरीको हत्याबारे तपाईलाई पक्कै पनि जानकारी छ होला।
Posted: December 12, 2009
बलत्कृत दलित महिलालाई गाउँ निकाला
सप्तरी २५ मंसीर/ कथित उप्पलाजातका युवकबाट सर्वस्य लुटिएकी सप्तरी जगतपुर गाविस १की एक महिलालाई गाउँका पाचहरुले कुटपि गर्दै काम गर्न गएका उनका श्रीमान नआए सम्म गाउबाट निकाला गरेको छ ।
Posted: December 11, 2009
नीजि घरमा सम्मानजनक प्रवेशका लागि हस्ताक्षर संकलन
६१ औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा दलित सेवा सघंले मानवअधिकार महाभेला भै रहेको स्थान नेपाल प्रज्ञा प्रतिष्ठानमा जातिय भेदभाव तथा छुवाछुत अपराध उन्मुलनका लागी ऐक्यबद्धता जाहेर गर्न बिहिबार हस्ताक्षर संकलन संकलन गरेको छ ।
Posted: December 10, 2009
प्रेस विज्ञप्ति ६१ औ‌ मानवअधिकार दिवसको अवसरमा
आज डिसेम्वर १० तारिख २००९ दिन कोपेनहेगेन काठमाण्डौ र न्युयोर्क नेपालकॊ संविधानसभाले यस ऐतिहासिक अवसरलाई आत्मसात गर्दै दलित लगायत अन्य नागरिकको मानव अधिकार नयां संविधानले सुनिश्चित गर्नु पर्ने कुरा एक अन्र्तराष्टिय मानव अधिकार संजालले भनेको छ ।
Posted: December 10, 2009
"अन्तरजातीय विवाह गर्ने संचारकर्मीलाई ज्यान मार्ने धम्की" समाचारका आरोपित लिलामणी घिमिरेले पठाउनु भएको खण्डन
"अन्तरजातीय विवाह गर्ने संचारकर्मीलाई ज्यान मार्ने धम्की" समाचारका आरोपित लिलामणी घिमिरेले पठाउनु भएको खण्डन । सम्पादक ज्यू म गैह्र दलित भए पनि दलित अधिकारका लागि लामो समयदेखि लड्‍दै आएको ब्यक्ति हुँ । दलित मानव अधिकार संगठनको कार्य समिति सदस्यसमेत रहेर दलितहरुलाई अधिकारका लागि आन्दोलित गर्न मुलुकका विभिन्न भाग हिडेको छु । दलितलाई समाज, कानुन र धर्मले विभेद गरेकाले त्यसलाइ सुधार्नु पर्छ भनेर कलम चलाउने एक संचारकर्मी पनि हुँ । त्यससँगै अंतर जातीय विवाहको पक्षपति रुपमा उभ्याउदै आएको छु । मान
Posted: December 6, 2009
पर्वत दलित उत्थान समन्वय समितिको उपाध्यक्षमा नेपाली
पर्वत मंसिर २० । जिल्ला विकास समिति मातहतको जिल्ला दलित उत्थान समन्वय समिति पर्वतको उपाध्यक्षमा नेपाली काँग्रेसका आमन्त्रित जिल्ला सदस्य जीत वहादुर नेपालीलाई स्थानीय विकास मन्त्रालयले मनोनयन गरेको छ ।
Posted: December 4, 2009
अन्तरजातीय विवाह गर्ने संचारकर्मीलाई ज्यान मार्ने धम्की
राष्ट्रिय दैनिक कान्तिपुरमा उपसम्पादकको रुपमा कार्यरत जेठादाई लिलानाथ घिमिरे र रेडियो सिन्धुलीगढीका प्राविधिक एवं कान्छा दाई लक्ष्मण घिमिरेले अन्तर जातीय विवाह गर्ने बहिनी गिता घिमिरे र ज्वाई राजन गाँउले विश्वकर्मालाई ईमेल तथा फोन मार्फत तत्काल जिल्ला छाड्न अन्यथा ज्यान मार्ने धम्कि दिएर मानसिक यातना दिएर सताई रहेको जानकारी पीडित जोडीले दिएका छन् ।
Posted: December 4, 2009
दलितभित्रको आन्तरिक छुवाछुत अन्त्य गर्ने घोषणा
बाग्लुङ/छिस्ती गाविसका दलित समुदायले संगठित हुँदै आन्तरिक छुवाछुतमुक्त गाउँ घोषणा गरेका छन् । छिस्तीको धुसेनीमा एक कार्यक्रमबीच सामूहिक रूपमा आन्तरिक छुवाछुतमुक्त गाउँ घोषणा गरेका हुन् ।
Posted: December 3, 2009
डरले तनहुँका अन्तरजातीय जोडीको बाग्लुङमा बिहे
बाग्लुङ, १८ मंसिर : प्रेमसम्बन्ध असफल हुने डरले तनहुँका एक जोडीले बिहीबार बाग्लुङ आई अन्तरजातीय विवाह गरेका छन् । तनहुँमा गाँसेको पिरतीलाई थुप्रेक-१ का सोमबहादुर विक र दुलेगौँडा-२ तनहुँकी अञ्जना खनालले बाग्लुङमा आई विवाह गरेका हुन् । उनीहरूबीच ६ वर्षदेखि प्रेमसम्बन्ध थियो ।
Posted: December 3, 2009
एक सय ४० दलित बालबालिका पहिचानविहीन
