- दलित समुदायको मुक्ति र जातजातिको अधिकार सुनिश्चित गर्नु आजको मूल चुनौित
- दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
- दलितको थर यात्रा
- नयाँ संविधानमा दलितका एजेन्डा
- दक्षिण एसियामा दलित समुदायको जीवनस्तर उठ्न नसक्दा देश विकासमा बाधा देखापरेको छ
- समतामूलक समाजको परिकल्पना र दलित महिला
- आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको
- गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
- सार्प भिल्ले विद्रोह ः जातिभेद विरुद्धको विश्व अठोट र नेपाल
- २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
- क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!
- अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
- बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
- मिथिला चित्रकला दलित महिलाको सहारा
- दलितबारे माओवादी
- दलितमुक्तिनिम्ति आर्थिक क्रान्ति
- दलित सभासद्हरू किन निस्क्रिय
- राज्य पुनःसंरचना र दलित
- दलित आयोग यसरी नै चल्ने !
- अन्तरजातीय विवाहको लागि घोषित एकलाख कहा पुग्यो ?
- दलित किन संघर्षमा लाग्ने ?
- कसले बोल्ने मधेसी दलितका लागि ?
- दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
- मानव अधिकार दिवसको औचित्य के ?
- वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
- अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
- संविधानले गैरदलितलाई जिम्मेवार बनाउनु पर्छ
- वर्तमान परिवेसलाई दलित क्रान्तिमा कसरी हेर्ने
- Feminism And Dalit Women In India
- जातीय गोलचक्करमा मधेस
- दलित आन्दोलनका भद्र भद्रमान
- झाडापखलाबाट मृत्यु हुनुमा को बढी जिम्मेवार ?
- समावेशी नेपालको अभ्यास : जग विनाको घर
- दलित र गैर-भौगोलिक संघीय एकाइ
- दलित आन्दोलनका सक्कली र नक्कलीहरु
- नयाँ संविधानमा दलितका मुद्दाहरुको न्यायोचित समावेशीकरण
- Federalism In Nepal
- अपुर्ण भूमिका दलित सभासदहरुको
- बाँदरलाई पगरी !
- नयाँ संविधान मा दलितले चाहेका कुरा
- मधेसी-दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल
- विभेद अन्त्यमा हाम्रो दायित्व
- सन्दर्भ २१ मार्च र जातिय विभेद
- राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Articles » समावेशी नेपालको अभ्यास : जग विनाको घर |
||
| समावेशी नेपालको अभ्यास : जग विनाको घर
Posted: August 10, 2009 प्रकाशचन्द्र परियार* Email: prakashktv@gmail.com पंचायतकालमा एकजना हिरालाल विश्वकर्मा सहायक मन्त्री वन्दा िसंगो नेपाललै हल्लिएको थियो राजाले कामीको छोरालाई पनि मन्त्री वनाए भन्ने चर्चा परिचर्चाले दरवारको खोपी देखि पानि पधेंरो सम्म खल्बलाएको थियो । प्रजातन्त्र पुनस्थापना भए पछि कांग्रेस एमालेले दलितको प्रतिनिधित्व गराउनु पर्ने सवाललाई आवश्यकै ठानेनन् । हिरालाल पछि झण्डै विस वर्षको अन्तरालमा प्रकाश चित्रकार परियारलाई राजाकै शासनमा सहायक मन्त्रि वनाए पछि फेरि शुरु भयो ्रवन्चित सुमदायलाई दलहरुले उपेक्षा गरे पनि राजाले समेटे भन्ने एकथरी दलितको रटाई । नभन्दै कांग्रेस एमालेले दलितलाई मन्त्री मण्डलमा समेट्न शुरु गरे । कांग्रेसले नेतृ शैलजा आचार्यलाई उपप्रधानमन्त्री वनायो । राज्यको प्रमुख अंगमा सवैभन्दा ठुलो पदधारी अहिले सम्मकै महिलाको नाम खोज्दा स्वर्गीय आचार्य अग्रपंत्तिमा आईहाल्छिन । राजाकै पालामा मधेसी समुदायका बद्रीप्रसाद मण्डल उपप्रधानमन्त्री वनाईए । राष्ट्रपति डाक्टर रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा निर्वाचित हुनु भन्दा अघि सम्म मण्डलको नाम अग्रपंक्तिमा थियो । अल्पसंख्यक मुस्लिम समुदायका डाक्टर मोहम्मद मोहसिन राष्ट्रिय सभाका अध्यक्ष र पछि संचारमन्त्री वने । दोश्रो जनआन्दोलन पछि उपप्रधानमन्त्री वनेका अमिक शेरचन जनजाति समुदायवाट उपप्रधानमन्त्री हुने शौभाग्यशाली व्यक्ति हुन । संविधानसभा अध्यक्षमा निर्विरोध निर्वाचित सुभाष नेम्वाङ जनजाति समुदायवाट शिर्षस्थ पद हासिल गर्ने पछिल्लो उदाहरण हुन । राष्ट्रिय सभाका उपाध्यक्षमा रामप्रीत पासवान र कांग्रेस एमाले र माओवादीका तर्फवाट क्याबिनेट मन्त्री वनेका मान वहादुर विश्वकर्मा छविलाल विश्वकर्मा र खड्गवहादुर विश्वकर्मानै अहिले सम्मकै सवैभन्दा ठुलो पदमा आसिन दलित समुदायका प्रतिनिधि मानिन्छन । नेपालको प्रथम राष्ट्रपतिमा डाक्टर रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भए पछि नेपालको सर्वोच्च स्थानमा दुई मधेसी समुदायका व्यक्तिहरु पुगेर किर्तीमान राखेकामात्रै छैनन एकजातिवाद पनि तोडिएको छ । जातिय तथा समुदायका हिसावले मात्र होईन उनीहरु ऐतिहासिक हिसावका धेरै कोणवाट अघिल्लो पंक्तिको ईतिहास कायम गर्न सफल भए । अझै पनि नेपालमा दलित महिलामधेसी जनजाति ४ वटै वंचित समुदायका व्यक्तिहरु प्रधानमन्त्री वने भने समुदायकै तर्फवाट पहिलो हुने छन । रोचक कुरा त अव दलित समुदायवाट उपप्रधानमन्त्री वने पनि उनीहरु इतिहासमै पहिलो पटक हुनेछन् । प्रधानमन्त्री राष्ट्रपति र उपराष्ट्रपति त टाढाको कुरा । आए अल्पसंख्यक दलित एवं मधेसी महिला समावेशी अभ्यासको सवैभन्दा ठुलो किर्तीमानी प्रयाश माओवादीले अन्तरिम संसदमा पठाएका सांसदहरुनै हुन । जहा नेपालको ईतिहासमै पहिलो पटक संसदमा दलित महिला मुसहर अपांङ कुर्मी भुजेल दनुवार र माझी समुदायका सदस्यहरुले प्रवेश गरेका थिए । अझ संविधानसभामा त चेपाङ उराउकुमाल वाँतर दुरा ताजपुरियाचमार लगायतका अल्पसंख्यक तथा वन्चित समुदायका प्रतिनिधिहरुको सहभागिताले संविधानसभालाई विविधताको संगम मात्र वनाएन समुदायका हिसावले धेरैलाई पहिलो वन्ने शौभाग्य समेत उपलब्ध गरायो । राष्ट्रिय सभामा दुईजना मात्र दलित समुदायका सदस्यको प्रतिनिधित्व हुँदा पनि मख्ख पर्न वाध्य दलितहरु अहिले संविधानसभामा ५० जना सभासदका साथ गम्किएका छन् । उनीहरु अझै जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुन सकेन भन्दै आफ्ना मागलाई चर्का रुपमा अघि सारिरहेका छन् । दलित नेता पदम सुन्दास संख्यात्मक प्रतिनिधित्वनै नपुगेको भन्दै गुणात्मक सहभागिताको माग अझै जारी रहेको वताउनु हुन्छ । अझै पनि दलित समुदायका आधा दर्जन जाति र आधा दर्जननै जनजातिका सदस्यहरु राष्ट्रिय महत्वको उच्च पदमा पुग्न सकेका छैनन । कुरा जताततै समावेशीको दलित महिलामधेसी आदिवासी जनजाति र अल्पसंख्यकको प्रसंग ननिकाली राजनीतिक दलका नेताहरुको भाषणै नविक्ने र एनजिओ आईएनजिओको प्रोजेक्टै नचल्ने भईसकेको छ । वषौदेखि राज्यको मुलधारमा हालीमुहाली जमाएर वसेका जाति वर्ग र समुदायले माओवादीलाई आरोप लाउन छाडेका छैनन हेरौ न उनीहरुले आफ्नो सत्तामा यसलाई कसरी सम्वोधन गर्लान जस्ता यावत कुराहरुलाई लिएर । कतिपय यथास्थितिवादीहरु त यी सवै उचाल्ने एनजिओ आईएनजिओ हुन भन्दै दातृ निकायलाई खोईरो खनेर पन्छिरहेका छन् । समावेशी अभ्यास गलत हो त अनुचित माग हो र चाहिने भन्दा वढी पो भो कि गहिरीएर प्रतिकृया दिनेहरुको संख्या न्युन