More Articles
- सेते दमाईको हत्या घटनाले खर्चेको हाम्रा दश दिन
- छुवाछूत ज्यूँका त्यूँ
- बाबा दलित भनेको के हो ?
- कांग्रेस महाधिवेशन र दलित
- आरक्षणः अपव्याख्याको एक खण्ड
- हामी जातमा कम्युनिष्ट व्यवहारमा वाहुनिष्ट
- दलित समुदायको मुक्ति र जातजातिको अधिकार सुनिश्चित गर्नु आजको मूल चुनौित
- दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
- दलितको थर यात्रा
- नयाँ संविधानमा दलितका एजेन्डा
- दक्षिण एसियामा दलित समुदायको जीवनस्तर उठ्न नसक्दा देश विकासमा बाधा देखापरेको छ
- समतामूलक समाजको परिकल्पना र दलित महिला
- आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको
- गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
- सार्प भिल्ले विद्रोह ः जातिभेद विरुद्धको विश्व अठोट र नेपाल
- २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
- क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!
- अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
- बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
- मिथिला चित्रकला दलित महिलाको सहारा
- दलितबारे माओवादी
- दलितमुक्तिनिम्ति आर्थिक क्रान्ति
- दलित सभासद्हरू किन निस्क्रिय
- राज्य पुनःसंरचना र दलित
- दलित आयोग यसरी नै चल्ने !
- अन्तरजातीय विवाहको लागि घोषित एकलाख कहा पुग्यो ?
- दलित किन संघर्षमा लाग्ने ?
- कसले बोल्ने मधेसी दलितका लागि ?
- दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
- मानव अधिकार दिवसको औचित्य के ?
- वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
- अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
- संविधानले गैरदलितलाई जिम्मेवार बनाउनु पर्छ
- वर्तमान परिवेसलाई दलित क्रान्तिमा कसरी हेर्ने
- Feminism And Dalit Women In India
- जातीय गोलचक्करमा मधेस
- दलित आन्दोलनका भद्र भद्रमान
- झाडापखलाबाट मृत्यु हुनुमा को बढी जिम्मेवार ?
- समावेशी नेपालको अभ्यास : जग विनाको घर
- दलित र गैर-भौगोलिक संघीय एकाइ
- दलित आन्दोलनका सक्कली र नक्कलीहरु
- नयाँ संविधानमा दलितका मुद्दाहरुको न्यायोचित समावेशीकरण
- Federalism In Nepal
- अपुर्ण भूमिका दलित सभासदहरुको
- बाँदरलाई पगरी !
- नयाँ संविधान मा दलितले चाहेका कुरा
- मधेसी-दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल
- विभेद अन्त्यमा हाम्रो दायित्व
- सन्दर्भ २१ मार्च र जातिय विभेद
- राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Articles » हामी जातमा कम्युनिष्ट व्यवहारमा वाहुनिष्ट |
||
| हामी जातमा कम्युनिष्ट व्यवहारमा वाहुनिष्ट
