More Articles
- सेते दमाईको हत्या घटनाले खर्चेको हाम्रा दश दिन
- छुवाछूत ज्यूँका त्यूँ
- बाबा दलित भनेको के हो ?
- कांग्रेस महाधिवेशन र दलित
- आरक्षणः अपव्याख्याको एक खण्ड
- हामी जातमा कम्युनिष्ट व्यवहारमा वाहुनिष्ट
- दलित समुदायको मुक्ति र जातजातिको अधिकार सुनिश्चित गर्नु आजको मूल चुनौित
- दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
- दलितको थर यात्रा
- नयाँ संविधानमा दलितका एजेन्डा
- दक्षिण एसियामा दलित समुदायको जीवनस्तर उठ्न नसक्दा देश विकासमा बाधा देखापरेको छ
- समतामूलक समाजको परिकल्पना र दलित महिला
- आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको
- गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
- सार्प भिल्ले विद्रोह ः जातिभेद विरुद्धको विश्व अठोट र नेपाल
- २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
- क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!
- अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
- बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
- मिथिला चित्रकला दलित महिलाको सहारा
- दलितबारे माओवादी
- दलितमुक्तिनिम्ति आर्थिक क्रान्ति
- दलित सभासद्हरू किन निस्क्रिय
- राज्य पुनःसंरचना र दलित
- दलित आयोग यसरी नै चल्ने !
- अन्तरजातीय विवाहको लागि घोषित एकलाख कहा पुग्यो ?
- दलित किन संघर्षमा लाग्ने ?
- कसले बोल्ने मधेसी दलितका लागि ?
- दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
- मानव अधिकार दिवसको औचित्य के ?
- वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
- अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
- संविधानले गैरदलितलाई जिम्मेवार बनाउनु पर्छ
- वर्तमान परिवेसलाई दलित क्रान्तिमा कसरी हेर्ने
- Feminism And Dalit Women In India
- जातीय गोलचक्करमा मधेस
- दलित आन्दोलनका भद्र भद्रमान
- झाडापखलाबाट मृत्यु हुनुमा को बढी जिम्मेवार ?
- समावेशी नेपालको अभ्यास : जग विनाको घर
- दलित र गैर-भौगोलिक संघीय एकाइ
- दलित आन्दोलनका सक्कली र नक्कलीहरु
- नयाँ संविधानमा दलितका मुद्दाहरुको न्यायोचित समावेशीकरण
- Federalism In Nepal
- अपुर्ण भूमिका दलित सभासदहरुको
- बाँदरलाई पगरी !
- नयाँ संविधान मा दलितले चाहेका कुरा
- मधेसी-दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल
- विभेद अन्त्यमा हाम्रो दायित्व
- सन्दर्भ २१ मार्च र जातिय विभेद
- राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Articles » दलितको थर यात्रा |
||
| दलितको थर यात्रा
