Showing All News |
||
| खुंग्रीमा दलित भेला स्थानीय समस्याहरू सम्बोधन गर्नका लागि जिल्लाका दलितहरू संगठन विस्तारतिर लागेका छन् । गाउँगाउँमा भएका दलित अगुवाले जातीय संगठन बढाउन थालेका हुन् । यससम्बन्धी भेला जिल्लाको खुंग्रीमा अघिल्लो साता सकिएको छ । खुंग्रीका २, ३, ४ र ५ वडाका दलितको संयुक्त भेलाले त्रिपुरेश्वर दलित समूह गठन गरेको हो । Posted: March 8, 2010 | Category: दलित समाचार दलितद्वारा धर्ना छुवाछूतविरुद्धको मुद्दा प्रहरीले दर्ता नगरेको भन्दै दलित समुदायका अगुवालगायत दलित अधिकारमा कार्यरत स्थानीय गैससहरूले सोमबार २ घन्टा जिल्ला प्रहरीमा धर्ना दिएका छन् । Posted: March 8, 2010 | Category: दलित समाचार दलित कुट्नेलाई ३० हजार जरिवाना पानी छोएको निहुँमा दलित बालिका कुट्ने शारदा बतासे-५ की अनिता थापाले ३० हजार जरिवाना तिरेकी छिन् । आइतबार जिल्ला प्रहरी कार्यालयमा अनिताले पीडित बालिका शारदा बतासे-७ की पार्वती विकलाई क्षतिपूर्तिस्वरूप ३० हजार बुझाएकी हुन् । Posted: March 8, 2010 | Category: दलित समाचार भूमिहीन दलितलाई च्याउखेती गर्न कृषि कार्यालयद्वारा सहयोग नवलपरासीको पाल्ही गाविसका भूमिहीन दलितका लागि च्याउखेती गर्न जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्नेभएको छ । Posted: March 8, 2010 | Category: दलित समाचार पानीको निहुँमा ज्यान गयो मोरंग जिल्लाको लेटाङ २ मा कुटपीटवाट एकजनाको ज्यान गएको छ । हिजो दिउसो १२ वजे लेटाङ २ मा सार्वजनीक धारामा पानी लीने विषयमा सामान्य विवाद हुदा मीठुमाया विकको कुटाईवाट लेटाङ २ कै टिका विकको ज्यान गएको हो ा Posted: March 8, 2010 | Category: दलित समाचार दलित प्रअ नियुक्ती गरिएको भन्दै माओवादीद्वारा आपत्ति विद्यालयमा दलित जातिबाट प्रधानाध्यापक नियुक्ति गरिएको प्रति माओवादीले आपत्ति जनाएको भन्दै जिल्लास्थित दलित संघ संस्थाले विरोध जनाएका छन् । Posted: March 3, 2010 | Category: दलित समाचार मृत भेटिएकी महिला दलित अर्धनग्न अवस्थामा मृत फेला परेकी महिला सिन्धुपाल्चोकको पीपलडाँडा गाविस घर भई भक्तपुर सूर्यबिनायकमा बस्दै आएकी ३० वर्षीया सावित्री वि.क. रहेकी उनकी बहिनी तारा वि.क.ले जाहेरी दिएकी छिन्। Posted: March 3, 2010 | Category: दलित समाचार दूध चुस्दा चुस्दै बिहे विवाहका लागि केटाकेटीको उमेर कति वर्षको हुनुपर्छ ? १८ वा त्योभन्दा माथि । यो नेपालको मुलुकी ऐनले नै किटानी गरेको छ । उमेर नपुगी वा केटाकेटीको स्वीकृतिबेगर बिहे गराए कानुनी कारबाही हुने छ । अझ नाबालक बिहेको त अरु बढी कारबाही होला । तर रौटहतका केही गाउँमा दूधे बालकको नै बिहे हुन्छ । Posted: February 26, 2010 | Category: दलित समाचार 'मैले छोएको पानी चलेन': नायिका विद्या कार्की चरित्र अभिनेत्री विद्या कार्की केही महिनाअघि काठमाडौंको इन्द्रायणी गाविसमा चलचित्र सुटिङको क्रममा पुगेकी थिइन् । उनी पँधेरोनजिक बाटोमा बसेकी थिइन् । पँधेरोबाट पानी बोकेर आएका केही महिला 'यी कमिनीले छोलिन् है' भन्दै तर्किएर हिँडे । केही क्षणमा चारजना महिला आएर बाटोमा पानी छुन खोज्ने भन्दै गाली मात्र गरेनन्, 'टेलिभिजनमार्फ छुवाछुत हुँदैन भनेर उच्च जातकी बुहारी घरमा भित्र्याउने यो कमिनी बूढीलाई छाड्नु हुँदैन' भन्दै विद्याको कपाल जगल्टयाए । उनीहरूले कुटपिटसमेत गरे । Posted: February 24, 2010 | Category: दलित समाचार दलित समुदायको अभिमुखिकरण गोष्ठी सम्पन्न गैरसरकारी संस्था महासंघ बागलुङको अयोजनामा मंगलबार बागलुङमा भएको सामाजिक आर्थिक क्षेत्रमा गरिब र दलित समुदायको पहुँचमा सुधार विषयक १ दिने अभिमुखिकरण गोष्ठीमा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी भरत पौडेलले सामाजिक परिवर्तनका लागि सामन्ती सोंचमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । Posted: February 24, 2010 | Category: दलित समाचार दलित सभासद् मञ्चको कार्यक्रम समावेशी लाकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता र समतामूलक समाजको स्थापनाका लागि नयाँ संविधानमा दलित अधिकार सुनिश्चित गर्न ‘दलित सभासद् मञ्च’ले साझा कार्यक्रम सार्वजनिक गरेको छ । Posted: February 23, 2010 | Category: दलित समाचार बालिका बलि दिएको स्वीकार रुपन्देही मझगाउँमा घाँटी रेटी हत्या गरिएकी दलित परिवारकी आठ वर्षीया मनिषा हरिजनलाई आफूले इँट्टाभट्टामा बलि दिएको आरोपी नेवास पालले स्वीकार गरेका छन्। Posted: February 23, 2010 | Category: दलित समाचार भगत सर्वजीत दलित गणराज्य सम्भावना र औचित्य विषयक गोष्ठी सम्पन्न धवलागिरी दलित समुदायको संजालले स्थानिय स्वाशासन सहितको भगत सर्वजीत दलित गणराज्य घोषणाको औचित्य सम्बन्धमा पर्वत जिल्लाको सदरमुकाममा धवलागीरी दलित संजालको आयोजनामा विभिन्न राजनैतिक दल दलित अधिकारकर्मी नागरिक समाजका प्रतिनिधि पत्रकारहरुको सहभागितामा एक दिवशिय विचार गोष्ठि सम्पन्न भएको छ । विचारगोष्ठिका सहभागिहरुले यदी सवै जातजातिले जातीय राज्यको Posted: February 9, 2010 | Category: दलित समाचार आमन्त्रण: वृहत अन्तर्क्रिया कार्यक्रममा “संविधानसभा, व्यवस्थापिका–संसदमा प्रस्तुत जातीय भेदभाव र छुवाछूत (कसुर र सजाय) सम्बन्धी विधेयक–२०६६ माथि आवश्यक संशोधन” विषयक वृहत अन्तर्क्रिया कार्यक्रम मिति : २०६६ माघ २४ गते आइतबार समय : दिनको १२:३० बजे स्थान : राष्ट्रिय सभागृह, भृकुटीमण्डप, काठमाडौ Posted: February 4, 2010 | Category: दलित समाचार प्रेस विज्ञप्ती देश