छ भने ठुलो जमातले यसलाई भित्री रुपमा स्वीकार्नै सकेको छैन । तथापी समावेशी अभ्यास राज्यको केन्द्रीकृत संरचनाको अन्त्यका लागि भएको शुरुवाती मात्र भएको मान्नु हुन्छ अधिवक्ता रत्नवहादुर वाग्चन्द । उहाको भनाई छ राज्यले माफि माग्ने र क्षतिपूर्ती स्वरुप विशेष अधिकार दिने घोषणानै नगरेको अवस्थामा रमाइहाल्नु पर्ने अवस्था छैन । आवधिक र वैज्ञानिक आरक्षण दलित महिला मधेसी र आदिवासी जनजातिहरुले अघि सार्दै आएको आरक्षणको माग प्रारम्भिक चरणको अभ्यासमा आईसकेको छ । संविधानसभाको समानुपातिक प्रणाली अन्तर्गत उनीहरुलाई अनिवार्य समेटनु पर्ने प्रावधाननै आरक्षणको प्रारम्भ हो नत्र संविधानसभामा ५० जना दलितको न प्रतिनिधित्व सम्भव थियो न त िसंगो नेपालमा करिब ६ हजारको हाराहारीमा रहेका दुरा समुदायका सदस्य सभासद् हुन सक्थे । नया संविधानमा आरक्षणको व्यवस्था हुनेमा कुनै शंका छैन तर आरक्षणको स्वरुपप्रावधान वर्गिकरणक्षेत्राधिकार र समय सिमाको भने वैज्ञानिक तरिकाले टुंगो लगाउन चुक्नु नहुने मान्यता राख्नुहुन्छ जनजाति महासंघका अध्यक्ष तथा सभासद पासाङ शेर्पा । राज्य पुनसंरचना आयोगले सवै वन्चित जाति क्षेत्र तथा समुदायको साझा भावनालाई स्वीकार गर्दै आधुनिक नेपाल सुहाउदो आरक्षणलाइ राज्यले अवलम्वन गर्नु पर्ने भनाई शेर्पाको छ । सामाजिक सद्भाव र जातिय सहिष्णुता जातिय धार्मिक र क्षेत्रिय विभेदको शिकार वनेका नेपाली वन्चित समुहले एकात्मक केन्द्रीकृत शासन प्रणालीको थिचोमिचोलाई वाध्यात्मक स्वीकार गर्दै भए पनि सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई उचो वनाउदै आएका थिए । नया संरचना निर्माण र रुढीगत तथा अवैज्ञानिक परम्परा रितीरिवाज र कुरीति विरुद्ध संगठीत जागरण अभियानका शिलशिलामा कहि कतै सुमधुर जातिय समिश्रणमा नकारात्मक प्रभाव नपरेको होईन तर मधेसीका कुरालाई राष्ट्र विखण्डन दलितका सवाललाई सामाजिक सदभावमा खलल तथा जनजातिका प्रसंगलाई अपव्याख्या र महिलाका मागलाई उपेक्षा गर्ने सोचमा ठुलो परिवर्तन आईसकेको छैन । राज्यको शासकिय स्वरुप निर्धारण समितिका सभापति शम्भुहजरा पासवान समावेशी मुद्धालाई आत्मसात् नगरे सम्म हरेक कुरालाई सामाजिक र साम्प्रदायिक रंगले हेरिरहने प्रवृत्ति फस्टाईरहे सम्म परिवर्तनको आभाष पाउन निकै कठिन हुने वताउनु हुन्छ । समावेशी भित्रको समावेशी समावेशी र आरक्षणका सवालमा संवेदनशील नवन्ने हो भने आरक्षण वन्चित समुदाय भित्रका पनि टाठावाठाका लागि मात्रै रजाई हुनेमा कुनै शंका छैन । दलित महिला मधेसी आदिवासी जनजाति अल्पसंख्यक र पिछडीएको क्षेत्रकालाई आरक्षण दिदा अथवा समावेशी गर्दा सवै भन्दा पछि परेका दलित दलितभित्र पनि दलित महिला र दलित महिला भित्र पनि मधेसी अपाङ र पिछडीएको क्षेत्रका दलित महिलालाई प्राथमिकता दिनु पर्ने प्रावधानको कानुनी व्यवस्था सुनिश्चित नहुन्जेल लक्षित समुदायको उत्थान असम्भव छ । परराष्ट्र सम्वन्ध तथा मानव अधिकार समितिका सभापति पद्मलाल विश्वकर्मा आरक्षण र समावेशीका सवालमा प्राथमिक सुचि निर्धारण नगरी अघि वढ्दा वन्चित समुदाय केन्द्रीत आरक्षणको लक्ष्य पूरा हुनेमा शंका गर्नु हुन्छ । उहाको भनाई छ यसले त फेरि वन्चित समुदायमा नैराश्यता ल्याउन सक्छ । छुवाछुत अव सामाजिक समस्या रहेन विसंगतीप्रति समयमै सचेत दलितका नाममा आएका सानातिना राहत कार्यक्रमदेखि उच्च शिक्षा अध्ययनका लागि छुट्याईएका छात्रवृत्तिहरुमा गैर दलितहरुले दुरुपयोग गर्ने चलन शुरु भई « Go Back |