जाजरकोट/ विजय प्राथमिक विद्यालय स्याला जाजरकोटमा कक्षा पाँचमा अध्ययनरत छात्रा मीना १४ वर्षकी भइन् । उनलाई अहिलेसम्म आफ्नो थर के हो भन्ने पत्तो छैन । कसैले नाम सोध्यो भने उनी मीना मात्रै भन्छिन्, थर बताउन सक्दिनन् । उनको विद्यालयको रेकर्डमा समेत नाम मात्रै उल्लेख छ, थर छैन ।
Posted: November 30, 2009
सीपमूलक व्यवसायबाट दलित महिला आर्थिक रुपमा आत्मनिर्भर
पर्वत मंसिर १४ । छिमेकीको घरमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका दलित परिवारका महिलाहरु आयआर्जनको काममा लागेपछि आर्थिकरुपमा आत्मनिर्भर बन्न थालेका छन् । पर्वतको आर्थर गाविसका विपन्न दलित महिलाहरुले सीपमूलक व्यवसाय साचालन गरेर आयआर्जन गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् ।
Posted: November 29, 2009
नेपाल राष्ट्र बैंकले दलितलाई कोटा छुट्टाएन
सरकारले दलित समुदायको विकाशका लागि साथै समुदायको हरेक क्षेत्रमा पहुच पुरयाउनका लागि समानुपातिक व्यवस्था गरेको छ ।दलित हरुको लागि विशेष व्यवस्था गरेको छ । तर सरकारका निकायहरुले कार्यन्यवनका लागि चासो देखाएको छैन । भर्खरै नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभागले नेपालगंज कार्यालयका लागि प्रशासन सेवा तर्फको सहायक द्वितिय श्रेणीका लागि चार पद खुलाएकोमा दलितलाई आरक्षण कोटा छुट्टाएको छैन् ।
Posted: November 27, 2009
अन्तरजातीय विवाह गर्ने जोडीको समस्या कायमै
दलित समुदायको मानिससँग अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि अन्तरजातीय विवाह गर्ने जोडीले विभिन्न सामाजिक समस्या भोग्ने क्रम रोकिएको छैन।
Posted: November 25, 2009
गुरुले दिएको यातनाबाट पीडित दलित छात्राको अवस्था चिन्ताजनक
मुस्ताङ, मंसिर १० । शिक्षकलाई आमाबुवा पछिको दोस्रो अभिभावकका रुपमा चिनिन्छ । जसरी कुमालेले काँचो माटालाई आफूले चाहेअनुसारका भाँडाको रुप दिन्छ त्यसैगरी एउटा शिक्षकले पनि आलाकाँचा बालबालिकालाई देशले चाहेअनुसारका नागरिक उत्पादन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएकॊ हुन्छ । देशले चाहे अनुसारका व्यक्ति तयार पार्नका लागि ऊ वर्षाैंसम्म खटिइरहन्छ ।
Posted: November 25, 2009
जीवन निखन्दै मुसहरहरू
धानका बोराले भरिएका एक बथान बयलगाडा महाजन बस्तीतिर तेर्सिँदै गरेको बबिता सदाले आँखामा हत्केलाको छायाँ पारेर हेरिन् । माटोका तीन चम्कामा अड्याइएको सिल्बरे कराहीमा मुसुरोको माड उम्लिँदै थियो फुस्को (पराले झुपडी) अगाडि । सल्किँदै गरेका सिटा आगोमा झोस्दा उडेको फूलखरानी आधी मुसुरोको माडमा पर्‍यो र आधीजसो खरानीलेे ऋणले थिचिएको बबिताको कपाललाई सेताम्यै बनायो । खासमा हतार गर्दै थिइन् बबिता र गौरी महाजनको धान काट्न जानु छ आज । 'नत्र के खानु छ र बेलुकी र्फकेर,' उनी भन्दै थिइन् । २५ वर्षे जोबनमै शताब्दी उम
Posted: November 24, 2009
दलित र गैरदलितबीचको विवादका कारण चार वर्षदेखि मन्दिरमा ताला
पर्वत/ हुवास गाविसस्थित एउटा मन्दिर दलित र गैरदलितबीचको विवादका कारण चार वर्षदेखि बन्द रहेको छ । स्थानीय दलित बालबालिकालाई मन्दिर प्रवेशमा रोक लगाएको विषयमा विवाद भएपछि मन्दिर बन्द भएको थियो ।
Posted: November 23, 2009
Special provision for Dalit, marginalized communities in new constitution
The parties have reached an agreement for special provision in the new constitution for special rights to Dalits and other marginalised ethnic communities.