संविधान सभाको चुनाव सम्पन्न पश्चात नया संविधान बनाउनदै छ र अन्तिम चरणमा पुगिसकेको छ । सरकारले राज्यलाई छुवाछूत मुक्त तथा धर्म निरपेक्ष राष्ट घोषण गरिसकेको छ । बर्तमान सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई पुरस्कार समेत दिने निर्णय गरेको छ । Posted: February 4, 2010 | Category: दलित समाचार दलित र महिला आन्दोलन संगै जानुपर्छ - आचार्य संविधानसभा संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले दलित आन्दोलनले महिला आन्दोलनलाई समेत समेट्नुपर्ने बताउनुभएको छ । जागरण मिडिया सेन्टरले मंगलबार राजधानीमा आयोजना गरेको नयाँ संविधान र दलित अधिकार विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले दलितको हक, अधिकार सुनिश्चित गर्नका लागि सामाजिक मनस्थितिमा परिवर्तन गर्न जरुरी छ भन्नुभयो । Posted: January 27, 2010 | Category: दलित समाचार दलित अधिकारको पक्षमा दाहाल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलित अधिकार नयाँ संविधानमा सुनिश्चित गराउने दलितका मागलाई सम्बोधन गर्न छलफलका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रमा लैजाने प्रतिबद्धता जनाएका छन्। Posted: January 25, 2010 | Category: दलित समाचार अदालत, कति समावेशी ? राज्यका हरेक निकायमा समावेशी प्रतिनिधित्वको कुरा उठ्ने गरेको वर्षौं भइसक्यो । सरकारले कतिपय निकायमा महिला, दलित र पछि परेका अन्य समुदायका लागि निश्चित आरक्षणको व्यवस्था गरेको छ । तर, न्यायालयमा भने अझै समावेशी प्रतिनिधित्व हुन सकेको छैन । Posted: January 24, 2010 | Category: दलित समाचार दलित आयोगमा गैर दलित नियुक्त गरेकोमा- प्रेस विज्ञप्ती दलित समुदायको हक अधिकारको लागि काम गर्ने एक सरकारी निकाय राष्ट्रिय दलित आयोगद्वारा स्पष्ट किटान गरिएका दलित जातीबाट राष्ट्रिय दलित आयोगमा सदस्यको प्रतिनिधित्व हुनु पर्दछ भन्ने हामी दलित समुदायको माग र सरोकार हो । तर २०६६ पौष २२ गतेको मन्त्री परिषद्को निर्णयबाट गठन गरिएको राष्ट्रिय दलित आयोगको गठनले दलित समुदायको उपहास गरिएको छ । राष्ट्रिय दलित आयोगले सूचिकृत गरेकेा अनुसूचिमा नभएको ठाकुरलाई मन्त्री परिषद्ले नियुक्त गरेकेा छ । Posted: January 21, 2010 | Category: दलित समाचार आयोगमा नयाँ पदाधिकारीहरुको नियुक्ति यही असार १८ गते देखि राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन रहेको थियो । यसलाई अन्त्य गर्दै यही मिति २०६६ पौष २२ गते बसेको मन्त्री परिषद्को बैठकले आयोगलाई पदाधिकारी सम्पन्न गराएको छ । Posted: January 18, 2010 | Category: दलित समाचार धौलागिरी क्षेत्रलाई भगत सर्वजित उपगणराज्य घोषणा गरिने धौलागिरीको अंचल सदरमुकाम बागलुङ बजारमा जम्मा भएका धौलागिरी अंचलका दलितहरुले धौलागिरी अंचल स्तरिय एक भेलाले अधिकारकर्मी हिरा विश्वकर्माको प्रमुख आतिथ्यतामा अधिवक्ता यामबहादुर चर्मकारको अध्यक्षतामा यही २०६६ साल पौष १२ गते १७ सदस्यीय उत्पीडित दलित समुदायको संजाल धौलागिरीको तदर्थ समिति गठन गरेका छन । Posted: December 28, 2009 | Category: दलित समाचार बागलुङ, पर्वत र म्याग्दी जिल्लाको दलित समुदायका विकासका लागि कार्ययोजना निर्माण गोष्ठी सम्पन्न प्लान नेपालको सहयोग तथा दलित सशक्तिकरण केन्द्रबागलुङ राष्ट्रिय दलित विकास संस्था पर्वत तथा दलित जनसमाज नेपाल पर्वतको संयुक्त आयोजनामा सामाजिक समावेशीकरण तथा विभेदरिहत परियोजना बागलुङ अन्तरगत दलित बिकासका लागि कार्ययोजना निर्माण गोष्ठी यही मिति २०६६ साल पौष ९ गते होटल पिस प्यालेस बागलुङको सभाहलमा सम्पन्न भयो । Posted: December 28, 2009 | Category: दलित समाचार दलित बस्ती तरकारी खेतीमा रोल्पा । भारत गएर मजदुरी गर्ने छिवाङ गाविसको एक दलित बस्तीका दुई दर्जनभन्दा बढी परिवार गाउँमै फर्केर व्यावसायिक तरकारी खेतीमा लागेको छ । कम लगानीबाट पनि मनग्य फाइदा हुन थालेपछि छिवाङ-७ का फलामेढुङ्गाका २५ भन्दा बढी परिवारका दलितहरूले व्यावसायिक तरकारीखेती सुरु गरेका हुन् । पहिलो अन्नबालीको खेती गर्दा खान नपुग्ने भएकोले उनीहरू वषार्ँैदेखि मजदुरी गर्न सपरिवार भारत गएका थिए । सत्तरी परिवार रहेको फलामेढुङ्गाका २५ परिवार अघिल्लो दसैँमामात्र गाउँ फर्किएका हुन् । Posted: December 15, 2009 | Category: दलित समाचार दलित दम्पती न्याय माग्दै प्रशासनमा भक्तपुर, २०६६ मंसिर ३० - सरकारले दलित र गैरदलितबीचको विवाहलाई प्रोत्साहन गर्न एक लाख रुपैयाँ सहयोग गर्ने यसै वर्षको बजेटमार्फत घोषणा गरे पनि भक्तपुरमा एक जोडी विस्थापित भएका छन् । Posted: December 16, 2009 | Category: दलित समाचार अन्तरजातीय विवाह गर्ने जोडी गाउँनिकाला सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप १ लाख दिने व्यवस्था गरे पनि पश्चिम दैलेखमा अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनको साटो गाउँबाट निकाला गरिएको छ। Posted: December 15, 2009 | Category: दलित समाचार दलित युवतीलाई विवाहगरि केटो फ्रहार पाल्पा जिल्ला ताँहु गाविस वडा न ९ धोवादी घर भई तानसेन नगरपालिका वडा न।