Interviews » माधवजी प्रचण्डका लागि घाँडो बन्दै हुनु हुन्छ
माधवजी प्रचण्डका लागि घाँडो बन्दै हुनु हुन्छ
Posted: June 11, 2009
-विसेन्द्र पासवान सभासद् तथा अध्यक्ष दलित जनजाती पार्टी
सिराहा जिल्लाको रामनगरमा जन्मनु भएका विसेन्द्र पासवान पछिल्लो पटक संसद घेराउमा अग्र पंक्तिमा देखिनु भएको थियो । उहाँ स्वर्गीय बुबा आमा विलेट पासवान र मुन्द्रिकादेवी पासवानको कोखबाट २०१७ सालमा जन्मनु भएको हो । वि।स। २०३२ सालबाट वामपन्थी राजनीतिबाट राजनीतिक फाँटमा उदाउनु भएका पासवान लहानको चमार आन्दोलन पछि चर्चाको शिखरमा पुग्नु भएको थियो । संविधानसभाको निर्वाचनमा समानुपातिकबाट संसदमा दलित जनजाति पार्टीबाट प्रतिनिधित्व गर्ने उहाँ एक्लो सभासद् हुनु हुन्छ । तर उहाँ एक्लै भए पनि वर्तमान सरकारले दलितको छात्रवृत्ति कोटा कटौती गरे पछि बारम्बार संसद अवरुद्ध पार्न सफल हुनु भएको थियो । जसको कारण सरकारले छात्रवृत्ति कोटा यथावत राख्न बाध्य भयो । पछिल्लो पटक संसदीय समितिको सभापतिमा उम्मेदवारी दिएर माधवकुमार नेपाललाई उहाँले चुनौती दिनु भएको थियो । यतिबेला उहाँ दलित जनजाति पार्टीको महाधिवेशनको तयारीमा लाग्नु भएको छ । प्रस्तुत छ दलित जनजाति पार्टीका अध्यक्ष समेत रहनु भएका सभासद् विसेन्द्र पासवानसँग गरिएको कुराकानी

-वर्तमान अवस्थालाई कसरी नियाली रहनु भएको छ

हामी संक्रमणकालीन अवस्थामा गुजि्ररहेका छौ । लोकतन्त्र र लोकतान्त्रिक पद्धतिलाई परिपक्क बनाउनका निम्ति सबै शक्ति एक हुन जरुरी छ ुडेमोक्रेसीु भनेको नागरिकले स्वतन्त्रता पाउने अराजकताको अन्त्य सामाजिक न्यायको प्रत्याभूि तगर्न पाउने अधिकार भएको व्यवस्था हो । तर सरकार सरकारमा सामेलदलका मन्त्रीहरु अझै पनि पुरानो मानसिकताबाट माथि उठ्न सकेका छैनन् । एकात्मक सर्वसत्तावादको चिन्तनको विरुद्धमा भाषण चाही गर्छन तर काम चाही उही पुरानै ढर्राको हुन्छ । लोकतन्त्र जनताको लागि आएको हो । तर लोकतान्त्रिक पद्धति अनुसार मुलुक अगाडि बढ्न सकिरहेको छैन । हामीले दोष दिने भनेको क्रान्तिकारी भनिनेहरुलाई नै हो । वर्तमान अवस्थाको मनपरी तन्त्र अराजकतन्त्र र व्यक्तिवादीहरुको चिन्तन हामी भएका छौ । मन्त्रीहरु एउटा बोल्छने सचिवहरु अर्कै गर्छन । प्रधानमन्त्री स्वयम्ले कर्मचारीहरुले मलाई सहयोग गरेनन् भनेर अभिव्यक्ति दिन थालेका छन् । नेताहरु पार्टीको मात्रै प्रतिनिधि भएका छन् । नेपाली जनताको प्रतिनिधि बन्न सकेनन् । यो हाम्रा लागि दुर्दशाको शुरुवात हो । 

- पद्धतिगत ढंगबाट राज्य साचालन हुन नसक्नुको कारण चाँही के हो त
७३द्दज्ञद्धछस प्रमुखकारण भनेको अतिजातिवादी चिन्तन हो । माओवादी चिन्तन र वर्णाश्रमी व्यवस्थालाई कायम राख्ने चिन्तन अर्को कारण हो । अहिले यथास्थितिवादीसँग सरकारको प्रत्यक्ष संलग्नता देखिन्छ । जनताको विचमा जुकिसिमको संघर्ष गरेको भए पनि उनीहरु संघर्ष अनुसारको परिवर्तन गर्न चाहदैनन् । वर्तमान अन्तरिम संविधानमा पनि पुरानो मानसिकताबाट आएका उपजहरु छन् । जसलाई सच्याउन अन्तरिम संविधान नै संशोधन गर्न जरुरी छ । यो अन्तरिम संविधान शासकको हितमा होला तर जनताको हितमा छैन । 