Posted: November 17, 2009
दलित महिलाको बचत अभियान
खोटाङ/ लफ्याङ गाविसका दलित महिला सीपमूलक आम्दानीले कमाएको रकम बचत गर्ने अभियानमा लागेका छन् । बेलाबेलामा पर्ने आर्थिक संकट टार्न उनीहरूले बचत गर्न थालेका हुन् ।
Posted: November 15, 2009
गुल्मीका दलित विद्यार्थीलाई उच्च माविसम्म निःशुल्क शिक्षा
गुल्मीका सरकारी विद्यालयहरुका दलित विद्यार्थीहरुले उच्च माविसम्म निःशुल्क शिक्षा अध्ययन गर्न पाउने भएका छन् । दलित विद्यार्थीहरुले यस अघि विद्यालयलाई तिरेको शुल्क पनि फिर्ता पाउने भएका छन् ।
Posted: November 12, 2009
दलित छात्रवृत्तिको रकम प्रअको खल्तीमा
दलित विद्यार्थीका लागि आएको दुई वर्षको छात्रवृत्ति रकम विद्यालयका प्रधान्ााध्यापकले दुरुपयोग गरेको खुलासा भएको छ । पर्वतको भोक्सिङ- ३ बाघमारामा रहेको शिवालय प्राविमा छात्रवृत्ति रकमबाट प्रअ दीपक मल्लले आफ्नै खल्ती भरेका हुन् । उनले आर्थिक वर्ष ०६४/६५ र ०६५/६६ मा विद्यालयका १६ जना दलित बालबालिकाका लागि आएको छात्रवृत्ति रकम वितरण नै नगरेको पाइएको छ ।
Posted: November 12, 2009
दलित बस्तीका सबै निरक्षर
गाउँमा चिठी/पत्र आउँदा हल्ला-खल्ला गर्दै चिठी पढ्ने मान्छेको खोजी हुन्छ, रोकाया गाउँमा । कारण, यस गाउँमा वृद्धदेखि बच्चासम्म सबै निरक्षर छन् । जाजरकोटको अति विकट रोकाया गाउँ- ७ धियारगाउँका २२ परिवार दलित (दमाईं) कसैले पनि अक्षर चिन्दैनन् । कतै सहीछाप गर्नुपर्‍यो भने औँठाछाप लगाउँछन् ।
Posted: November 12, 2009
उत्कृष्ट टेलिभिजन पत्रकारिता पुरस्कार प्रकाशचन्द्र परियारलाई
यस वर्षको उत्कृष्ट टेलिभिजन पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका वरिष्ठ उपसम्पादक प्रकाशचन्द्र परियारले प्राप्त गर्नु भएको छ ।
Posted: November 11, 2009
बोक्सिको आरोपमा बृद्धा दलितलाई दिसा खुवाइयो
बरियारपुर गाविसमा एक दलित बृद्धा महिलालाई बोक्सिको आरोपमा दिसा खुवाउँदै कुटपिट गरेका छन ।
Posted: November 10, 2009
थरुहट र कोचिला राज्य हटाउन मोर्चाको माग
सरकारले मधेशमा लागु गरेको एकीकृत सुरक्षा नीतिले माओवादीलाई दवाउने रणनीति लिएको हुदा त्यसको विरुद्ध तत्काल शसक्त आन्दोलन सुरु गर्ने निर्णय समेत गरेको सम्मेलन आयोजक समितिका ासंयोजक सुर्यनाथ यादवले जानकारी दिनुभयो । सम्मेलनले आर्थिक उत्पादन सम्बन्धको क्रान्तिकारी परिर्वतनसँगै क्रान्तिकारी भूमि सुधार लागू गरी सामन्तको जमिन बिना मुआब्जा कब्जा गरी भूमिहीन, दलित र सुकुम्बासीलाई निःशुल्क वितरण गर्ने नीति पास गरेको छ ।
Posted: November 10, 2009
६ सय मधेसी दलित फोरममा
मधेसी दलित अधिकार संघर्ष समिति काठमाडांैका संयोजक चन्देश्वर खत्वेको नेतृत्वमा झापादेखि सर्लाहीसम्मका १० जिल्लामा ६ सय मधेसी दलित मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरेका छन् ।
Posted: November 10, 2009
वादी वालवालिका शिक्षावाट वन्चित
दाङ । जिम्मा लिने अभिभावक नभएको र आर्थिक अभावले वादि समुदायका अधिकांश वालवालिकाले पढ्न पाएका छैनन् । घोराहीको शिर्जनशील टोलका अधिकांश्ा वादी वालवालिका सडक र गल्लिमा कवाडि सामान वटुलेर समय विताउने गर्द छन् । त्यहाँ प्रतिपरिवार सरदर ५। ६ जना वालवालिका छन् । गरिवीका कारण एकातिर खान लगाउन समस्या छ अर्कातिर अधिकांश वालवालिका अभिभावक विहीन छन् ।
Posted: November 8, 2009
दलित महिलाले आपसी छुवाछुत अन्त्य गर्न