३ भिमसेनटोलमा डेरागरि बस्ने इश्वरी सुनारको छोरी बर्ष १८की मनिषा सुनारलाई गएको असार १८ गते प्रेम विवाह गरि तानसेनकै एक गैर दलित युवक हालै फ्रहार भएका छन्। Posted: December 14, 2009 | Category: दलित समाचार मैना सुनारकी आमाको प्रधानमन्त्रीलाई खुल्ला पत्र मेरो नाम देवी सुनार हो। म तत्कालीन शाही नेपाली सेनाद्धारा पाँच बर्षअघि निमर्मतापूर्वक मारिएकी पन्ध्र बषिर्य बालिका मैना सुनारकी आमा हुँ। मेरी छोरीको हत्याबारे तपाईलाई पक्कै पनि जानकारी छ होला। Posted: December 12, 2009 | Category: दलित समाचार बलत्कृत दलित महिलालाई गाउँ निकाला सप्तरी २५ मंसीर/ कथित उप्पलाजातका युवकबाट सर्वस्य लुटिएकी सप्तरी जगतपुर गाविस १की एक महिलालाई गाउँका पाचहरुले कुटपि गर्दै काम गर्न गएका उनका श्रीमान नआए सम्म गाउबाट निकाला गरेको छ । Posted: December 11, 2009 | Category: दलित समाचार नीजि घरमा सम्मानजनक प्रवेशका लागि हस्ताक्षर संकलन ६१ औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा दलित सेवा सघंले मानवअधिकार महाभेला भै रहेको स्थान नेपाल प्रज्ञा प्रतिष्ठानमा जातिय भेदभाव तथा छुवाछुत अपराध उन्मुलनका लागी ऐक्यबद्धता जाहेर गर्न बिहिबार हस्ताक्षर संकलन संकलन गरेको छ । Posted: December 10, 2009 | Category: दलित समाचार प्रेस विज्ञप्ति ६१ औ मानवअधिकार दिवसको अवसरमा आज डिसेम्वर १० तारिख २००९ दिन कोपेनहेगेन काठमाण्डौ र न्युयोर्क नेपालकॊ संविधानसभाले यस ऐतिहासिक अवसरलाई आत्मसात गर्दै दलित लगायत अन्य नागरिकको मानव अधिकार नयां संविधानले सुनिश्चित गर्नु पर्ने कुरा एक अन्र्तराष्टिय मानव अधिकार संजालले भनेको छ । Posted: December 10, 2009 | Category: दलित समाचार "अन्तरजातीय विवाह गर्ने संचारकर्मीलाई ज्यान मार्ने धम्की" समाचारका आरोपित लिलामणी घिमिरेले पठाउनु भएको खण्डन "अन्तरजातीय विवाह गर्ने संचारकर्मीलाई ज्यान मार्ने धम्की" समाचारका आरोपित लिलामणी घिमिरेले पठाउनु भएको खण्डन । सम्पादक ज्यू म गैह्र दलित भए पनि दलित अधिकारका लागि लामो समयदेखि लड्दै आएको ब्यक्ति हुँ । दलित मानव अधिकार संगठनको कार्य समिति सदस्यसमेत रहेर दलितहरुलाई अधिकारका लागि आन्दोलित गर्न मुलुकका विभिन्न भाग हिडेको छु । दलितलाई समाज, कानुन र धर्मले विभेद गरेकाले त्यसलाइ सुधार्नु पर्छ भनेर कलम चलाउने एक संचारकर्मी पनि हुँ । त्यससँगै अंतर जातीय विवाहको पक्षपति रुपमा उभ्याउदै आएको छु । मान Posted: December 6, 2009 | Category: दलित समाचार पर्वत दलित उत्थान समन्वय समितिको उपाध्यक्षमा नेपाली पर्वत मंसिर २० । जिल्ला विकास समिति मातहतको जिल्ला दलित उत्थान समन्वय समिति पर्वतको उपाध्यक्षमा नेपाली काँग्रेसका आमन्त्रित जिल्ला सदस्य जीत वहादुर नेपालीलाई स्थानीय विकास मन्त्रालयले मनोनयन गरेको छ । Posted: December 4, 2009 | Category: दलित समाचार अन्तरजातीय विवाह गर्ने संचारकर्मीलाई ज्यान मार्ने धम्की राष्ट्रिय दैनिक कान्तिपुरमा उपसम्पादकको रुपमा कार्यरत जेठादाई लिलानाथ घिमिरे र रेडियो सिन्धुलीगढीका प्राविधिक एवं कान्छा दाई लक्ष्मण घिमिरेले अन्तर जातीय विवाह गर्ने बहिनी गिता घिमिरे र ज्वाई राजन गाँउले विश्वकर्मालाई ईमेल तथा फोन मार्फत तत्काल जिल्ला छाड्न अन्यथा ज्यान मार्ने धम्कि दिएर मानसिक यातना दिएर सताई रहेको जानकारी पीडित जोडीले दिएका छन् । Posted: December 4, 2009 | Category: दलित समाचार दलितभित्रको आन्तरिक छुवाछुत अन्त्य गर्ने घोषणा बाग्लुङ/छिस्ती गाविसका दलित समुदायले संगठित हुँदै आन्तरिक छुवाछुतमुक्त गाउँ घोषणा गरेका छन् । छिस्तीको धुसेनीमा एक कार्यक्रमबीच सामूहिक रूपमा आन्तरिक छुवाछुतमुक्त गाउँ घोषणा गरेका हुन् । Posted: December 3, 2009 | Category: दलित समाचार डरले तनहुँका अन्तरजातीय जोडीको बाग्लुङमा बिहे बाग्लुङ, १८ मंसिर : प्रेमसम्बन्ध असफल हुने डरले तनहुँका एक जोडीले बिहीबार बाग्लुङ आई अन्तरजातीय विवाह गरेका छन् । तनहुँमा गाँसेको पिरतीलाई थुप्रेक-१ का सोमबहादुर विक र दुलेगौँडा-२ तनहुँकी अञ्जना खनालले बाग्लुङमा आई विवाह गरेका हुन् । उनीहरूबीच ६ वर्षदेखि प्रेमसम्बन्ध थियो । Posted: December 3, 2009 | Category: दलित समाचार एक सय ४० दलित बालबालिका पहिचानविहीन जाजरकोट/ विजय प्राथमिक विद्यालय स्याला जाजरकोटमा कक्षा पाँचमा अध्ययनरत छात्रा मीना १४ वर्षकी भइन् । उनलाई अहिलेसम्म आफ्नो थर के हो भन्ने पत्तो छैन । कसैले नाम सोध्यो भने उनी मीना मात्रै भन्छिन्, थर बताउन सक्दिनन् । उनको विद्यालयको रेकर्डमा समेत नाम मात्रै उल्लेख छ, थर छैन । Posted: November 30, 2009 | Category: दलित समाचार सीपमूलक व्यवसायबाट दलित महिला आर्थिक रुपमा आत्मनिर्भर पर्वत मंसिर १४ । छिमेकीको घरमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका दलित परिवारका महिलाहरु आयआर्जनको काममा लागेपछि आर्थिकरुपमा आत्मनिर्भर बन्न थालेका छन् । पर्वतको आर्थर गाविसका विपन्न दलित महिलाहरुले सीपमूलक व्यवसाय साचालन गरेर आयआर्जन गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । Posted: November 29, 2009 | Category: दलित समाचार नेपाल राष्ट्र बैंकले दलितलाई कोटा छुट्टाएन सरकारले दलित समुदायको विकाशका लागि साथै समुदायको हरेक क्षेत्रमा पहुच पुरयाउनका लागि समानुपातिक व्यवस्था गरेको छ ।