वादी समुदायको सक्रियतामा सुर्खेतको भुप्रा खोला किनार वादी बस्तिमा स्थापना भएको विद्यालय । ३ कक्षासम्म संचालित विद्यालयमा १५० बढी वादी बालबालिका अध्यनरत रहेका छन । डिएफआइडीको सहयोगमा बनेकोले कक्षा ५ सम्म पुर्‍याउन वादी समुदायले आग्रह गरेका छन। फोटो : अम्मर जिसी/मधेश एक्सप्रेस
मकवानपुरको आमभन्ज्याङ गाविस ३ दलित बस्तीमा सञ्चालित साक्षरता कक्षामा सहभागी हुन आएकी ४५ वर्षीया इन्द्रमायाँ विश्वकर्मा स्कुले बालबालिकासँगै खुसी मुद्रामा । निरक्षर इन्द्रमाया साक्षरता कक्षामा सहभागी भएर नाम ठेगाना र चिठीसम्म लेख्ने अबसर खोज्दैछिन् । शिवकुमार काशी/मकवानपुर (Source: http://www.nepalrus.com)
पर्वतः धवलागिरी दलित समुदायको संजालले भगत सर्वजीत दलित गणराज्य सम्भावना र औचित्य विषयक गोष्ठी २६ माघ २०६६ मा सम्पन्न गरेको छ ।
६१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा दलित नागरिक समाजले निकालेको र् याली । र् याली रत्नपार्कको शान्ति वाटिकाबाट शुरुभएर नेपाल प्रज्ञा प्रतिष्ठानमा गएर टुंगिएको थियो । (अरु फोटोका लागि माथि क्लिक गर्नुहोस) फोटोः राजेन्द्र विश्वकर्मा
1 2 3 4