पर्वत । दलित समुदायमा विवाह व्रतवन्ध र मानिस मर्दासमेत रक्सी चढाउनेपरम्परा र दलितविच नै रहेको आन्तरिक छुवाछुत लगाएतका परम्परागत कार्य दलित आफैले तोडेका छन् । सामाजिक व्यवहार र संस्कृतीमा परिवर्तन नआउदा विकृति फैलिदै गएपछि सकरात्मक परिवर्तनका निम्ती पर्वतको दक्षिणी क्षेत्र भोर्ले गाविसका ३४ र ६ वडामा गठित महिला समुहका सदस्यले विकृति परम्परा तोड्ने कार्य साचालन गरेका हुन ।
Posted: November 8, 2009
तीन पुस्तादेखि कटुवाल पेशामा लागेकाको अवस्था अझै दयनीय
तीन पुस्तादेखि कटुवाल पेशामा लागेका बागलुङको बोहोरागाउँको एक दलित परिवारको अवस्था अहिले पनि दयनीय रहेको छ । बोहोरागाउ गाविस-१ मा विगत ७ वर्षदेखि कटुवालको काम गर्दै आएका भएका ६४ वर्षिय चाउरे विश्वकर्माले कटुवालहरुलाई तलवको व्यवस्था गर्नु पर्ने माग गरेका छन् ।
Posted: November 6, 2009
दलित युवतीलाई जबर्जस्ती गर्भपतन गराएर प्रेमी भागे
दलित युवतीलाई करणी गरेर जबर्जस्ती गर्भपतन गराई एक गैरदलित युवक बेपत्ता भएका छन् । पीडित युवती न्यायको खोजीमा सदरमुकाममा भौंतारिइरहेकी छिन् ।
Posted: November 6, 2009
दलितलाई कुटपीट
नेवारको घरमा दलित पसेको भन्दै हिजो संखुवासभाको स्यावुन ९ का लोकवहादुर विक कुटिएका छन । आफनो घरमा पसेको भन्दै विकलाई स्यावुन गाविस ७ का टंकवहादुर श्रेष्ठ र रमेश श्रेष्ठले कुटपिट गरेका हुन ।
Posted: November 3, 2009
दलित गैर दलितबीचको झडपमा ९ घाइते
रुपन्देहीको बोधवार गाविसको पिपरहवामा उत्पत्ति भएको शिव लिङ्गगको विषयलाई लिएर दलित र गैर दलित बीच झडप हुंदा ९ जना घाइते भएका छन् ।
Posted: October 20, 2009
'पञ्चायत’ले दियो मृत्युदण्ड: दलित युवालाई
कपिलवस्तु चम्डीका दलित युवा घानश्याम कुवारालाई कथ्ाित पञ्चायतले चोरीको आरोपमा कब्जामा लियो, अनुसन्धान गर्‍यो, मृत्युदण्डको फैसला सुनायो र ढुंगा र दाउराले कुटीकुटी मार्‍यो, उजुरी परेपछि सारा पञ्च फरार छन् ।
Posted: October 27, 2009
एक लाख पुरस्कार होईन उल्टै जरिवाना
सरकारले दलित बिहे गर्नेलाई एक लाख पुरस्कार दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने दैलेखका एक दलित युवाको परिवारले ६० हजार जरिवाना तिर्नु पर्‍यो, बेहुली खोसिइन् र बेहुला बेपत्ता छन् ।
Posted: October 25, 2009
दलित अधिकार स्थापित गर्नका लागि संविधानसभाको रोष्टम घेर्न समेत तयार
सामान्य प्रशासन राज्यमन्त्री जितु गौतमले जनताको प्रतिनिधित्वमा बनेको सरकार दलित लगायतका उत्पीडित जनताको पक्षधर भए पनि सबै समस्या सरकार एक्लैको प्रयासमा समाधान हुन नसक्ने बताउनु भएको छ ।
Posted: September 3, 2009
‘संघीयतामा दलित’ नामक पुस्तक विमोचन तथा ‘संघीय व्यवस्थामा दलितको स्थान’ विषयक अर्न्तकृया कार्यक्रम सम्पन्न
“समानता र सहअस्तित्वको व्यवहार, संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार” भन्ने मुल नाराका साथ दलित सेवा संघको आयोजनामा ‘संघीयतामा दलित’ नामक पुस्तक विमोचन तथा ‘संघीय व्यवस्थामा दलितको स्थान’ विषयक एक दिने अर्न्तकृया कार्यक्रम राजधानीमा आज सम्पन्न भएको छ।
Posted: August 25, 2009
डिएनएबाट नाता कायम गर्न आदेश
सिन्धुपाल्चोक जिल्ला अदालतले नाता कायमसम्बन्धी एक मुद्दामा पहिलोपटक डिएनए परीक्षणको आदेश दिएको छ । दलित विधवा आमाबाट जन्मेका एक युवकले बाबु-छोराको नाता कायम गर्न माग दाबी गर्दै दिएको मुद्दामा अन्तिम फैसला सुनाउनुअघि अदालतले यो आदेश दिएको हो ।