Posted: June 22, 2010 कमल नेपाली यो पंक्तिकार एक जना अर्धबैंसेसँग हिँड्दै थियो । हाम्रो अघिअघि तिनै अर्धबैंसेकै उमेरका लाग्ने एक व्यक्ति ट्रक बिर्साउने गरी माल लादिएको साइकल डोर्याइरहेका थिए । "थरतिर कोल्टे फेर्दा जातबाट फरार भएको आरोप स्वजातिबाटै खेप्नुपर्दछ । उता दलित बाहुनमा मिसिन आँटे भन्ने पिरलोले बाहुनवादीहरुलाई सताइरहेको छ र भनिरहेछन्- यो यात्रामा ब्रेक हान् । यसलाई समतामुखी यात्रामाथि बोलिएको धावा नभनेर के भन्ने के थरतर्फ जानु बाहुनक्षेत्री हुनु नै हो त पल्टाएर हेरौं दलितका थरहरु । त्यहाँ देखिनेछन्- आचार्य, कोइराला, नेपाल, पोखरेल, पौडेल, सापकोटा, रिजाल, घिमिरे, पराजुली, भट्टराई, भट्ट, थापा, लम्साल, रोका, हमाल, अधिकारी, तिवारी र उपाध्याय-समेत । आफ्नै थर लेख्न बन्देज हुन्छ भने स्वतन्त्रताको हकको प्रयोजन नै के रहृयो र ?" यत्तिकैमा विपरीत दिशाबाट रित्तो ट्रक हुइँकिएर आयो । साइड दिँदादिँदै असन्तुलित भएर साइकल गल्र्यामगुर्लुम ढल्न पुग्यो। साइकलवालाले गुहारको दृष्टि फ्याँक्न नभ्याउँदै हामीले साथको हात दिइसकेका थियौं। मिलेरै भारी मिलायौं । अलिक माथि उनको खिच्रीमिच्री पसल रहेछ । मुख बिटुलो नगरी त उम्कनै दिएनन् । चिया गफले घर कहाँ बसाइ कहाँ काम के जस्ता प्रश्नहरु उधिन्यो । जवाफ भुइँमा खस्न नपाउँदै तेर्सियो अर्को प्रश्न- के थरी सहयात्रीले उछिनेर भने- क्षेत्री हौं । मैले नढाँटेको भए हुन्थ्यो भन्ने आशयले हेरेपछि उनले तैं चुप मै चुपको इशारा गरे र सोधे- तपाईंको नि पसलेले आफूलाई घिमिरे भनी चिनाए । शायद उनले आफूलाई बाहुन हुँ भन्दै थिए । बात मार्दै गर्दा एक स्कूले केटो देखा परे । मेरो आँखा आईडी कार्डमा परिहाल्यो । कार्डमा नाम लेखिएको थियो- साजय बिके । केटो भित्र गइसकेको थियो । मैले फिस्स हाँस्दै सोधें- यी बाबु तपाइंको छोरा हुन् ? उनले मुन्टैले हो भने । मैले उनलाई ताकेर फेरि सोधें- तपाईं घिमिरे अनि छोरोचाहिँ विके बूढा के गरुँ कसो गरुँ भए । र भने- के गर्नु हजुर जात भने हेलाँ गर्छन् त्यसैले थर भनेको । हाम्रो थर घिमिरे नै हो । यसपछि त सहयात्री अधबैंशेले पनि ढाँट फिर्ता लिँदै भने- म पनि कहाँ क्षेत्री हुँ र उनले पूरा गर्न बाँकी भनाइ भर्दै मैले थपिदिएँ- यी बूढा सार्की हुन् । आँखैअगाडि पर्दा च्यातचुत भयो। वास्तविक अनुहारहरु घाम झैं छर्लङ्ग देखिए । हामीले सुन्दै आएका छौं कि जोगी देखेर भैंसी डराइराखेको अनि भैंसी देखेर जोगी । मैले त मुखेञ्जी हेर्न पाएँ बाहुन र क्षेत्रीको आवरण ओढेर एउटा दलित अर्को दलितसँग लुकिरहेको । यो ओढो के रहर होला त पक्कै होइन । त्यसो भए के त प्रस्टै छ विवशता । समाजमा अद्यावधिक मानवता पसेन । कामी हुँ भन्नेले कालै व्यवहारको सामना गर्नुपर्दछ । स्वघोषित सेताहरुले छुवाछूत जोगाइरहेछन् अनिकालमा बीउ जोगाएझैं । विभेदको कहर काट्नुभन्दा त समानताकै स्वाद चाख्नु ठीक ठाने दलितद्वयले । बजार क्षेत्रकै दलितले आफूलाई जातसँग जोडिने हृयाउ बटुल्न सकेका छैनन् भने दुर्गम पहाड र देहातको दशा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । अझै पनि दलितहरु कोठा खोज्ने क्रममा आफूलाई छद्म भेषमा प्रस्तुत गर्न बाध्य छन् । हुलिया प्रायः क्षेत्रीसँग मिल्ने कारण तिनले क्षेत्री नै भन्ने गरेको पाइएको छ । एक दलित मित्र भन्छन्- अब त क्षेत्री भन्नासाथै घरबेटीहरु शंका गर्ने भइसके । जात लेखौं समाजमा सम्मान