- जातिवादी चिन्तनका विरुद्ध त तपाईहरुको आन्दोलन कमजोर होला हैन
दलितहरुले कल्पना र भावनामा बहकिएर मित्रको नामबाट दुस्मनलाई सहयोग गर्दै आई रहेकाछन् यो चाही यथार्थ हो । अहिले नै जातिवादी चिन्तन र व्यक्तिवादी चरित्रका विरुद्ध दलितहरुले आवाज उठाएनन् भनी हाल्न चाही ठिक नहोला । जनयुद्धका क्रममा ११ सय भन्दा बढी दलितहरु सहिद भएका छन् । हामी लामो समयदेखि नै छुवाछूत विरुद्धको आन्दोलनमा होमिएका छौ । सहर्षनाथ कपाली टिआर विश्वकर्मा देखि तपाई हामी दलित मुक्तिका लागि संघर्षरत छौ त्यसलाई आन्दोलन नभन्ने तत्यो उच्चकोटीको आन्दोलन भएको छ तर आन्दोलनका स्वरुपहरु फरक-फरक भए । हामी मित्रशक्तिको नाममा दुस्मनको पछाडि लाग्यौ । अतिवादी र मनोवादीहरुका पछाडि आँखा चिम्लेर लाग्यौ । वर्ग समुदाय क्षेत्र आत्मनिर्णयको अधिकार विशेषाधिकार प्रगतिशिल आरक्षण एक मधेस एक प्रदेश आदीको नाममा दलितहरु आन्दोलित भएका छन् । तर अधिकार पाउने बेलामा दलित पछाडि हुन्छन् । अन्धभक्तता दासत्व पार्टीगत गुलामी र चकरी गर्ने कारणले पनि हामी यथास्थितीमा रहेका हौ । एक दुइ जना उच्च ओहोदामा पुग्दैमा सारा दलितहरुको मुक्ति त सम्भवै छैन । त्यसकारण साझा सवालमा सम्पूर्ण दलितहरु एक हुनु पर्छ । हाम्रो जनसंख्याको आधारमा क्षतिपूर्ति सहित आरक्षण दिइनु पर्छ । 

-आरक्षण मै एकमत हुन नसकेका दलितहरु अन्य मुद्धामा एकमत होलान भनेर विश्वास गर्ने आधारहरु के के छन्
हरेक समयमा जनताको आँखामा छारो हाल्ने काम त भएको छ । तर समयको मागलाई पार्टीका एक दुईजना अन्धभक्त र गुलामका कारण साझा सवालमा सबै दलितहरु एकमत हुन नसक्लान कि भन्ने होइन् । पुराना व्यक्तिहरु काम लाग्ने छैनन् । उनिहरु खोस्टा झै भएकाले अब उनीहरुबाट काम नलाग्ने भइ सकेकाछन् । पुरानो मानसिकता बोकेकाहरुबाट दलितको मुक्ति सम्भव छैन् । त्यसकारण युवाहरु जुट्नु पर्छ । जे जस्तो भए पनि साझा सवालमा सम्पूर्ण दलितहरु एकजुट हुनु पर्छ । यदि अिहंसावादी आन्दोलनबाट हाम्रो अधिकार प्राप्त भएन र हामी राज्य सत्ताको मूलप्रवाहमा आउन सकेनौ भने यसलाई शसक्त र सशस्त आन्दोलनमा परिणत गर्न सक्नु पर्छ । विश्वकर्माले नाएको बन्दुक स्वयम विश्वकर्माले नै चलाउनु पर्छ । 

- संविधान बनाउने बेलासम्म पनि दलितहरु एकजुट हुन सकेका छैनन् भने दलितहरुमा एजुट हुने दिन कहिले आँउछ
संविधान बनाउने ठाँउमा हामी ५० जना दलित पुगेका छौ । तर ४९ जना दलितहरु पार्टीको गुलाम हुनु हुन्छ । उहाँहरु पार्टीको नेता हुनुहुन्छ तर दलितको नेता बन्न सक्नु भएन । दुस्मनको अगाडि शिर निहुराएर मालिकको अगाडि भिख मागे जस्तो गरेर अधिकार पाइन्छ पाइदैन । हामीले सामन्तवादी व्यवस्थालाई परिवर्तन गर्नुपर्छ । दलित सभासदहरुले दलितका पक्षमा आवाज उठाएनन् भने पनि दलित जनजाति पार्टीको एउटै सभासद्ले दलित अधिकारको निम्ति संघर्ष गरिरहनेछ । बाहुनको गल्तिले हामीले दुःख पायौ तर हाम्रा गल्तिले बाहुन र हामी स्वयमले दुःख पाउनु हुदैन । सबै जाति र वर्गले अधिकार पाउने खालको संविधान बन्नु पर्छ । तर यहाँका मुठ्ठिभरका शासन गर्ने बाहुनहरु गरिब बाहुनको निम्ति पनि संविधान बनाउने तयारीमा छैनन् । त्यसकारण त्यसखाले गरिब जनताको हितका निम्ति पनि दलितहरु एकजुट हुन जरुरी छ । 