दलित हरुको लागि विशेष व्यवस्था गरेको छ । तर सरकारका निकायहरुले कार्यन्यवनका लागि चासो देखाएको छैन । भर्खरै नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभागले नेपालगंज कार्यालयका लागि प्रशासन सेवा तर्फको सहायक द्वितिय श्रेणीका लागि चार पद खुलाएकोमा दलितलाई आरक्षण कोटा छुट्टाएको छैन् । Posted: November 27, 2009 | Category: दलित समाचार अन्तरजातीय विवाह गर्ने जोडीको समस्या कायमै दलित समुदायको मानिससँग अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि अन्तरजातीय विवाह गर्ने जोडीले विभिन्न सामाजिक समस्या भोग्ने क्रम रोकिएको छैन। Posted: November 25, 2009 | Category: दलित समाचार गुरुले दिएको यातनाबाट पीडित दलित छात्राको अवस्था चिन्ताजनक मुस्ताङ, मंसिर १० । शिक्षकलाई आमाबुवा पछिको दोस्रो अभिभावकका रुपमा चिनिन्छ । जसरी कुमालेले काँचो माटालाई आफूले चाहेअनुसारका भाँडाको रुप दिन्छ त्यसैगरी एउटा शिक्षकले पनि आलाकाँचा बालबालिकालाई देशले चाहेअनुसारका नागरिक उत्पादन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएकॊ हुन्छ । देशले चाहे अनुसारका व्यक्ति तयार पार्नका लागि ऊ वर्षाैंसम्म खटिइरहन्छ । Posted: November 25, 2009 | Category: दलित समाचार जीवन निखन्दै मुसहरहरू धानका बोराले भरिएका एक बथान बयलगाडा महाजन बस्तीतिर तेर्सिँदै गरेको बबिता सदाले आँखामा हत्केलाको छायाँ पारेर हेरिन् । माटोका तीन चम्कामा अड्याइएको सिल्बरे कराहीमा मुसुरोको माड उम्लिँदै थियो फुस्को (पराले झुपडी) अगाडि । सल्किँदै गरेका सिटा आगोमा झोस्दा उडेको फूलखरानी आधी मुसुरोको माडमा पर्यो र आधीजसो खरानीलेे ऋणले थिचिएको बबिताको कपाललाई सेताम्यै बनायो । खासमा हतार गर्दै थिइन् बबिता र गौरी महाजनको धान काट्न जानु छ आज । 'नत्र के खानु छ र बेलुकी र्फकेर,' उनी भन्दै थिइन् । २५ वर्षे जोबनमै शताब्दी उम Posted: November 24, 2009 | Category: दलित समाचार दलित र गैरदलितबीचको विवादका कारण चार वर्षदेखि मन्दिरमा ताला पर्वत/ हुवास गाविसस्थित एउटा मन्दिर दलित र गैरदलितबीचको विवादका कारण चार वर्षदेखि बन्द रहेको छ । स्थानीय दलित बालबालिकालाई मन्दिर प्रवेशमा रोक लगाएको विषयमा विवाद भएपछि मन्दिर बन्द भएको थियो । Posted: November 23, 2009 | Category: दलित समाचार Special provision for Dalit, marginalized communities in new constitution The parties have reached an agreement for special provision in the new constitution for special rights to Dalits and other marginalised ethnic communities. Posted: November 17, 2009 | Category: दलित समाचार दलित महिलाको बचत अभियान खोटाङ/ लफ्याङ गाविसका दलित महिला सीपमूलक आम्दानीले कमाएको रकम बचत गर्ने अभियानमा लागेका छन् । बेलाबेलामा पर्ने आर्थिक संकट टार्न उनीहरूले बचत गर्न थालेका हुन् । Posted: November 15, 2009 | Category: दलित समाचार गुल्मीका दलित विद्यार्थीलाई उच्च माविसम्म निःशुल्क शिक्षा गुल्मीका सरकारी विद्यालयहरुका दलित विद्यार्थीहरुले उच्च माविसम्म निःशुल्क शिक्षा अध्ययन गर्न पाउने भएका छन् । दलित विद्यार्थीहरुले यस अघि विद्यालयलाई तिरेको शुल्क पनि फिर्ता पाउने भएका छन् । Posted: November 12, 2009 | Category: दलित समाचार दलित छात्रवृत्तिको रकम प्रअको खल्तीमा दलित विद्यार्थीका लागि आएको दुई वर्षको छात्रवृत्ति रकम विद्यालयका प्रधान्ााध्यापकले दुरुपयोग गरेको खुलासा भएको छ । पर्वतको भोक्सिङ- ३ बाघमारामा रहेको शिवालय प्राविमा छात्रवृत्ति रकमबाट प्रअ दीपक मल्लले आफ्नै खल्ती भरेका हुन् । उनले आर्थिक वर्ष ०६४/६५ र ०६५/६६ मा विद्यालयका १६ जना दलित बालबालिकाका लागि आएको छात्रवृत्ति रकम वितरण नै नगरेको पाइएको छ । Posted: November 12, 2009 | Category: दलित समाचार दलित बस्तीका सबै निरक्षर गाउँमा चिठी/पत्र आउँदा हल्ला-खल्ला गर्दै चिठी पढ्ने मान्छेको खोजी हुन्छ, रोकाया गाउँमा । कारण, यस गाउँमा वृद्धदेखि बच्चासम्म सबै निरक्षर छन् । जाजरकोटको अति विकट रोकाया गाउँ- ७ धियारगाउँका २२ परिवार दलित (दमाईं) कसैले पनि अक्षर चिन्दैनन् । कतै सहीछाप गर्नुपर्यो भने औँठाछाप लगाउँछन् । Posted: November 12, 2009 | Category: दलित समाचार उत्कृष्ट टेलिभिजन पत्रकारिता पुरस्कार प्रकाशचन्द्र परियारलाई यस वर्षको उत्कृष्ट टेलिभिजन पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका वरिष्ठ उपसम्पादक प्रकाशचन्द्र परियारले प्राप्त गर्नु भएको छ । Posted: November 11, 2009 | Category: दलित समाचार बोक्सिको आरोपमा बृद्धा दलितलाई दिसा खुवाइयो बरियारपुर गाविसमा एक दलित बृद्धा महिलालाई बोक्सिको आरोपमा दिसा खुवाउँदै कुटपिट गरेका छन । Posted: November 10, 2009 | Category: दलित समाचार थरुहट र कोचिला राज्य हटाउन मोर्चाको माग सरकारले मधेशमा लागु गरेको एकीकृत सुरक्षा नीतिले माओवादीलाई दवाउने रणनीति लिएको हुदा त्यसको विरुद्ध तत्काल शसक्त आन्दोलन सुरु गर्ने निर्णय समेत गरेको सम्मेलन आयोजक समितिका ासंयोजक सुर्यनाथ यादवले जानकारी दिनुभयो । सम्मेलनले आर्थिक उत्पादन सम्बन्धको क्रान्तिकारी परिर्वतनसँगै क्रान्तिकारी भूमि सुधार लागू गरी सामन्तको जमिन बिना मुआब्जा कब्जा गरी भूमिहीन, दलित र सुकुम्बासीलाई निःशुल्क वितरण गर्ने नीति पास गरेको छ । Posted: November 10, 2009 | Category: दलित समाचार ६ सय मधेसी दलित फोरममा मधेसी दलित अधिकार संघर्ष समिति काठमाडांैका संयोजक चन्देश्वर खत्वेको नेतृत्वमा झापादेखि सर्लाहीसम्मका १० जिल्लामा ६ सय मधेसी दलित मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरेका छन् । Posted: November 10, 2009 | Category: दलित समाचार वादी वालवालिका शिक्षावाट वन्चित दाङ । जिम्मा लिने अभिभावक नभएको र आर्थिक अभावले वादि समुदायका अधिकांश वालवालिकाले पढ्न पाएका छैनन् । घोराहीको शिर्जनशील टोलका अधिकांश्ा वादी वालवालिका सडक र गल्लिमा कवाडि सामान वटुलेर समय विताउने गर्द छन् । त्यहाँ प्रतिपरिवार सरदर ५। ६ जना वालवालिका छन् । गरिवीका कारण एकातिर खान लगाउन समस्या छ अर्कातिर अधिकांश वालवालिका अभिभावक विहीन छन् । Posted: November 8, 2009 | Category: दलित समाचार दलित महिलाले आपसी छुवाछुत अन्त्य गर्न पर्वत । दलित समुदायमा विवाह व्रतवन्ध र मानिस मर्दासमेत रक्सी चढाउनेपरम्परा र दलितविच नै रहेको आन्तरिक छुवाछुत लगाएतका परम्परागत कार्य दलित आफैले तोडेका छन् । सामाजिक व्यवहार र संस्कृतीमा परिवर्तन नआउदा विकृति फैलिदै गएपछि सकरात्मक परिवर्तनका निम्ती पर्वतको दक्षिणी क्षेत्र भोर्ले गाविसका ३४ र ६ वडामा गठित महिला समुहका सदस्यले विकृति परम्परा तोड्ने कार्य साचालन गरेका हुन । Posted: November 8, 2009 | Category: दलित समाचार तीन पुस्तादेखि कटुवाल पेशामा लागेकाको अवस्था अझै दयनीय तीन पुस्तादेखि कटुवाल पेशामा लागेका बागलुङको बोहोरागाउँको एक दलित परिवारको अवस्था अहिले पनि दयनीय रहेको छ । बोहोरागाउ गाविस-१ मा विगत ७ वर्षदेखि कटुवालको काम गर्दै आएका भएका ६४ वर्षिय चाउरे विश्वकर्माले कटुवालहरुलाई तलवको व्यवस्था गर्नु पर्ने माग गरेका छन् । Posted: November 6, 2009 | Category: दलित समाचार दलित युवतीलाई जबर्जस्ती गर्भपतन गराएर प्रेमी भागे दलित युवतीलाई करणी गरेर जबर्जस्ती गर्भपतन गराई एक गैरदलित युवक बेपत्ता भएका छन् । पीडित युवती न्यायको खोजीमा सदरमुकाममा भौंतारिइरहेकी छिन् । Posted: November 6, 2009 | Category: दलित समाचार दलितलाई कुटपीट नेवारको घरमा दलित पसेको भन्दै हिजो संखुवासभाको स्यावुन ९ का लोकवहादुर विक कुटिएका छन । आफनो घरमा पसेको भन्दै विकलाई स्यावुन गाविस ७ का टंकवहादुर श्रेष्ठ र रमेश श्रेष्ठले कुटपिट गरेका हुन । Posted: November 3, 2009 | Category: दलित समाचार दलित गैर दलितबीचको झडपमा ९ घाइते रुपन्देहीको बोधवार गाविसको पिपरहवामा उत्पत्ति भएको शिव लिङ्गगको विषयलाई लिएर दलित र गैर दलित बीच झडप हुंदा ९ जना घाइते भएका छन् । Posted: October 20, 2009 | Category: दलित समाचार 'पञ्चायत’ले दियो मृत्युदण्ड: दलित युवालाई कपिलवस्तु चम्डीका दलित युवा घानश्याम कुवारालाई कथ्ाित पञ्चायतले चोरीको आरोपमा कब्जामा लियो, अनुसन्धान गर्यो, मृत्युदण्डको फैसला सुनायो र ढुंगा र दाउराले कुटीकुटी मार्यो, उजुरी परेपछि सारा पञ्च फरार छन् । Posted: October 27, 2009 | Category: दलित समाचार एक लाख पुरस्कार होईन उल्टै जरिवाना सरकारले दलित बिहे गर्नेलाई एक लाख पुरस्कार दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने दैलेखका एक दलित युवाको परिवारले ६० हजार जरिवाना तिर्नु पर्यो, बेहुली खोसिइन् र बेहुला बेपत्ता छन् । Posted: October 25, 2009 | Category: दलित समाचार दलित अधिकार स्थापित गर्नका लागि संविधानसभाको रोष्टम घेर्न समेत तयार सामान्य प्रशासन राज्यमन्त्री जितु गौतमले जनताको प्रतिनिधित्वमा बनेको सरकार दलित लगायतका उत्पीडित जनताको पक्षधर भए पनि सबै समस्या सरकार एक्लैको प्रयासमा समाधान हुन नसक्ने बताउनु भएको छ । Posted: September 3, 2009 | Category: दलित समाचार ‘संघीयतामा दलित’ नामक पुस्तक विमोचन तथा ‘संघीय व्यवस्थामा दलितको स्थान’ विषयक अर्न्तकृया कार्यक्रम सम्पन्न “समानता र सहअस्तित्वको व्यवहार, संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार” भन्ने मुल नाराका साथ दलित सेवा संघको आयोजनामा ‘संघीयतामा दलित’ नामक पुस्तक विमोचन तथा ‘संघीय व्यवस्थामा दलितको स्थान’ विषयक एक दिने अर्न्तकृया कार्यक्रम राजधानीमा आज सम्पन्न भएको छ। Posted: August 25, 2009 | Category: दलित समाचार डिएनएबाट नाता कायम गर्न आदेश सिन्धुपाल्चोक जिल्ला अदालतले नाता कायमसम्बन्धी एक मुद्दामा पहिलोपटक डिएनए परीक्षणको आदेश दिएको छ । दलित विधवा आमाबाट जन्मेका एक युवकले बाबु-छोराको नाता कायम गर्न माग दाबी गर्दै दिएको मुद्दामा अन्तिम फैसला सुनाउनुअघि अदालतले यो आदेश दिएको हो । Posted: August 25, 2009 | Category: दलित समाचार दलित वस्ती झलमल्ल घर नजिकै केन्द्रीय विधुत लाईन आए पनि आर्थिक अभावकाकारण अध्यारोमा बस्तै आएका तेह्रथुम हमरजुङ्ग गाविसको दलित बस्तिमा जिविस स्थानीय विकास कोष र गाविसले हाउस वेयरिङ्ग गरी विधुत जडान गरिदिएपछी स्थानीय वासिन्दा हर्षित भएका छन् । Posted: August 5, 2009 | Category: दलित समाचार गौरीकला स्मृती विद्या पुरस्कार यस पटक शेरबहादुर बिकलाई २०६५ सालको नियमित एसएलसी परीक्षामा जिल्लाभरबाट दलित मध्ये सर्वाेत्कृष्ट अंक प्राप्त गरी प्रथम श्रॆणीमा उत्तीर्ण ज्वाला उच्च मावि बेस्तडाका शेरबहादुर बिकलाई रु। २ हजार १ रुपैंयाँको नगद तथा प्रमाण-पत्र सहितको गौरीकला स्मृती विद्या पुरस्कार प्रदान गरिने भएको छ । मजदूर र खेती किसानी गरेर जीविका गरिरहेका कट्टी गाविस वडा नं २ दैलेखका आइते बिश्वकर्माका छोरा शेरबहादुर बिकले ज्वाला उच्च मावि बेस्तडाबाट २०६५ सालको नियमित एसएलसी परीक्षामा सामेल भई दलित मध्ये सर्वाधिक बढी ५६८ अंक प्राप्त गरी उत्तीर्ण भएका ह Posted: August 5, 2009 | Category: दलित समाचार दलित र गैरभौगोलिक संघीय एकाइ राज्यका हरेक तहमा दलित सवाललाई अरु उजागर र शसक्त पार्न गैरभौगोलिक संघीय एकाइले विशेष भूमिका खेल्नभने अवश्य सक्नुपर्छ । निर्माण हुने संघीय एकाइ र राजनीतिक पार्टीहरुमा दलितको प्रभावकारी प्रतिनिधित्वका लागि विशेषाधिकार वा आरक्षणको अनिवार्य व्यवस्था राष्ट्रिय संविधानले गर्न सकेन भने मुलुकले अर्को दुर्दशा