More Articles
- दलित समुदायको मुक्ति र जातजातिको अधिकार सुनिश्चित गर्नु आजको मूल चुनौित
- दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
- दलितको थर यात्रा
- नयाँ संविधानमा दलितका एजेन्डा
- दक्षिण एसियामा दलित समुदायको जीवनस्तर उठ्न नसक्दा देश विकासमा बाधा देखापरेको छ
- समतामूलक समाजको परिकल्पना र दलित महिला
- आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको
- गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
- सार्प भिल्ले विद्रोह ः जातिभेद विरुद्धको विश्व अठोट र नेपाल
- २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
- क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!
- अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
- बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
- मिथिला चित्रकला दलित महिलाको सहारा
- दलितबारे माओवादी
- दलितमुक्तिनिम्ति आर्थिक क्रान्ति
- दलित सभासद्हरू किन निस्क्रिय
- राज्य पुनःसंरचना र दलित
- दलित आयोग यसरी नै चल्ने !
- अन्तरजातीय विवाहको लागि घोषित एकलाख कहा पुग्यो ?
- दलित किन संघर्षमा लाग्ने ?
- कसले बोल्ने मधेसी दलितका लागि ?
- दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
- मानव अधिकार दिवसको औचित्य के ?
- वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
- अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
- संविधानले गैरदलितलाई जिम्मेवार बनाउनु पर्छ
- वर्तमान परिवेसलाई दलित क्रान्तिमा कसरी हेर्ने
- Feminism And Dalit Women In India
- जातीय गोलचक्करमा मधेस
- दलित आन्दोलनका भद्र भद्रमान
- झाडापखलाबाट मृत्यु हुनुमा को बढी जिम्मेवार ?
- समावेशी नेपालको अभ्यास : जग विनाको घर
- दलित र गैर-भौगोलिक संघीय एकाइ
- दलित आन्दोलनका सक्कली र नक्कलीहरु
- नयाँ संविधानमा दलितका मुद्दाहरुको न्यायोचित समावेशीकरण
- Federalism In Nepal
- अपुर्ण भूमिका दलित सभासदहरुको
- बाँदरलाई पगरी !
- नयाँ संविधान मा दलितले चाहेका कुरा
- मधेसी-दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल
- विभेद अन्त्यमा हाम्रो दायित्व
- सन्दर्भ २१ मार्च र जातिय विभेद
- राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Articles » दलित आन्दोलनका भद्र भद्रमान |
||
| दलित आन्दोलनका भद्र भद्रमान
Posted: November 8, 2009 त्रिभुवनचन्द्र वाग्ले वर्तमान नेपाली दलित आन्दोलन युवाहरूमा केन्दि्रत छ । त्यो पनि अङ्ग्रजी जानेका र अन्तर्राष्ट्रिय सङ्घ संस्थाले पत्याएकाहरू आन्दोलनको मोच्र्ाामा अगाडि देखिएका छन् । उनीहरूसँग सङ्घ संस्था, केही कार्यकर्ता र केही आर्थिक स्रोत अनि आकर्षक कार्यालय र अप्रत्यक्षत बलिया राजनीतिक दलका दलित भातृसंस्था नेताहरूको समर्थन पनि छ किनभने उनीहरू चाहे जुनसुकै शीर्षकबाट मिलाएर भने पनि उनीहरूको कार्यक्रमका अतिथिहरूलाई मिटिङ् भत्ता उपलब्ध गराउन सक्दछन् । राज्यको मात्र होइन दलित आन्दोलनमा लागेकाहरूले नै दलित आन्दोलनका अग्रजहरूलाई विर्सन थालेका छन् । योगदानको सम्म्ाान गर्ने प्रवृत्तिमा ह्रास आएको छ । राज्यले मात्र होइन दलित आन्दोलनले नै करिब विर्सिएका नेता हुनुहुन्छ-भद्रमान घले । वि.