छैन । थर लेखौं जात खुल्दैन। अनि यसकै कारण राज्यबाट मिल्न सक्ने सुविधा लिने बेला खेप्नुपर्ने सास्तीका आफ्नै कथाव्यथा छन् । आफ्नो नागरिकतामा जात नखुले बाउको र त्यसमा पनि नखुले बाजेको नागरिकता धुइँधुइँती खोज्नुपर्दछ अर्थात् तीनपुस्ते दौडाहमा निस्कनुपर्दछ। वास्तवमै तावाको माछो भुङग्रोमा जस्तो भएका छन् दलित । दलन यत्तिमै सीमित भएको भए त हुन्थ्यो । थरतिर कोल्टे फेर्दा जातबाट फरार भएको आरोप स्वजातिबाटै खेप्नुपर्दछ । उता दलित बाहुनमा मिसिन आँटे भन्ने पिरलोले बाहुनवादीहरुलाई सताइरहेको छ र भनिरहेछन्- यो यात्रामा ब्रेक हान् । यसलाई समतामुखी यात्रामाथि बोलिएको धावा नभनेर के भन्ने के थरतर्फ जानु बाहुनक्षेत्री हुनु नै हो त पल्टाएर हेरौं दलितका थरहरु । त्यहाँ देखिनेछन्- आचार्य कोइराला नेपाल पोखरेल पौडेल सापकोटा रिजाल घिमिरे पराजुली भट्टराई भट्ट थापा लम्साल रोका हमाल अधिकारी तिवारी र उपाध्यायसमेत । आफ्नै थर लेख्न बन्देज हुन्छ भने स्वतन्त्रताको हकको प्रयोजन नै के रहृयो र थरलाई पनि मसिनो गरी हेरौं । हामीलाई जातिगत शब्द दमाइ-कामी मात्र हेयमा परेको झैं लाग्दछ तर स्थिति भिन्न छ । थरमै पनि बक्रदृष्टि परेको छ विभेदकारीहरुको । तिनले दलितको थरमा धोती भूल ठग डाले सुंगुरे कुखुरे भेडे जोगी चण्डालजस्ता नीच शब्दहरु थोपरिदिए । दमाईको थरमा त चाहारसमेत उल्लेख छ । ब्राम्हणवादीहरुले चवलाखीका साथ आफूलाई अब्बलको दर्जा दिलाए । वास्तवमा कोही अब्बल छैन कोही दोयम छैन कोही सीम छैन र कोही पनि चाहार छैन अर्थात् सबै समान छन् । त्यसैले त दलितमै पनि उपाध्याय थर भेटिन्छ जब कि उपाध्यायहरु बाहुनमा पनि उच्च गनिन्छन् । यहाँ प्रथमतः जातको हाउगुजीले दलितलाई लघारिरहेको देखियो । अनि दोस्रो र चुरो कुरो रहृयो पहिचानको । यसका लागि सहज बाटोबारे यहाँ उल्लेख गर्नै पर्दछ । दलितको जति पनि थर बाहुनक्षेत्री वा अन्य जातिसँग मिल्दछ त्यस अवस्थामा पहिचानका निम्ति दलितको नाममा जात झुन्ड्याइदिने निरन्तरता क्रमभंग हुनुपर्दछ । जात त तिनको नामसँग जोडिनुपर्दछ जसले हीनता भोग्नुपर्दैन । सापकोटा लेख्ने व्यक्तिहरुमध्ये कुन दलित भनेर चिन्न लहरो तानिरहन पर्दैन र पहरो थर्काइरहन पनि पर्दैन । बाहुनकोमा सापकोटा ब्राम्हण लेखिदिए टन्टै साफ भइहाल्छ । अनि सापकोटा मात्र लेख्ने स्वतः कामी बुझिन्छ । त्यस्तै उपाध्याय मात्र लेख्ने व्यक्ति वादी ठहर्छ । यो काइदाले निश्चित रुपमा दलित र गैरदलित दुवै वर्गलाई फाइदा नै पुर्याउँछ । सर्प पनि मर्छ लौरो पनि भाँचिंदैन। अबका दिनमा हामीले जातको भूत मन्सन पनि दलितको थर यात्रालाई उत्साहित पार्नुपरेको छ अपमानबोधक थरहरुले भने यस यात्रामा सहभागिता जनाउने छैनन् । । यसले सामाजिक अन्तर्घुलनमा समेत धेरथोर मद्दत गर्नेछ । माथि उल्लिखितमध्ये दोस्रोलाई क्रियान्वयनको तहसम्म तान्न सक्यौं भने पहिलो कुराले स्वतः समाधान चुम्नेछ । यसो हुन सके म्तीमा पनि आगामी दिनमा दलितले जोगी र भैंसीको नियति भोग्न पर्नेछैन । « Go Back |