व्योहोर्ने छ भन्नेमा कुनै शंका छैन । तसर्थ गैरभौगोलिक संघीय इकाइको व्यवस्था गर्न उल्लेखित सुझावहरुलाई मार्गचित्रका रुपमा लिएर राजनीतिक पार्टीहरुमार्फत राज्य पुनरसरचना समितिमा बेलैमा दवाव सिर्जना गरौ Posted: August 2, 2009 | Category: संविधान सभा दलित बस्तीमा खानेपानीको समस्या झाडापखालाबाट मृत्यु हुनेहरुको तथ्याङ्कमा पनि दलित एवं पिछडिएका वर्गहरु नै बढि देखिएका छन् । Posted: August 2, 2009 | Category: दलित समाचार पत्रकार परियार लोहनी स्मृति पुरस्कारद्वारा सम्मानित कान्तिपुर टेलिभिजनले स्वर्गीय इन्द्र लोहनी स्मृति पुरस्कारको स्थापना गर्दै यसवर्ष उक्त पुरस्कार टेलिभिजनका पत्रकार प्रकाशचन्द्र परियारलाई प्रदान गरेको छ । Posted: July 18, 2009 | Category: दलित समाचार जिविसको सिफारिश अस्विकार जिल्ला विकाश समितिले दलित समुदाय प्रमाणिकरण गरेको सिफारिस पत्र ि।पि।sाे।स्वा।वि।प्रतिष्ठानले अस्विकार गर्दा दलित विद्यार्थीहरुलाई स्टाफ नस्रको प्रवेश फारम भर्न समस्या परेको छ । Posted: July 18, 2009 | Category: दलित समाचार दलित महिला समावेशीका सवालमा छलफल राज्यको पुर्नरंरचना र सत्तामा दलित महिला समावेशीका सवाललाई कसरी व्यापक बनाउन र नयाँ नेपालमा समेट्न सकिन्छ भन्ने विषयमा नेपाल दलित महिला उत्थान संघ र दलित कल्याण संघले काठमाडौमा एक कार्यक्र्रम आयोजना गर्यो । Posted: July 16, 2009 | Category: दलित समाचार पानी छुँदा कुट्नेलाई ६ महिना कैद पानी छोएको निहुँमा दलितलाई कुटपिट गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले कथित उपल्ला जातिका दुई युवकलाई ६/६ महिना कैद फैसला गरेको छ । मनहरि गाविस ७ का ३८ वषर्ीय जितबहादुर सुनारलाई स्थानीय १९ वषर्ीय शिव गिरी र १८ वषर्ीय हिमाल गिरीले कुटपिट गरेकामा जिल्ला न्यायाधीश बालचन्द्र शर्माको इजलासले उक्त सजाय तोकेको हो । Posted: July 14, 2009 | Category: दलित समाचार गिरी दाजु भाईलाई जेल सजाय मकवानपुर जिल्ला अदालतले त्यहाँका २ गैर दलितलाई ६ महिनाको जेल सजाय तोकेको छ । शिव गिरी र उनका भाई हिमाल गिरीलाई आफ्नै गाँउका जितबहादुर सुनारलाई दलित भनि कुटपिट गरेको अभियोगमा उनीहरुलाई जेल सजाय तोकिएको हो । Posted: July 14, 2009 | Category: दलित समाचार दलितको अवस्था विश्लेषण सुनसरीको सिगियामा मगलवार देखि दलितहरुको अवस्था विश्लेषण गरिएको छ । सिगिया गाविस र दलित समन्वय समिति सिगियाले सो विश्लेषण गरिएको हो । Posted: July 14, 2009 | Category: दलित समाचार सभासदका भाईले फेरी कुटे दलितलाई(JMC) डोटीवाट निर्वाचित सभासद हर्क बहादुर िसंहका भाईले एक दलित परिवारलाई कुटपिट गरी घर निकाला गरेका छ । डोटीको लामिखाल गाविस ७ तलारा घर भएका ३२ वर्षिया श्याम ओडका परिवार लाई जौद ढोग नभनेका कारण घर निकाला गरेको हो । बुधबार दिउसो २ बजे छिमेकी करी ओडको खेतमा रोपाई गरि रहेका बेला अत्यधिक मदिरा सेवनले मातेका डम्मर िसंहले आफुलाई गाउको राजा नमानेको र नढोगेको भन्दै कोदालोले टाउकोमा हिर्काएको सदरमुकाम सिलगढी पुगॆका पिडित श्यामले बताए । Posted: July 14, 2009 | Category: दलित समाचार अन्तरजातीय जोडी घर छिर्न पाएन तल्लो जातकी केटीसँग विवाह गरेको भन्दै रौतहट दिपही- ५ का सिकिन्दरप्रसाद साहलाई परिवारले घर प्रवेशमा रोक लगाएको छ । गत वैशाखमा दीपहीकै अन्जुकुमारी महरा चमारसँग अन्तरजातीय विवाह गरेका सिकिन्दरदम्पतीलाई परिवारले घरमा प्रवेश गर्न नदिएको हो । Posted: July 13, 2009 | Category: दलित समाचार दलित बस्तीबाटै पहिलो एसएलसी पर्वत, रानीपानी-६ स्थित दलित बस्तीबाट पहिलोपटक एकजनाले एसएलसी उत्तीर्ण गरेका छन् । ३५ घरधुरी रहेको बस्तीबाट २१ वषर्ीया यामकला परियार एसएलसी उत्तीर्ण गरेपछि सबैमा खुसी छाएको छ । जितबहादुर परियार र चन्द्रकलाकी जेठी छोरी यामकलाले नेपाल तारा उच्च माविबाट द्वितीय श्रेणीमा एसएलसी गरेकी हुन् । Posted: July 13, 2009 | Category: दलित समाचार दलित उत्थानको वजेट बाटो निर्माणमा दलितद्धारा आपत्ती सुनसरी असार २३- सुनसरीको हासपोसका दलितहरुले दलित उत्थानका लागि विनियोजन गरेको रकम वाटो निमार्णका लागि छुटाएको भन्दै आपती जनाएका छन । गाविस सम्यन्त्रको २० गते वसेको वैठकले दलित उत्थानको वजेट वाटो वनाउन प्रयोग गर्नेे निर्णय गर।े पछि उनीहरुले आपती जनाएका हुन । हासपोसा गाविसले दलित उत्थानका लागि तीस हजार वजेट विनियोजन गरेको छ । सो गाविसका आठ वटा दलित आवद्ध सघ सस्थाले मगंलवार गाविसमा ज्ञापन पत्र वुझाउदै दलित उत्थानका लागि आएको वजेट सोही शिर्षकमा खर्च गरिनु पर्ने माग राखेका छन । Posted: July 7, 2009 | Category: दलित समाचार दलित परिवारलाई गाउँ निकाला बाजुरा बाजुरा जिल्लाको विकट रुगिन गविस वडा नं। फैतीका २७ घर दलित वपरिवार गाँउबाट लखेटिएका छन् । ढिलो गरी प्राप्त समाचार अनुसार यही असार १३ गते स्थानीय अजबहादुर मल्लका छोराको विवाहमा दलितहरुको भाँडा नमाझेको रिसमा वडा नं। का मंगलबहादुर मल्ल शराबहादुर मल्ल धरमबहादुर मल्ल थिर मल्ललगायतका मल्ल समुदायले दलितहरुले हलिया मुक्तको फार किन भरेको भनेर गाली गर्दै असार १६ गते गाँउबाट लखेटेको पीडितहरुले बताए । Posted: July 5, 2009 | Category: दलित समाचार दलितले पाए वनमाथि अधिकार सार्वजनिक वनमा उपभोगको अधिकार माग्दै संघर्षमा उत्रेका यहाँका दलितले वन प्रयोग गर्न पाउने भएका छन् । बस्ती नजिकैको वन प्रयोग गर्न नदिएपछि दलितले 'उपल्लो जात' को घरमा हली खेताला बहिष्कार गरेर वैशाख तेस्रो सातादेखि