स. २००४ देखि नेपाली काङ्ग्रेसको साधारण सदस्यबाट नेपालको प्रजातान्त्रिक आन्दोलन सुरु गर्नुभएका भद्रमान घलेको योगदानलाई राजनीतिक कोणबाट व्याख्या गर्नर्सकिन्छ भने राजनीतिका सक्रिय दिनपछि समाज सेवामा केन्दि्रत उहाँको परिचय समाज क्षेत्रमा पनि पाउन सकिन्छ । नेपाली समाज रूपान्तरणमा पूर्वी नेपालमा विशेष सक्रिय रहनु भएका भद्रमान पूर्वाञ्चलको धरानमा दलित उत्थानका लागि स्थापित "निम्न समाज सुधार सङ्घ" को संस्थापक सदस्य हुनुहुन्छ । जदुवीर विश्वकर्मा, हीरालाल विश्वकर्मा, उमालाल विश्वकर्मालगायतका युवाहरूको सक्रियतामा "निम्न समाज सुधार सङ्घ" को स्थापना भएको प्रसंग यसअघि विभिन्न्ा सन्दर्भमा उल्लेख भइसकेको छ । यसअघि सो सङ्घ वि.सं. २००४ मा स्थापना गरिएको भनिएको थियो । साथै, धेरै दलित वुद्विजीवीहरूले पनि "निम्न समाज सुधार सङ्घ" वि.सं. २००४ मा स्थापना भएको विचार व्यक्त गर्नुभएको पाइन्छ तर, सो सङ्घका संस्थापक सदस्य रहनुभएका भद्रमान घलेले स्वयंले "निम्न समाज सुधार सङ्घ" वि.सं. २००८ मा स्थापना गरिएको र आफू त्यसको संस्थापक सदस्य रहेको लिखित जानकारी मलाई उपलब्ध गराउनु भएको छ । यस सम्बन्धमा गरिएको खोज अध्ययनले पनि सो सङ्घ वि.सं. २००४ मा नभएर वि.सं. २००८ मा स्थापना भएको पुष्टि गरेको छ । पूर्वसांसद तथा दलित नेता मनबहादुर विश्वकर्माका अनुसार, सो सङ्घ वि.सं. २००८ मा स्थापना भएको हो र सङ्घको संस्थापक अध्यक्ष जदुवीर विश्वकर्मा हुनुहुन्थ्यो । सङ्घको मुख्य उद्देश्य जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जनमत र जनदवाव सिर्जना गर्नु थियो । यसबारेमा थप अध्ययनको आवश्यकता छ । खासगरी सो सङ्घले गरेका कामहरू सार्वजनिक हुन सकेका छैनन् । अबका खोजीहरू यतातिर पनि आवश्यक छ । त्यो जमानामा नेपालमा जातीय विभेदविरुद्ध सङ्गठित हुन भनेको अहिले विदेशी संस्थाले सिकाएको अधिकारमूखी आन्दोलनभन्दा जेाखिमपूर्ण थियो । द्रव्यमुखी पनि थिएन । विशुद्ध चेतनामुखी थियो । यस्ता कामको खोजि र सम्मान हुनुपर्ने हो तर विस्तृतरूपमा खोजी हुन सकेको छैन । त्यो अभियानमा संलग्नहरूको सङ्ख्या क्रमशः कम हुँदै गएको सन्दर्भमा यथार्थ इतिहास खोज्न ढिला भइसकेको छ । १९८९ साल कात्तिक २५ गते शुक्रबार धनकुटा जिल्ल्ाास्थित सान्न्ो गाउँ विकास समितिको वडा न्ां. ५ मा उहाँको जन्म भएको थियो । बुबा कविराम घले तथा आमा वलीमाया देवीका पुत्र भद्रमानको पुख्र्यौली पेसा सिलाइ थियो । दर्जी समुदायका उहाँ त्यस क्षेत्रका सम्मानित दलित नेता तथा समाजसेवी हुनुहुन्छ । हाल धनकुटा जिल्लाको धनकुटा नगरपालिका वार्ड नं.५ स्थित तल्लोकोप्चेमा बसोबास गर्दै आउनुभएका उहाँका दुई छोरा, पाँच छोरी र श्रीमती विन्द्रामाया घलेका अभिभावक हुनुहुन्छ । उहाँले खासै धेरै औपचारिक शिक्षा प्राप्त गर्नुभएको थिएन तर उहाँले पढाइले होइन पराइले विशिष्टता हासिल गर्नुभएको हो । उहाँलाई चिन्नेहरू भन्छन् खासै औपचारिक अध्ययनले होइन राजनीतिक चेतना, लामो समय समाज सेवाको अनुभवले गर्दा उहाँले विशिष्टता हासिल गर्नुभएको हो । औपचारिक शिक्षाको हकमा उहाँले वि.सं. २००९मा धनकुटाको पुरानो विद्यालय गोकुण्डेश्वरबाट दश कक्षा मात्र उत्तीर्ण गर्नुभएको हो । उहाँले स्थानीय समाजमा रहेको जातीय विभेदको सामाजिक प्रचलनलाई तीव्र विरोध गर्नुभएको थियो । धनकुटाको स्थानीय विहीबारे हटियामा दलितलाई प्रवेश गर्न दिइदैनथ्यो । त्यसको विरोधमा स्थानीय केही उत्साही युवाहरूको सहभागितामा उहाँले वि.