Posted: August 25, 2009
दलित वस्ती झलमल्ल
घर नजिकै केन्द्रीय विधुत लाईन आए पनि आर्थिक अभावकाकारण अध्यारोमा बस्तै आएका तेह्रथुम हमरजुङ्ग गाविसको दलित बस्तिमा जिविस स्थानीय विकास कोष र गाविसले हाउस वेयरिङ्ग गरी विधुत जडान गरिदिएपछी स्थानीय वासिन्दा हर्षित भएका छन् ।
Posted: August 5, 2009
गौरीकला स्मृती विद्या पुरस्कार यस पटक शेरबहादुर बिकलाई
२०६५ सालको नियमित एसएलसी परीक्षामा जिल्लाभरबाट दलित मध्ये सर्वाेत्कृष्ट अंक प्राप्त गरी प्रथम श्रॆणीमा उत्तीर्ण ज्वाला उच्च मावि बेस्तडाका शेरबहादुर बिकलाई रु। २ हजार १ रुपैंयाँको नगद तथा प्रमाण-पत्र सहितको गौरीकला स्मृती विद्या पुरस्कार प्रदान गरिने भएको छ । मजदूर र खेती किसानी गरेर जीविका गरिरहेका कट्टी गाविस वडा नं २ दैलेखका आइते बिश्वकर्माका छोरा शेरबहादुर बिकले ज्वाला उच्च मावि बेस्तडाबाट २०६५ सालको नियमित एसएलसी परीक्षामा सामेल भई दलित मध्ये सर्वाधिक बढी ५६८ अंक प्राप्त गरी उत्तीर्ण भएका ह
Posted: August 5, 2009
दलित बस्तीमा खानेपानीको समस्या
झाडापखालाबाट मृत्यु हुनेहरुको तथ्याङ्कमा पनि दलित एवं पिछडिएका वर्गहरु नै बढि देखिएका छन् ।
Posted: August 2, 2009
पत्रकार परियार लोहनी स्मृति पुरस्कारद्वारा सम्मानित
कान्तिपुर टेलिभिजनले स्वर्गीय इन्द्र लोहनी स्मृति पुरस्कारको स्थापना गर्दै यसवर्ष उक्त पुरस्कार टेलिभिजनका पत्रकार प्रकाशचन्द्र परियारलाई प्रदान गरेको छ ।
Posted: July 18, 2009
जिविसको सिफारिश अस्विकार
जिल्ला विकाश समितिले दलित समुदाय प्रमाणिकरण गरेको सिफारिस पत्र ि।पि।sाे।स्वा।वि।प्रतिष्ठानले अस्विकार गर्दा दलित विद्यार्थीहरुलाई स्टाफ नस्रको प्रवेश फारम भर्न समस्या परेको छ ।
Posted: July 18, 2009
दलित महिला समावेशीका सवालमा छलफल
राज्यको पुर्नरंरचना र सत्तामा दलित महिला समावेशीका सवाललाई कसरी व्यापक बनाउन र नयाँ नेपालमा समेट्न सकिन्छ भन्ने विषयमा नेपाल दलित महिला उत्थान संघ र दलित कल्याण संघले काठमाडौमा एक कार्यक्र्रम आयोजना गर्यो ।
Posted: July 16, 2009
पानी छुँदा कुट्नेलाई ६ महिना कैद
पानी छोएको निहुँमा दलितलाई कुटपिट गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले कथित उपल्ला जातिका दुई युवकलाई ६/६ महिना कैद फैसला गरेको छ । मनहरि गाविस ७ का ३८ वषर्ीय जितबहादुर सुनारलाई स्थानीय १९ वषर्ीय शिव गिरी र १८ वषर्ीय हिमाल गिरीले कुटपिट गरेकामा जिल्ला न्यायाधीश बालचन्द्र शर्माको इजलासले उक्त सजाय तोकेको हो ।
Posted: July 14, 2009
गिरी दाजु भाईलाई जेल सजाय
मकवानपुर जिल्ला अदालतले त्यहाँका २ गैर दलितलाई ६ महिनाको जेल सजाय तोकेको छ । शिव गिरी र उनका भाई हिमाल गिरीलाई आफ्नै गाँउका जितबहादुर सुनारलाई दलित भनि कुटपिट गरेको अभियोगमा उनीहरुलाई जेल सजाय तोकिएको हो ।
Posted: July 14, 2009
दलितको अवस्था विश्लेषण
सुनसरीको सिगियामा मगलवार देखि दलितहरुको अवस्था विश्लेषण गरिएको छ । सिगिया गाविस र दलित समन्वय समिति सिगियाले सो विश्लेषण गरिएको हो ।
Posted: July 14, 2009
सभासदका भाईले फेरी कुटे दलितलाई(JMC)