संघर्ष थालेका थिए । दलितले हलो, कुटो, कोदालो नचलाइदिँदा खेती बालीको काम ठप्प भएकाले 'उपल्लो जात' का समुदाय वन उपभोगको अधिकार दिन बाध्य भएका हुन् । Posted: July 5, 2009 | Category: पत्रपत्रिका बाट दलितमिडियाहोमको नयाँ संरचना सुभारम्भ सन २००६ जुलाई ०३ यसै दिनदेखी साचालनमा आएको नेपालको जेठो दलित अनलाईन ब्लग दलितमिडियाहोम डट कमले तेश्रो वर्ष पार गरी चौथो वर्ष प्रवेश गरेको अवसरमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफनो नयाँ संस्करणको अनावरण सहित संचालनमा ल्याएको छ । Posted: July 3, 2009 | Category: दलित समाचार दलित अधिकारकर्मिहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए नेपालका दलितहरुको मानवअधिकारको अवस्थाको अवलोकन गरी अव वन्ने नयाँ संविधानमा दलित अधिकार सुनिश्चित गराउन अन्तराष्ट्रिय स्तरबाट अवलोकन गर्ने उद्धेश्यका साथ अन्तराष्ट्रिय दलित अधिकार आयोग तथा अमेरिकन युनिभरसिटी संयुत्ाु टोलीले आज प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी ज्ञापन पत्र बुझाएको छ । Posted: July 2, 2009 | Category: दलित समाचार मधेसी दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल जन आन्दोलन भाग-२ र मधेस आन्दोलन २०६३ ले ल्याएको राजनीतिक परिवर्तनले संविधान सभाको गठन संविधान निमार्णको कार्य तालिक तयार गरि संविधान निर्माणको प्रकृयामा प्रवेश गरेको छ । यस देशका सम्पूर्ण उपेक्षित उत्पिडित वर्ग समुदाय जातजाति जनजाति दलित महिला मधेसी आदि सवैले आ-आफ्नो अधिकार सुनिश्चितताको अपेक्षा गरेका छन् र हुन पर्दछ । तर हालसम्म पनि ठोस रुपमा यस तर्फ पहल भएको पाइन्दैन । समावेसीकरणका निम्ति शक्तिको वाँडफाँड र उपलव्ध स्रोत र साधनमाथी सवैको समान पहुँचको सुनिश्चितता गर्न सैद्धान्तिक रुपमा ...... Posted: June 29, 2009 | Category: संविधान सभा पन्ध्र हजारमा दलित गाँउनै बन्धकी सुनसरी १३ असार- आफूलाई पैसाको खाँचो परेपछि सुनसरीको लौकहीको एक मरिक समुदायका अगुवाले अर्को समुदायका अगुवालाई गाउँ नै बन्धकीमा राख्ने गरेका छन् । आफ्ना समुदायका गाउँलेलाई जानकारी नै नदिई गाउँ नै त्यसरी बन्धकी राखिने गरिएको हो । हालैमात्र सुनसरीको लौकही गाविसमा रहेको एउटा मरिक समुदायका अगुवा दुखी मरिकले आफ्नो स्वामित्वमा रहेको गाउँ अर्का समुदायका विन्देश्वरी मरिकलाई पन्ध्र हजार रुपियाँमा बन्धकी राखेका छन् । गत असार ८ गते उनले आफ्नो गाउँ बन्धकी राखेका हुन् । Posted: June 27, 2009 | Category: दलित समाचार नयाँ संविधानमा दलितले चाहेका कुरा इन्टरनेशनल क्राइसिस ग्रुपजस्ता अनुसन्धान संस्थाहरूले समावेशीकरणको सूचीमा नेपाल विश्वको चौधौं देश बनेको उल्लेख गरेका छन्। यो ठूलो परिवर्तन हो। तर संवैधानिक रूपमा यसको फाइदा समाजको तल्लो तहसम्म पुर्याउनु अबको प्रमुख चुनौती हो Posted: June 27, 2009 | Category: संविधान सभा आठ वुदे घोषणा पत्र जारी गदै सुनसरीको इनरुवामा वृहत दलित भेला सम्पन्न सुनसरीको सदरमुकाम ईनरुवामा आठ बुदे इनरुवा घोषणापत्र जारी गर्दै विहीवार बृहत दलित भेला सम्पन्न भएको छ । घोषणा पत्रमा नयाँ संविधानमा दलित अधिकारको ग्यारेन्टि गर्नुपर्ने राज्यको हरेक अंगमा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने दलितलाइ उच्चशिक्षा निशुल्क हुनुपर्ने कुल बजेटको पाँच प्रतिशत दलितको बिकासमा खर्च गर्नु पर्ने लगायत रहेको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै दलित बर्ग उत्थान विकास समितीका राष्ट्रिय निर्देशक प्रभुहजारा पासवानले संबैधानीक अधिकारको ग्यारेन्टि नभए सम्म दलितले मुक्ति नपाउने बताउनु Posted: June 26, 2009 | Category: दलित समाचार दलित महिलालाई दिसा कोच्याउने हेडमास्टर्नी अभिनन्दित बोक्सीको आरोपमा दलित महिलालाई दिसा कोच्याउने प्रधानाध्यापिका विमला गोलेलाई ललितपुर प्युटारवासीले फूलमालाले स्वागत गरेका छन् । चार दिन प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएकी विमलालाई निर्दोष भन्दै गाउँवासीले अभिनन्दन गरेका हुन् । Posted: June 26, 2009 | Category: दलित समाचार संघीयता र दलित अधिकारको प्रश्न दलित कुनै जाति नभएर हिन्दु वर्णव्यवस्थाद्वारा तल पारिएको खस जातिभित्रको उत्पीडित, अपहेलित र जातिगत भेदभाव तथा छुवाछूतमा पारिएको मेहनत गरेर खानेहरूको समुदाय हो। त्यस अन्तर्गत अछुत मानिने धेरै जातहरू छन्। दलित सबै समुदायभित्र छन्। मधेशी समुदाय, नेवार समुदाय, मुस्लिम समुदायमा पनि दलित छन्। अहिले ५.६४ जनसंख्या रहेको तामाङ, ५.४८ जनसंख्या रहेको नेवार, ७.१४ जनसंख्या रहेको मगरहरूको बेग्लै राज्यको कुरा गरिंदैछ। तर २० प्रतिशत जनसंख्या रहेको दलितको अधिकारको प्रश्न उपेक्षित रहेको छ। दलितहरू हिन्दू Posted: June 23, 2009 | Category: संविधान सभा दलित र प्रहरीबिच झडप प्रहरी सहित १२ घाइते ३ अधिकारकर्मी सहित दश गिरफ्तार बागलुङ, ८ असार- प्रहरीले कुटपीट गरॆको बिरोधमा बागलुङ जिल्लाका दलितहरुले आज बागलुङ बजार बन्दको आह्वान गरेपछि प्रहरी र बन्दकर्ताबिचमा झडप हुदाँ ३ दलित सहित १२ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङमा हिजो अन्तरजातिय बिवाहको बिषयमा छलफल हुदै गर्दा प्रहरीले हस्तक्षेप गरी कुटपीट गरी बागलुङका ४ दलित अधिकारकर्मीहरु घाइते भएपछि बिरौधमा दलितहरुले आज बन्दको आह्वान गरेका थिए । Posted: June 22, 2009 | Category: दलित समाचार सहिद सेतु बिकको शालिक तोडफोड भएको एक महिना पुग्यो पुननिर्माणमा कसैको चासो गएन नेपालगन्ज २ असार- जनआन्दोलन ०६२÷६३ की शहिद सेतु विकको शालिक तोडफोड र आगजनिपछि क्षेतिग्रस्त भएको एक महिना पुगेपनि पुननिर्माणमा भने कसैले चासो दिएका छैनन । Posted: June 15, 2009 | Category: दलित समाचार माइन बिष्फोटमा घाइते विकको मृत्यु दाङको लमहीस्थित अर्जुन खोलामा रहेको नेपाली सेनाको बेश क्याम्पले बिच्छाएको माइनमा परी आज बिहान घाईते भएका एक युवकको मृत्यु भएको छ । माईन विष्फोटनमा परी घाइते भएका बर्दिया जिल्लाका गोपाल बिकलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाहिर रिफर गरीएको थियो । उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । Posted: June 15, 2009 | Category: दलित समाचार दतिलद्वारा विद्यालयमा तालाबन्दी सुनसरीको भर।