- सेते दमाईको हत्या घटनाले खर्चेको हाम्रा दश दिन
- छुवाछूत ज्यूँका त्यूँ
- बाबा दलित भनेको के हो ?
- कांग्रेस महाधिवेशन र दलित
- आरक्षणः अपव्याख्याको एक खण्ड
- हामी जातमा कम्युनिष्ट व्यवहारमा वाहुनिष्ट
- दलित समुदायको मुक्ति र जातजातिको अधिकार सुनिश्चित गर्नु आजको मूल चुनौित
- दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
- दलितको थर यात्रा
- नयाँ संविधानमा दलितका एजेन्डा
- दक्षिण एसियामा दलित समुदायको जीवनस्तर उठ्न नसक्दा देश विकासमा बाधा देखापरेको छ
- समतामूलक समाजको परिकल्पना र दलित महिला
- आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको
- गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
- सार्प भिल्ले विद्रोह ः जातिभेद विरुद्धको विश्व अठोट र नेपाल
- २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
- क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!
- अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
- बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
- मिथिला चित्रकला दलित महिलाको सहारा
- दलितबारे माओवादी
- दलितमुक्तिनिम्ति आर्थिक क्रान्ति
- दलित सभासद्हरू किन निस्क्रिय
- राज्य पुनःसंरचना र दलित
- दलित आयोग यसरी नै चल्ने !
- अन्तरजातीय विवाहको लागि घोषित एकलाख कहा पुग्यो ?
- दलित किन संघर्षमा लाग्ने ?
- कसले बोल्ने मधेसी दलितका लागि ?
- दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
- मानव अधिकार दिवसको औचित्य के ?
- वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
- अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
- संविधानले गैरदलितलाई जिम्मेवार बनाउनु पर्छ
- वर्तमान परिवेसलाई दलित क्रान्तिमा कसरी हेर्ने
- Feminism And Dalit Women In India
- जातीय गोलचक्करमा मधेस
- दलित आन्दोलनका भद्र भद्रमान
- झाडापखलाबाट मृत्यु हुनुमा को बढी जिम्मेवार ?
- समावेशी नेपालको अभ्यास : जग विनाको घर
- दलित र गैर-भौगोलिक संघीय एकाइ
- दलित आन्दोलनका सक्कली र नक्कलीहरु
- नयाँ संविधानमा दलितका मुद्दाहरुको न्यायोचित समावेशीकरण
- Federalism In Nepal
- अपुर्ण भूमिका दलित सभासदहरुको
- बाँदरलाई पगरी !
- नयाँ संविधान मा दलितले चाहेका कुरा
- मधेसी-दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल
- विभेद अन्त्यमा हाम्रो दायित्व
- सन्दर्भ २१ मार्च र जातिय विभेद
- राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Articles » दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन |
||
| दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
Posted: June 25, 2010 उमेश विश्वकर्मा हाम्रो देशको दलित आन्दोलनले ६ दशक लामो यात्रा पूरा गरिसकेको छ । ठूला-ठूला राजनैतिक परिवर्तनहरुमा दलित समुदायले अग्रणी भूमिका निर्वाह गरेको तथ्य छर्लङ्ग छ । दलित समस्या समाधान गर्न नचाहने यथास्थितिवादीहरुले यसलाई स्वीकार गर्न र पचाउन सकेका छैनन् । जहाँनिया राणा शासनविरोधी आन्दोलन निरङ्कुश निर्दलीय तानाशाही पाचायती व्यवस्थाविरोधी संघर्षमात्र होइन २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा पन्ध्र प्रतिशत दलितहरुले सहादत प्राप्त गरेको इतिहास साक्षी छ । २०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा माओवादी ले साचालन गरेको सशस्त्र जनयुद्धको पहिलो सहिद दलित नै हुन् भने एघार सयभन्दा बढी दलितले माओवादी जनयुद्धमा ज्यान गुमाए । सत्यता के हो भने व्यवस्था परिवर्तनका आन्दोलनहरुमा दलित समुदायको उपस्थिति र सहभागिता उल्लेख्य थियो र छ ।
यिनै आन्दोलनका उपलब्धिस्वरुप राज्य शक्तिको हिस्सेदार हुने अधिकारको
सन्दर्भलाई राज्यले ठाडै अस्वीकार गर्ने अवस्था भने अहिले छैन । आन्दोलन
यहाँ आइपुग्दा पनि दलित समस्यालाई एकै ढङ्गले बुझ्ने र व्याख्या गर्ने
तरिका चाहिँ गलत छ । दलित समस्याका सन्दर्भमा असमान धारणा सोंच भिन्न
दर्शन मूल्य-मान्यता भएका शक्तिहरुका बीचमा समान धारणा बनिहाल्ने कुरा पनि
त्यति सहज छैन । यो अवस्था समस्या समाधानको तगारो बनिरहेको छ । यस्ता
खालका प्रवृत्तिहरु दलित आन्दोलनका निम्ति फलामको चिउरा चपाउनुबराबर नै
भइरहेको छ । केही राजनैतिक मुद्दाबाहेक दलित संगठनहरुका बीचमा चाहिँ समान
धारणा बनेको आभाष हुन थालेको भए पनि व्यवहारमा देखिएको छैन । एक थरीले
दलित समस्यालाई सांस्कृतिकरुपमा छुवाछुतलाई मात्रै बुझेका छन् भने अर्का
थरीले यसलाई वर्गीय समस्याका रुपमा मात्रै बुझेका छन् । यी दुवै बुझाइ
पूर्ण छैनन् । यसलाई तोड्न जरुरी छ । तोड्नका लागि दलित आन्दोलन कि्रयाशील
पनि छ । साँचो अर्थमा राजनैतिक आर्थिक प्रशासनिक सांस्कृतिक र सामाजिक
समस्याहरुको समग्र रुप नै हाम्रो समाजमा सदियौंदेखि कायम रहेको दलित
समस्या हो भन्ने विषयमा समान बुझाइ हुन जरुरी छ । त्यस कारण राजनीति
रोजगारी शिक्षा स्वास्थ्य भूमिलगायत राज्यको तल्लो निकायदेखि माथिल्लो
तहसम्म समावेशीकरणका साथै समानुपातिक प्रतिनिधित्वलाई सैद्धान्तिकरुपमा
उठाएर मात्रै पुग्दैन । व्यावहारिक कार्यान्वयको खाँचो राज्यको पुनःसंरचना
गरी राज्य र राजनैतिक दलहरुलाई पूर्णरुपमा समावेशी बनाउन परम्परागत ढंगबाट
साचालन हुँदै आएको समाजलाई रुपान्तरण गर्नुपर्छ भन्ने मुद्दा चर्को बहसको
विषय बन्यो । यो विषयलाई स्थापित गर्न थोरै भए पनि दलित आन्दोलन सफल नै
भएको मान्नु पर्दछ । उपभोक्तावादी चिन्तनबाट ग्रसित राज्य प्रणालीमा
प्राकृतिक साधन र स्रोतमाथिको पहुँचबाट विाचत गरिएको दलित समुदायलाई
अधिकार सम्पन्न बनाउन घोषित वा अघोषितरुपमा साचालन भइरहेको दलित आन्दोलनले
सामन्ती उत्पादन र असमान वितरण प्रणालीविरुद्ध दलित समुदायलाई जागरुक
बनाउने र सामाजिक विकृति-विसंगतिविरुद्ध लड्न दलित समुदायलाई सचेत र
संगठित गराउन एक हदसम्म आन्दोलन सफल नै भइरहेको छ । « Go Back |