-अधिकारका लागि दलितहरुले हतियार उठाउनु पर्छ भन्ने हल्ला चलेको छ । दलित अधिकारका लागि हतियार उठाउन जरुरीछ
दलित मात्रै नभएर कुनै पनि गरिब विपन्न र सर्वहार वर्गको मुक्तिका लािग हतियार उठाउन जरुरी छैन । तर समय परिस्थितिले माग्यो भने चाही हिच्किचाउनु हुदैन । यदि अिहंसावादी आन्दोलनले हाम्रो अधिकारको सुनिश्चितता गर्दैन भने खुन दिने कामबाट पछि हट्नु हुदैन । दुस्मनलाई पराजित गर्नका निम्ति एकपटक सशक्त आन्दोलन हुदै घरेलु हतियार हसिया हथौडा भाला खुकुरी कोदालो बोकेर सशस्त्र संघर्ष गर्न सक्नुपर्छ । तर बन्दुक चाही बोक्नु पर्दैन । हतियार सेना र प्रहरीको निम्ति होइन यो देश र जनताको निम्ति उठाउनु पर्ने हुन्छ । पुराना मानसिकता बोकेका शासक वगर्तका विरुद्ध हतियार उठाउनु जरुरी छ । शासक वर्गहरु चाही दलितहरुले हतियार उठाए सोमालिया र इथोपिया बनाउन चअहान्छन भन्छन् । तर दलितहरुले हतियार उठाउनु पर् यो भने पुराना मानसिकता बोकेका क्रान्तिकारी भनाउदाहरु पत्तासाफ हुनेछन् । पुलिसलाई त एक एक झापडमा ठिक पार्न सकिन्छ । तर जातीवादी र शोषण्को नियति लिएकाहरुलाई सही ट्रयाकमा ल्याउन चाही घरेलु उठाउनु पर्छ । तर पहिले वैचारिक संघर्षलार्य प्राथमिकता दिइनु पर्छ । 

-तपाईहरु सेना निर्माणमा जुट्नु भएको छ भनिन्छ । सेना केका लागि निर्माण गर्न लाग्नु भएको हो
हामीसँग लगभग १२ हजार सेना छन् । हामीसँग लिम्बुवान थारुवान मगरात सेना तयार भएका छन् । हाम्रो महाधिवेसनमा ती सेनाहरु प्रस्तुत गछौर्ं । हामीले गठन गरेका सेनाहरु संविधान निर्माण भै सकेपछि सम्मेलन केन्द्र घेर्न तयार छन् । त्यहीबाट हाम्रो लडाई शुरु हुन्छ । राष्ट्रपटिले संविधानको घोषणा गर्दा हामी लडाइको घोषण गर्छौ । किनभने अहिलेको संविधानमा जस्तै अब बन्ने संविधान पनि तिनै पुजिपति र दलाल वर्गहरुको हितका निम्ति बन्छ । शोषित पीडित सर्वहारा वर्गको हितका निम्ति संविधान बन्छ भनेर विश्वास गर्न सक्ने आधार छैन । किन भने संविधान बनाउने निकायहरुमा तीनै दलाल र पुजिपति विचारबाट ग्रसित व्यक्तिहरु अग्रभागमा छन् ।

- संवैधानिक समितिको सभापतिको उम्मेदवारबाट पराजित हुनु भयो । पराजय हुनुको पछाडि के कारण छ
संसदिय समितिको सभापतिमा माधवकुमार नेपाल विजय हुनु भएको छ । उहाँ विजयी हुनुमा धेरै कारणहरु छन् । उहाँ बाहुन सबै पार्टीका टाउकेहरु बाहुन छन् । प्रधानमन्त्री पनि बाहुन । पार्टीको नेतृत् वगर्ने व्यक्तिहरु जातीवादबाट माथि उठ्न नसकेका कारण बाहुनलाई बारम्बार अगाडि ल्याइन्छ । अर्को कुरा निर्वाचन प्रकि्रया नै गलत छ । ध्वानीमतलाई प्राथमिकता दिइदा ताली नबजाउने पनि समर्थनको सुचिमा परेका छन् । हामीलाई समर्थन गरेकाहरुलार्य नेपालजीको समर्थनमा राखिएको छ । यो संवैधानिक समितिको निर्वाचन नै षडयन्त्रमूलक भयो । माधव नेपालीलाई सभापति बनाइनु नै उहाँलार्य पङ्गु बनाई्रनु सरह हो । अहिले एमालेले रकार छाड्न सक्छौ भनेर धम्की दिएपछि त्यसलाई थम्न माओवादीले षडयन्त्र गरेको हो । अब हेर्दै जानुस प्रचण्डका लागि माधवजी घाडो बन्ने दिन आउदैछ । 