डोटीवाट निर्वाचित सभासद हर्क बहादुर िसंहका भाईले एक दलित परिवारलाई कुटपिट गरी घर निकाला गरेका छ । डोटीको लामिखाल गाविस ७ तलारा घर भएका ३२ वर्षिया श्याम ओडका परिवार लाई जौद ढोग नभनेका कारण घर निकाला गरेको हो । बुधबार दिउसो २ बजे छिमेकी करी ओडको खेतमा रोपाई गरि रहेका बेला अत्यधिक मदिरा सेवनले मातेका डम्मर िसंहले आफुलाई गाउको राजा नमानेको र नढोगेको भन्दै कोदालोले टाउकोमा हिर्काएको सदरमुकाम सिलगढी पुगॆका पिडित श्यामले बताए ।
Posted: July 14, 2009
अन्तरजातीय जोडी घर छिर्न पाएन
तल्लो जातकी केटीसँग विवाह गरेको भन्दै रौतहट दिपही- ५ का सिकिन्दरप्रसाद साहलाई परिवारले घर प्रवेशमा रोक लगाएको छ । गत वैशाखमा दीपहीकै अन्जुकुमारी महरा चमारसँग अन्तरजातीय विवाह गरेका सिकिन्दरदम्पतीलाई परिवारले घरमा प्रवेश गर्न नदिएको हो ।
Posted: July 13, 2009
दलित बस्तीबाटै पहिलो एसएलसी
पर्वत, रानीपानी-६ स्थित दलित बस्तीबाट पहिलोपटक एकजनाले एसएलसी उत्तीर्ण गरेका छन् । ३५ घरधुरी रहेको बस्तीबाट २१ वषर्ीया यामकला परियार एसएलसी उत्तीर्ण गरेपछि सबैमा खुसी छाएको छ । जितबहादुर परियार र चन्द्रकलाकी जेठी छोरी यामकलाले नेपाल तारा उच्च माविबाट द्वितीय श्रेणीमा एसएलसी गरेकी हुन् ।
Posted: July 13, 2009
दलित उत्थानको वजेट बाटो निर्माणमा दलितद्धारा आपत्ती
सुनसरी असार २३- सुनसरीको हासपोसका दलितहरुले दलित उत्थानका लागि विनियोजन गरेको रकम वाटो निमार्णका लागि छुटाएको भन्दै आपती जनाएका छन । गाविस सम्यन्त्रको २० गते वसेको वैठकले दलित उत्थानको वजेट वाटो वनाउन प्रयोग गर्नेे निर्णय गर।े पछि उनीहरुले आपती जनाएका हुन । हासपोसा गाविसले दलित उत्थानका लागि तीस हजार वजेट विनियोजन गरेको छ । सो गाविसका आठ वटा दलित आवद्ध सघ सस्थाले मगंलवार गाविसमा ज्ञापन पत्र वुझाउदै दलित उत्थानका लागि आएको वजेट सोही शिर्षकमा खर्च गरिनु पर्ने माग राखेका छन ।
Posted: July 7, 2009
दलित परिवारलाई गाउँ निकाला
बाजुरा बाजुरा जिल्लाको विकट रुगिन गविस वडा नं। फैतीका २७ घर दलित वपरिवार गाँउबाट लखेटिएका छन् । ढिलो गरी प्राप्त समाचार अनुसार यही असार १३ गते स्थानीय अजबहादुर मल्लका छोराको विवाहमा दलितहरुको भाँडा नमाझेको रिसमा वडा नं। का मंगलबहादुर मल्ल शराबहादुर मल्ल धरमबहादुर मल्ल थिर मल्ललगायतका मल्ल समुदायले दलितहरुले हलिया मुक्तको फार किन भरेको भनेर गाली गर्दै असार १६ गते गाँउबाट लखेटेको पीडितहरुले बताए ।
Posted: July 5, 2009
दलितमिडियाहोमको नयाँ संरचना सुभारम्भ
सन २००६ जुलाई ०३ यसै दिनदेखी साचालनमा आएको नेपालको जेठो दलित अनलाईन ब्लग दलितमिडियाहोम डट कमले तेश्रो वर्ष पार गरी चौथो वर्ष प्रवेश गरेको अवसरमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफनो नयाँ संस्करणको अनावरण सहित संचालनमा ल्याएको छ ।
Posted: July 3, 2009
दलित अधिकारकर्मिहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए
नेपालका दलितहरुको मानवअधिकारको अवस्थाको अवलोकन गरी अव वन्ने नयाँ संविधानमा दलित अधिकार सुनिश्चित गराउन अन्तराष्ट्रिय स्तरबाट अवलोकन गर्ने उद्धेश्यका साथ अन्तराष्ट्रिय दलित अधिकार आयोग तथा अमेरिकन युनिभरसिटी संयुत्ाु टोलीले आज प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी ज्ञापन पत्र बुझाएको छ ।
Posted: July 2, 2009
पन्ध्र हजारमा दलित गाँउनै बन्धकी