सं. २००९ मा सो हटिया -बजार) मा दलितले पनि प्रवेश पाउनुपर्ने अडान राख्दै हटिया प्रवेश गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यतिमात्र होइन, बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भइसकेपछि पनि उहाँले मन्दिर प्रवेशका लागि कथित उपल्ला जातिको कठोर सामना गर्नुपरेको थियो । यसै सिलसिलामा, उहाँले वि.सं.२०५८ मा धनकुटाको छिन्ताङ् गाविसमा रहेको सो क्षेत्रको प्रशिद्ध जालपा देवी मन्दिरमा दलित प्रवेशका लागि सङ्घर्ष गर्नुभएको थियो । उहाँका अनुसार, सो मन्दिरमा दलित तथा महिलालाई प्रवेश अनुमति थिएन । त्यस प्रचलनविरुद्ध उहाँले सो मन्दिरमा दलित तथा महिला प्रवेश तथा सहभोजको आयोजना गरी कार्यक्रमको अगुवाइ र अध्यक्षता गर्नुभएको थियो । यसैगरी, सप्तरीमा स्थानीय चमारहरूले सिनो नफाल्ने काम गरेवापत चमारहरूलाई गरिएको दमन चर्चित "चमार काण्ड" मा चमारहरूको अधिकार निम्ति उहाँले सक्रिय योगदान दिनु भएको थियो जसको यहाँ उल्लेख्य गर्नु यहाँ वाञ्छिनीय हुनेछ । २०१४ सालमा नेपाल राष्ट्रिय दलित जनविकास परिषद्को सदस्य हुनुभएका भद्रमान घले २०३६ सालमा केन्द्रीय दलित परिषद्को सदस्य हुनुभएको थियो । २०३९ मा सो परिषद्को नाम परिवर्तन भई समाज कल्याण सङ्घमा परिणत भएपछि पनि उहाँले त्यसको पदभार लिनुभएको थियो । वि.सं. २०४७ सालमा उत्पीडित जातीय उत्थान मञ्च -उजाउ मञ्च) को उपाध्यक्ष हुनुभएका उहाँ वि.सं. २०५२ मा सो मञ्चलाई नेपाल दलित मुक्ति समाजमा नामाकरण गरिएपछि वि.सं. २०५४ मा त्यस समाजको धनकुटा जिल्ला अध्यक्ष र वि.सं.२०५५ देखि सल्लाहकार हुनुभयो । यसैगरी, वि.सं. २०५२ मा परियार सेवा समाजको केन्द्रीय सल्लाहकार हुनुभएका भद्रमान घले पछिल्ल्ाा दिन दलितका हकअधिकारका लागि एकताबद्ध प्रयासका निम्ति धनकुटामा स्थापना गरिएको दलित एकता समाजको अध्यक्षका हैसियतले समाज सेवामा सक्रिय रहनुभयो । वि.सं. २०१९ देखि २०२२ सम्म्ा स्वास्थ्यको खरावीले गर्दा भारतको सिम्लामा रहनुपरेकाले त्यसवेलामा उहाँको सामाजिक जीवन निष्त्रिmय रहेको पाइन्छ । वि.सं.२००४ देखि राजनीति र समाज सेवामा सक्रिय उहाँले खासै ठुलो सरकारी पद पाउनु भएको छैन तर जनतामा लोकपि्रय हुनुहुन्छ । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि मात्र उहाँले धनकुटा जिल्ला विकास समितिमा मनोनित सदस्य हुने अवसर पाउनु भएको थियो । उहाँले जनजागरण शिक्षाको प्रश्ािक्षक प्रशिक्षण तालिमलगायत मानवअधिकार, नेतृत्व विकासलगायतका विषयमा विविध तालिम लिनुभएको छ । वि.सं.२०५६ मा नेकपा एमाले धनकुटाबाट सम्म्ाानित हुनुभएका उहाँ, २०५९ चैत ६ गते राष्ट्रिय दलित आयोगबाट र यसअघि दलित जागरण मिडिया सेन्टरबाट सम्मानित हुनुभएको थियो । उहाँले नेपालका अधिकांश जिल्ला र भारतका केही प्रान्तको भ्रमण गर्नुभएको छ । समग्रमा नेपाली दलित आन्दोलन भद्रमान घलेजस्ता धेरैको योगदानमा नदीजस्तै बग्न सकेको हो । त्यो नदीबाट उहाँजस्ता खोलाहरूलाई क्रमशः बिर्सदै जाने हो भो त्यो नदी एकदिन अवश्य पनि बगरमा परिणत हुने छ । भद्रमान घलेलाई सम्मान गर्नुको अर्थ सिङ्गो दलित आन्दोलनलाई नै सम्मान गर्नु हो भन्ने कुरा राज्यले बुझ्न केही समय लागेपनि दलित आन्दोलन हाँकेकोमा गर्व गर्ने सो समुदायका युवाहरूले झट्टै बुझ्नु आवश्यक छ । « Go Back |