- अब बन्ने संविधानले दलितको अधिकार सुनिश्चित गर्न सक्ला
निश्चित रुपमा अब बन्ने संविधान जनताको मनोभावना अनुसार बन्नु पर्छ । जसको लागि जनताले हामीलाई सभासद् बनाएका छन् । तर दुर्भाग्य संसदमा सभासद्हरुलार्य भडाबाख्रा सरह बनाइएको छ । ६ सय एक जनाको भीडलाई राज्यले थेग्न सक्छ अवस्य पनि सक्दैन क्रान्तिकारी पार्टीको नेतृत् वगर्ने प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा करोडौं रुपैया सक्छन् । जनताका छोराछोरी सिटामोल खान नपाएर मरिरहेकाछन् । सबै जना आ-आफ्नो डम्फु बजाइ रहेका छन् । तर पनि हामी दलितको तर्फबाट प्रतिनिधित्व गरेका छौ । ५० जना भए पनि हामी एकजुट हुन सकियो भने दलितको पक्षमा संविधान बनाउन सकिएला तर अहिले कै जस्तै दलित सभासद्हरुले चार पट्टि मुख फर्काइरहे भने यसै भन्न सकिदैन अरुले जस्तो भूमिका निर्वाह गरे पनि दलित जनजाति पार्टी दलित आदीवासी जनजाति महिला मुस्लिम र पीछडा वर्गको हितको निम्ति आवाज उठाउने छ । यदि हाम्रो आवाजलाई कही कतैबाट रोक्ने प्रयास भयो भने हामी त्यसको कडा प्रतिरोधमा उत्रने छौ । 

- मुलुक संघीय राज्य बन्ने निश्चित भै सकेको छ । संघिय राज्य बन्दा दलितहरुको स्थान कहाँ रहन्छ
वर्षौदेखि ब्राहमणवर्गले अन्यवर्गामाथि शासन गर्दै आए । तर अब सबै जनता सचेत भई सकेका छन् । सचेत जनता माथि कुनै वर्गाले एकात्मकतावाद लाद्न खोज्यो भने पनि सम्भावना छैन । अरुको दासत्वलाई नेपाली जनताले स्वीकार्नेवाला छैनन् । एउटै मात्र जातीय राज्य गर्न खोज्यो भने जातीय विद्रोह हुन्छ । त्यस बेला राज्यले थाम्न सक्दैन । हामी मधेशको आन्दोलनमा सहभागि भए पनि एक मधेश एक प्रदेशलाई स्वीकार गरेका छैनौ । हामी एक जातीको राज्य पनि स्वीकार्दैनौ । हामीलाई केन्द्रीय एकात्मक शासन पनि स्वीकार्य छैन । सबै जात जती भाषा धर्म संस्कृतिले समान रुपले फस्टाउन पाउने अवसर अबको राज्यले दिन सक्नु पर्छ । हामीले त अब जातीको जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व गराइनुपर्छ र राज्य साचालन चकि्रय प्रणालीबाट साचालन गरिनु पर्ने पक्षमा छौ । त्यस कारण अब पहिलेको जस्तो दलितहरुले अपमान सहनु पर्ने छैन । राज्यको हरेक तह र तप्कामा समानुपातिक प्रतिनिधित्व हुनु पर्छ । यहाँ दलितहरुको छुट्टै राजय स्थापना हुन नसक्ने भएकाले पनि हामीले जातीय राज्यको विरोध गर्न पनि उपयुक्त छैन । हुन सक्ला संघिय राज्यमा पनि दलितहरु उपेक्षामा नै पर्न सक्लान तर त्इसो भयो भने तपाई हामी चुप लोर बस्नेवाला छैनौ । 

- बारम्बार सारेर पुनः पार्टीको महाधिवेसन तयारीमा लाग्नु भएको छ । तयारी कस्तो भई रहेको छ
हो बाध्यतावस हामीले हाम्रो पार्टीको महाधिवेशन पटक पटक सान

« Go Back
Supporters / Sponsors :