Posted: September 14, 2010 ![]() -सरोजदिलु विश्वकर्मा काल्स्र माक्स्र र फेडरिक एंगेलसले स्थापित गरेको कम्युन र हेगेल्स्ले प्रतिपादन गरेका द्धन्दवाद र फायरवाखले जन्माएको भौतिकवाद अत्यन्तै सुन्दर वैज्ञानिक दर्शन र श्रमजीविहरुको चीरकालीन हतियार हुन् । त्यसैको धरातलमा टेकेर ठूला ठूला र विश्वस्तरीय समाजशास्त्र बनेका छन् । जसले उत्पीडित सर्वहारा जनलाई हार्ने आधार दिएको छैन भने जित्नका लागि संसार दिएकेा छ । जसले धनी गरिववीचमा द्धन्द मात्र होईन सामाजश्यता पनि श्रृजना गर्दछ । जसले जातीय विभेदलाई नर्कादै विविधता र संस्कृतिको पनि रक्षा गर्दछ । यसैले कम्युन दर्शन महान र अजर छ भन्ने कुरालाई नकार्न सकिदैंन । तर आफूलाई कम्युनिष्ट भन्नेहरुले स्वयंम्लाई ब्यवहारिक कम्युनिष्ट नबनाउँदा र तिनको वैयक्तिक आचरणले विश्व परिदृश्यबाट कम्युन ब्यवस्था लोप हुनसक्ने खतरा रहेकेा छ । नेपालमा कम्युन ब्यवस्थाको कुरा गरेकेा ६० वर्ष नाघिसकेछ । यसवीचमा हामीले धेरैपल्ट वैठक बस्यौ मुक्तिका गफ चुट्यौं कम्युनहरुको संगठन बनायौं पुनगर्ठन मात्रै गर्यौं । नेता उपनेता सहनेता अध्यक्ष र महासचिव मात्र बन्यौ तर वास्तविक राजनेता बन्नैसकेनौ । जसको नाममा हामीले राजनीति गर्यौैं ती श्रमजीवि जनतालाई केही दिनसकेनौं । हामीले माक्स्रवाद लेनीनवाद र माओवादका मोटामोटा पुस्तक लेख्यौं कार्यकर्ता भेट्यो कि ती शास्त्रहरु पढाउन शुरु गरिहाल्यौं तर ती दर्शनहरुलाई ब्यवहारमा कहिल्यै प्रयोग गर्नैसकेनौ । हाम्रा हजुरबा जिजुबाहरुले थालनी गरॆको अभियान हामीसम्म आइपुग्दा सारमा परिवर्तन भएपनि रुपमा उस्तैउस्तै । कम्युनिष्टका अद्धैताहरुले भने- हामी धनि-गरिव मान्दैनौ किसान मजदुरहरु श्रमजीविहरुको शासनसत्ता स्थापना गर्न चाहन्छौ । तिनले भनेथे- हामी संसारमा महिला र पुरुष भन्ने दुई जातिमात्र भएको देख्न चाहन्छौ । जहाँ पुरुषले धर्तिलाई बोक्नेछ महिलाले आकाशलाई थेग्नेछ । आजका हामी कम्युनिष्टहरु फेरिपनि वर्ग उन्मुलनकै कुरा गर्दैछौं सांस्कृतिक रुपान्तरणकै गीत गाउँदैछौं । जातीय मुक्तिका ढोल धेरै बजाइसक्यौं तर गैरदलित बस्तीमा दलित कार्यकर्तालाई ुएकक्षण हैु भन्दै बाहिर राखेर भित्र पसी भात गोद्यौ । हामी आज पनि कुलघराना गोत्र अनुसारका नाता-कुटुम्व रोज्दैछौं राणा र पाचायतका अवशेषकारुपमा अमेरिका युरोपमा लुकेका अर्थात त्यो स्टाण्डार्डका ज्वाई र बुहारी खोज्दैछौं । समाजले स्वीकार्दैन रे हजुरवाले पिण्ड पाउदैनन् रे हजुरआमा स्वर्ग जान्नन् रे कुन कुल-खान्दानीको रे हामी जनै-चन्दन लगाएर यस्तैयस्तै भजन गाउँदैछौं । हामीले साम्राज्यवादको धुरन्धार विरोध गर्यौं सामन्तवादलाई मुर्दावाद