सुनसरी १३ असार- आफूलाई पैसाको खाँचो परेपछि सुनसरीको लौकहीको एक मरिक समुदायका अगुवाले अर्को समुदायका अगुवालाई गाउँ नै बन्धकीमा राख्ने गरेका छन् । आफ्ना समुदायका गाउँलेलाई जानकारी नै नदिई गाउँ नै त्यसरी बन्धकी राखिने गरिएको हो । हालैमात्र सुनसरीको लौकही गाविसमा रहेको एउटा मरिक समुदायका अगुवा दुखी मरिकले आफ्नो स्वामित्वमा रहेको गाउँ अर्का समुदायका विन्देश्वरी मरिकलाई पन्ध्र हजार रुपियाँमा बन्धकी राखेका छन् । गत असार ८ गते उनले आफ्नो गाउँ बन्धकी राखेका हुन् ।
Posted: June 27, 2009
आठ वुदे घोषणा पत्र जारी गदै सुनसरीको इनरुवामा वृहत दलित भेला सम्पन्न
सुनसरीको सदरमुकाम ईनरुवामा आठ बुदे इनरुवा घोषणापत्र जारी गर्दै विहीवार बृहत दलित भेला सम्पन्न भएको छ । घोषणा पत्रमा नयाँ संविधानमा दलित अधिकारको ग्यारेन्टि गर्नुपर्ने राज्यको हरेक अंगमा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने दलितलाइ उच्चशिक्षा निशुल्क हुनुपर्ने कुल बजेटको पाँच प्रतिशत दलितको बिकासमा खर्च गर्नु पर्ने लगायत रहेको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै दलित बर्ग उत्थान विकास समितीका राष्ट्रिय निर्देशक प्रभुहजारा पासवानले संबैधानीक अधिकारको ग्यारेन्टि नभए सम्म दलितले मुक्ति नपाउने बताउनु
Posted: June 26, 2009
दलित महिलालाई दिसा कोच्याउने हेडमास्टर्नी अभिनन्दित
बोक्सीको आरोपमा दलित महिलालाई दिसा कोच्याउने प्रधानाध्यापिका विमला गोलेलाई ललितपुर प्युटारवासीले फूलमालाले स्वागत गरेका छन् । चार दिन प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएकी विमलालाई निर्दोष भन्दै गाउँवासीले अभिनन्दन गरेका हुन् ।
Posted: June 26, 2009
दलित र प्रहरीबिच झडप प्रहरी सहित १२ घाइते ३ अधिकारकर्मी सहित दश गिरफ्तार
बागलुङ, ८ असार- प्रहरीले कुटपीट गरॆको बिरोधमा बागलुङ जिल्लाका दलितहरुले आज बागलुङ बजार बन्दको आह्वान गरेपछि प्रहरी र बन्दकर्ताबिचमा झडप हुदाँ ३ दलित सहित १२ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङमा हिजो अन्तरजातिय बिवाहको बिषयमा छलफल हुदै गर्दा प्रहरीले हस्तक्षेप गरी कुटपीट गरी बागलुङका ४ दलित अधिकारकर्मीहरु घाइते भएपछि बिरौधमा दलितहरुले आज बन्दको आह्वान गरेका थिए ।
Posted: June 22, 2009
सहिद सेतु बिकको शालिक तोडफोड भएको एक महिना पुग्यो पुननिर्माणमा कसैको चासो गएन
नेपालगन्ज २ असार- जनआन्दोलन ०६२÷६३ की शहिद सेतु विकको शालिक तोडफोड र आगजनिपछि क्षेतिग्रस्त भएको एक महिना पुगेपनि पुननिर्माणमा भने कसैले चासो दिएका छैनन ।
Posted: June 15, 2009
माइन बिष्फोटमा घाइते विकको मृत्यु
दाङको लमहीस्थित अर्जुन खोलामा रहेको नेपाली सेनाको बेश क्याम्पले बिच्छाएको माइनमा परी आज बिहान घाईते भएका एक युवकको मृत्यु भएको छ । माईन विष्फोटनमा परी घाइते भएका बर्दिया जिल्लाका गोपाल बिकलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाहिर रिफर गरीएको थियो । उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Posted: June 15, 2009
दतिलद्वारा विद्यालयमा तालाबन्दी
सुनसरीको भर।ैलको महेन्द्र माविमा दलित अभिभावकहरुले तालावन्दी गरेका छन । विधालयमा दलित छात्रवृद्धि समयमा वितरण नगरेको नियमित पढाइ सुचारु गर्नु पर्ने लगायतका मागहरु राखेर दलितहरुले तालावन्दी गरेको स्थानिय कुमारी विश्वकर्माले वताउनु भयो ु ।
Posted: June 15, 2009
दलन अन्तर्राष्ट्रिय अवार्डमा
टेलिशृंखला 'दलन' बेलायतस्थित वन वल्र्ड मिडिया ट्रष्टको स्पेसल अवार्डको सर्ट लिस्टमा परेको छ । ट्रस्टले मिडिया सम्बन्धी विश्वभरका १२ क्षेत्रमा अवार्ड प्रदान गर्दै आएको छ ।