ैलको महेन्द्र माविमा दलित अभिभावकहरुले तालावन्दी गरेका छन । विधालयमा दलित छात्रवृद्धि समयमा वितरण नगरेको नियमित पढाइ सुचारु गर्नु पर्ने लगायतका मागहरु राखेर दलितहरुले तालावन्दी गरेको स्थानिय कुमारी विश्वकर्माले वताउनु भयो ु । Posted: June 15, 2009 | Category: दलित समाचार दलन अन्तर्राष्ट्रिय अवार्डमा टेलिशृंखला 'दलन' बेलायतस्थित वन वल्र्ड मिडिया ट्रष्टको स्पेसल अवार्डको सर्ट लिस्टमा परेको छ । ट्रस्टले मिडिया सम्बन्धी विश्वभरका १२ क्षेत्रमा अवार्ड प्रदान गर्दै आएको छ । Posted: June 14, 2009 | Category: दलित समाचार रुपलाल विश्वकर्माको जीवनीमाथि छलफल दलित साहित्यकारहरुको साझा संगठन नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले साहित्यकार तथा राजनीतिज्ञ रणेन्द्र वरालीद्धारा लिखित ूइतिहासको एक पैकाू को यही शुक्रबार राजधानीमा समिक्षात्मक छलफल गरेकेा छ । संवैधानिक संवाद केन्द्र बानेश्वरमा भएकेा उक्त कार्यक्रममा उपन्यासका मुख्य पात्र रुपलाल विश्वकर्माका समकालिन दलित तथा गैरदलित ब्यक्ति तथा साहित्यकारहरुले रुपलालले कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान र उनको पतनको कारणबारे उपन्यासले प्रशस्तरुपमा पस्कने जमर्को गरेको बताएका थिए । Posted: June 12, 2009 | Category: दलित समाचार लोकतान्त्रिक संवाद सम्पन्न आगामी संविधानमा दलित अधिकारको हक अधिकारको ग्यारेन्टी र दलित समुदायलाई संविधानका वारेमा सुसुचित गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सहजकर्ता कमला विश्वकर्मा वताउनुहुन्छ । युएनडिपीको आर्थिक सहयोगमा राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र उत्पीडित समुदाय उत्थान केन्द्रको आयोजनामा आगामी संविधानमा दलित अधिकारको सुनिश्चतता कार्यक्रम जिल्लाको २४ वटा गाविसमा संचालन गर्न लागिएको हो । Posted: June 12, 2009 | Category: संविधान सभा दलितका लागि बजेट हात्तीका मुखमा जिराः परियार जेष्ठ-२९ दलित वर्ग उत्थान जिल्ला समन्वय समिति सुनसरीका उपाध्यक्ष नारायण परियारले सरकारले दलित उत्थानका लागि कम वजेट छुटयाएको वताउनु भएको छ । सरकारले वजेट त छुट्यायो तर समग्र सुनसरीम्ाा दलितहरुको सख्या हेर्ने हो भने त्यो हातीका मुखमा जिरा मात्रै भएको उहाँले वताउनु भएको छ । सुनसरीमा मात्रै होइन यो देस भरीकै दलितहरुका लागि वजेट कम भएको गुनासो गर्नु भयो । सुनसरीको भरौलमा दलित अधिकारका लागि ३ दिने नेतृत्व विकास तालिममा उहाले सो कुरा वताउनु भएको हो । उहाले साच्चै दलितको उत्थान र विकास गर्ने हो भने सर Posted: June 12, 2009 | Category: दलित समाचार दलित बुहारी भित्रयाउन अस्वीकार दलित भएकै कारण बुहारीलाइ घर भित्रयाउन अस्वीकार गरीरहेका मधेसी जनअधिकार फोरमका इलाका सचिव रामगोपाल तमौलीको परिवार घरमा ताला लगाएर भागेका छन । बुहारी संगिता बस्फोरलाइ घर भित्रयाउन जेठ १९गते मानवअधिकारबादीको टोली गाउका अगुवा र प्रहरी घर आउने थाहा पाएपछि तमौलीका परिवार भागेका हुन । शमशेरगंज गाबिस वडानं२ अकलघरुवा निवासी नेता तमौलीका छोरा सोनी तमौली ले वडानं ४चौधरीया गाउकी सगितासगं प्रेम बिबाह गरेपनि दुइ साता बितिसक्दा पनि तमौलीका परिवारले बुहारी भित्रयाउन मानेका छैनन Posted: June 11, 2009 | Category: दलित समाचार नागरिक सर्वोच्चताका लागि चक्का जाम जेष्ठ २८- माओवादी निकट दलित मुक्ति मोर्चाले नागरीक सर्वोच्चताको माग राख्दै आज सुनसरीमा दुइ घण्टा चक्का जाम गरेको छ । मोर्चाले राष्ट्रपतिको कदम सच्याउनु पर्ने र भारतले सीमा मिचेको विरोधमा बिहान १० बजे देखि १२ बजे सम्म चक्का जाम गरेको हो । चक्का जामका कारण सवारीका साधन चल्न सकेनन् । Posted: June 11, 2009 | Category: दलित समाचार दलितका लागि बजेट विनियोजन नगरेको भन्दै ताला जेष्ठ २८- दलित संघ-संगठनका लागि बजेट बिनियोजन नगरेका भन्दै उदयपुरका १६ वटा दलित संघ संगठनले आज हुने भनिएको दोस्रो जिल्ला परिषद स्थगित गर्न माग गर्दै मुल गेटमा तालाबन्दी गरेका छन् । Posted: June 11, 2009 | Category: दलित समाचार बिमला (लामा )गोले पक्राउ ललितपुर प्युटार-७ की कल्लिकुमारी विकलाई बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै दिसा समेत खुवाउने शिक्षिका विमला लामा गोले आज ललितपुरबाट पक्राउ परेकी छन् । ८२ दिनपछि घटनाकी प्रमुख दोषी पक्राउ परेकी हुन् । Posted: June 10, 2009 | Category: दलित समाचार कल्लीकुमारी घर फर्किइन् मधु शाही समुन्द्री ललितपुर, बोक्सीको आरोपमा दिसा खुवाइएकी प्युटार-८ ललितपुरकी कल्ली कुमारीलाई दुई महिनापछि राष्ट्रिय मानवअधिकार आयोगले आपनै घरमा पुनःस्थापना गरेको छ । Posted: May 19, 2009 | Category: दलित समाचार |
Supporters / Sponsors :