भन्यौं तर खोजीखोजी तिनै सामन्त र वुर्जुवासंगको वरवधुको सांस्कृतिक सम्वन्धलाई नै रोज्यौं । यो आचरणका नेता कार्यकर्ताले न हामी समाजवाद स्थापना गर्नसक्छौं न त साम्यवादमा पुग्न । वरु वर्तमान राज्यब्यवस्थालाई समेत विघठन गरी असफल राष्ट्रमा दरिनसक्छौं । वाहुनिष्ट संस्कार नै हाम्रा लागि घातक छ । जवकि यस्ता वाहुनिष्टहरुमा माक्स्र र माओले भनेजस्तो आर्थिक सामाजिक र सांस्कृतिक सम्वृद्धीको आचरण नै छैन भनेपनि हुन्छ । भएकाहरुलाई समेत दृष्टिकोण नभएकाहरुले चौघेरामा पारेर बढ्नै दिएनौँ । हामीमा समुहको लागि भन्दा बैयक्तिक स्वार्थ अहम् हुन्छ पद्को अत्याधिक लोभ हुन्छ । राष्ट्रको लागि वलिदानी दिनेभन्दा एउटा झुण्डमा बसेर खानैका लागि मर्ने लालसा हुन्छ हामी असुरवंशीका वाहुनिष्टहरुमा । न अरुसंग मिल्नसक्छौं न अरुलाई मिलाउन । वरु एउटा-एउटा कुनामा बसेर आआफ्ना विचार र आदर्शका खातापाता लिएर नेपाली जनतामाथि जजमानी गरिरहेका छौं चाहे हामी माओवादी हौं या माले एमाले वा जनमोर्चा वा नेमकिपा । चाहे सत्तामा बसेका कम्युनिष्ट हौं या सत्ता बाहिर बसेर खुट्टा तान्दै गरेका राताराता मालामाल भएर अर्को उच्च बर्ग हुने धन्दा चलाउँदैछौं । सत्ता विलासिता पैसा र हुकुम गर्ने अनि हुकुम वमोजिम अन्यले मानिदिनु पर्ने नयाँ जाति खडा गर्दैछौं । यस कारणले यो नयाँ जाति र परिवर्तन खोजिरहेका पुराना जाति अनि यो नयाँ वर्ग र मुक्ति चाहने पुराना वर्गवीचमा गहिरो दरार पर्दैछ । त्यसैले पहिले आफैंलाई हेरौं- हामी जातका कम्युनिष्ट कि ब्यवहारका वाहुनिष्ट ! हामी कम्युनिष्टहरुले वर्ग समानताका कुरा उठायौ तर तल्ला वर्गलाई पुलिस र सेनाको त्रास श्रमको भार महंगीको कहिल्यै नीको नहुने रोग दियौं । यसको ठिक विपरीत निरन्तर झण्डा बोक्ने र डण्डा खाने कार्यकर्तालाई आजको छाक कसरी टार्यौै भनेर कहिल्यै सोधेनौ वरु ुराजनीतिु शब्द सुन्दै झ्याऊ लाग्ने ने।s।पा।sाे पुरा स्वरुप नजान्ने आआफ्ना भाइभतिजा नातागोता नोकरचाकर हुक्के-चिलिमेहरुलाई अवसरहरु दिदैं आयौं । कार्यकर्तालाई पुँजीवाद होईन है समाजवाद र साम्यवाद भन्ने तर स्वयंम् चै सामन्ती पुँजीवादको भकारी कहाँ फेलापर्छ भनेर चाहर्दै हिड्नेहरु हामीले सहिदका नाममा हजारौ मिनेट मौनधारण गरिसक्यौं जनआन्दोलनका घाइतेप्रति लाखौंपल्ट शीरनतको नाटक रच्यौं तर बाटोमा लम्पसार परेर मागीरहेका ती घाईतेलाई देख्दा मुन्टो लुकाएर कुलेलाम् ठोक्यौं भने के हामी कम्युनिष्ट हौं त हो हामी वातमारा र भातमारा कम्युनिष्ट भयौं तर जात र ब्यवहारका भएनौ । गोाजालोले पेरुभेली जनतालाई कम्युनिष्ट भन्नासाथ थुकिनुपर्ने स्थितीसम्म पुर्याए । गोर्भाचोभले रुसी जनतालाई राष्ट्रको