Posted: June 14, 2009
रुपलाल विश्वकर्माको जीवनीमाथि छलफल
दलित साहित्यकारहरुको साझा संगठन नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले साहित्यकार तथा राजनीतिज्ञ रणेन्द्र वरालीद्धारा लिखित ूइतिहासको एक पैकाू को यही शुक्रबार राजधानीमा समिक्षात्मक छलफल गरेकेा छ । संवैधानिक संवाद केन्द्र बानेश्वरमा भएकेा उक्त कार्यक्रममा उपन्यासका मुख्य पात्र रुपलाल विश्वकर्माका समकालिन दलित तथा गैरदलित ब्यक्ति तथा साहित्यकारहरुले रुपलालले कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान र उनको पतनको कारणबारे उपन्यासले प्रशस्तरुपमा पस्कने जमर्को गरेको बताएका थिए ।
Posted: June 12, 2009
दलितका लागि बजेट हात्तीका मुखमा जिराः परियार
जेष्ठ-२९ दलित वर्ग उत्थान जिल्ला समन्वय समिति सुनसरीका उपाध्यक्ष नारायण परियारले सरकारले दलित उत्थानका लागि कम वजेट छुटयाएको वताउनु भएको छ । सरकारले वजेट त छुट्यायो तर समग्र सुनसरीम्ाा दलितहरुको सख्या हेर्ने हो भने त्यो हातीका मुखमा जिरा मात्रै भएको उहाँले वताउनु भएको छ । सुनसरीमा मात्रै होइन यो देस भरीकै दलितहरुका लागि वजेट कम भएको गुनासो गर्नु भयो । सुनसरीको भरौलमा दलित अधिकारका लागि ३ दिने नेतृत्व विकास तालिममा उहाले सो कुरा वताउनु भएको हो । उहाले साच्चै दलितको उत्थान र विकास गर्ने हो भने सर
Posted: June 12, 2009
दलित बुहारी भित्रयाउन अस्वीकार
दलित भएकै कारण बुहारीलाइ घर भित्रयाउन अस्वीकार गरीरहेका मधेसी जनअधिकार फोरमका इलाका सचिव रामगोपाल तमौलीको परिवार घरमा ताला लगाएर भागेका छन । बुहारी संगिता बस्फोरलाइ घर भित्रयाउन जेठ १९गते मानवअधिकारबादीको टोली गाउका अगुवा र प्रहरी घर आउने थाहा पाएपछि तमौलीका परिवार भागेका हुन । शमशेरगंज गाबिस वडानं२ अकलघरुवा निवासी नेता तमौलीका छोरा सोनी तमौली ले वडानं ४चौधरीया गाउकी सगितासगं प्रेम बिबाह गरेपनि दुइ साता बितिसक्दा पनि तमौलीका परिवारले बुहारी भित्रयाउन मानेका छैनन
Posted: June 11, 2009
नागरिक सर्वोच्चताका लागि चक्का जाम
जेष्ठ २८- माओवादी निकट दलित मुक्ति मोर्चाले नागरीक सर्वोच्चताको माग राख्दै आज सुनसरीमा दुइ घण्टा चक्का जाम गरेको छ । मोर्चाले राष्ट्रपतिको कदम सच्याउनु पर्ने र भारतले सीमा मिचेको विरोधमा बिहान १० बजे देखि १२ बजे सम्म चक्का जाम गरेको हो । चक्का जामका कारण सवारीका साधन चल्न सकेनन् ।
Posted: June 11, 2009
दलितका लागि बजेट विनियोजन नगरेको भन्दै ताला
जेष्ठ २८- दलित संघ-संगठनका लागि बजेट बिनियोजन नगरेका भन्दै उदयपुरका १६ वटा दलित संघ संगठनले आज हुने भनिएको दोस्रो जिल्ला परिषद स्थगित गर्न माग गर्दै मुल गेटमा तालाबन्दी गरेका छन् ।
Posted: June 11, 2009
बिमला (लामा )गोले पक्राउ
ललितपुर प्युटार-७ की कल्लिकुमारी विकलाई बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै दिसा समेत खुवाउने शिक्षिका विमला लामा गोले आज ललितपुरबाट पक्राउ परेकी छन् । ८२ दिनपछि घटनाकी प्रमुख दोषी पक्राउ परेकी हुन् ।
Posted: June 10, 2009
कल्लीकुमारी घर फर्किइन्
मधु शाही समुन्द्री ललितपुर, बोक्सीको आरोपमा दिसा खुवाइएकी प्युटार-८ ललितपुरकी कल्ली कुमारीलाई दुई महिनापछि राष्ट्रिय मानवअधिकार आयोगले आपनै घरमा पुनःस्थापना गरेको छ ।
Posted: May 19, 2009
Supporters / Sponsors :