विखण्डन गर्नुपर्छ भन्ने मनस्थितीसम्म पुर्याए । पोलपोट्ले कम्युनिष्टहरु िहंस्रक मात्र हुन्छन् भन्ने गराए । आज नेपाली जनताहरु पनि कम्युनिष्टदेखि आजिद हुनथालेका छन् । किनकी जुन सपना र समर्पण बोकेर नेपाली जनताहरु कम्युनवादमा समाहित भए तिनका सदिच्छाहरु कुनै पुरा हुनसकेनन् । वरु बात र भातका पुरेत्याँईं गर्ने केही नेताहरु आर्थिकरुपमा मालामाल सामाजिकरुपमा सुरक्षित र राजनीतिकरुपमा चीरस्थायी बने । तिनले अन्ततः यही नै मुक्ति हो भन्ने भ्रमसमेत श्रृजना गरिरहेका छन् । यसलेगर्दा सर्वहारा जनताहरुले अव हामी कम्युनिष्ट नेता-कार्यकर्ताको गन्ध पाउनासाथ छेऊ लाग्नुपर्ने स्थिती आउन थालेको छ । यसर्थ नेपालको परिप्रेक्षमा माक्स्रवादी लेनीनवादी वा माओवादी सिद्धान्तहरु ब्ााहुनिष्टहरुको नयाँ धोती र टोपी फेर्ने हरिओम् तस्तम्तस्तम् झैं एउटा पानी-मन्तरमा रुपान्तरण हुँदैछ । नेपालका कम्युनिष्टहरु एकएक विचारका भट्टीमा बसेर बोकाको टाउको देखाँउदै ब्वाँसोको मासु बेचिरहेका छन् । परिणामतः ६२ प्रतिशत कम्युनिष्टहरु यो मुलुकमा रहेता पनि श्रमजीविहरुले न्याय पाउदैनन् । न्याय माग्न जाँदा जावो एउटा लिखुरे पुलिसले सातो लिन्छ । बाटो हिड्ने निदेर्ाष भरियाको थाप्लामा धनिले झ्यालबाट थुकेको थुक परिरहेको छ । हामी भित्रै मन परेका र माया गरेकासंग जुनी काट्न जातीय र वर्गीय दरार कायम राखिएको छ । अनि केकेा वर्ग समानता के सार्वभौम केको आत्मसम्मान हो माक्स्रवाद लेनिनवाद र माओवाद भनेको कक्षा टप्ने शैक्षिक कोस्र थिएन ब्यवहारिक प्रयोग गर्दै श्रमजीवि जनतालाई साम्यवादको गन्तब्यमा पुर्याउने अचुक मन्त्र थियो जसलाई ब्यवहारमा नै प्रयोग गर्नुपर्दछ । तसर्थमा कम्युन ब्यवस्था संसारकै सुन्दर पद्धति हो । नेपालको सन्दर्भमा समेत कम्युन ब्यवस्था नै हावापानी सुहाउँदो ब्यवस्था हो । तर विडम्वना वाँदरको हातमा नरिवल ! नयाँ समयको खोजीमा संघर्षरत हामी कम्युनिष्टहरु विश्वमा भएका परिवर्तनका द्योतक बन्नै सकेनौ । जवकि हरेक कम्युनिष्टहरुमा बाहुनिष्ट सामन्तवादको कीला गाडिएको छ जातिवादी उच्चताको टुप्पी ठडिएकै छ । जसले आफ्ना भाषणमा विश्व हल्लाउने आदर्शका कुरा खोकेता पनि ब्यवहारमा उसले आफैंलाई परिवर्तन गरेको छैन । आफूले बोले मात्रै संसार पुण्य हुन्छ भन्ने मानसिकता राख्ने तर आफू डेग नचल्ने भएपछि कुनै परिवर्तनकेा कल्पना गर्न सकिन्न । अर्थात यो मुलुकमा हामीजस्ता आचरण भएका जनै र टुप्पीवादी वाहुनिष्टहरु रहेसम्म रुपान्तरणको कुनै सम्भावना देखिन्न । फलतः संसार बदल्ने समय ल्याउँछौ भन्ने हामीहरु आज मुलुकको प्रधानमन्त्री चुन्न नसकेर समयलाई बर्वाद गरिरहेका छौं । « Go Back |


