More Articles
- दलित समुदायको मुक्ति र जातजातिको अधिकार सुनिश्चित गर्नु आजको मूल चुनौित
- दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
- दलितको थर यात्रा
- नयाँ संविधानमा दलितका एजेन्डा
- दक्षिण एसियामा दलित समुदायको जीवनस्तर उठ्न नसक्दा देश विकासमा बाधा देखापरेको छ
- समतामूलक समाजको परिकल्पना र दलित महिला
- आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको
- गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
- सार्प भिल्ले विद्रोह ः जातिभेद विरुद्धको विश्व अठोट र नेपाल
- २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
- क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!
- अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
- बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
- मिथिला चित्रकला दलित महिलाको सहारा
- दलितबारे माओवादी
- दलितमुक्तिनिम्ति आर्थिक क्रान्ति
- दलित सभासद्हरू किन निस्क्रिय
- राज्य पुनःसंरचना र दलित
- दलित आयोग यसरी नै चल्ने !
- अन्तरजातीय विवाहको लागि घोषित एकलाख कहा पुग्यो ?
- दलित किन संघर्षमा लाग्ने ?
- कसले बोल्ने मधेसी दलितका लागि ?
- दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
- मानव अधिकार दिवसको औचित्य के ?
- वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
- अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
- संविधानले गैरदलितलाई जिम्मेवार बनाउनु पर्छ
- वर्तमान परिवेसलाई दलित क्रान्तिमा कसरी हेर्ने
- Feminism And Dalit Women In India
- जातीय गोलचक्करमा मधेस
- दलित आन्दोलनका भद्र भद्रमान
- झाडापखलाबाट मृत्यु हुनुमा को बढी जिम्मेवार ?
- समावेशी नेपालको अभ्यास : जग विनाको घर
- दलित र गैर-भौगोलिक संघीय एकाइ
- दलित आन्दोलनका सक्कली र नक्कलीहरु
- नयाँ संविधानमा दलितका मुद्दाहरुको न्यायोचित समावेशीकरण
- Federalism In Nepal
- अपुर्ण भूमिका दलित सभासदहरुको
- बाँदरलाई पगरी !
- नयाँ संविधान मा दलितले चाहेका कुरा
- मधेसी-दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल
- विभेद अन्त्यमा हाम्रो दायित्व
- सन्दर्भ २१ मार्च र जातिय विभेद
- राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Articles » राजावादीभन्दा वाहुनवादी नै बढी घातक |
||
| राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Posted: June 12, 2009 सरोजदिलु विश्वकर्मा पार्टी कार्यकर्ता पंतिमा हिजो को राजावादी कस्ले कता समर्थन गर्यो त्यो कोट्याउने अनि त्यस गन्धमा आनन्द लिई आफ्नै सहकर्मीहरुलाई पाखा लगाई ठाउं ओगट्ने कसरत भईरहेको छ । पृथ्वीनारायण शाहलाईसमेत सामन्तवादको मुल नाईकेकारुपमा घोषणा गरी अहिले प्रखर गणतन्त्रवादी हुने र कोही कुनैवेला राजतन्त्रका पक्षमा लागेका र लाग्न वाध्य भएकाहरुलाई पत्तासाफ गर्ने अनि आफू स्थापित हुने प्रतिष्पर्धा बढेको छ । तर तिनका आदरणीय नेताजनहरु कुनैवेला राजतन्त्रलाई काँध थाप्दै गणतन्त्र सुन्नसाथ तसर्िएको हामीले देखेकै हो । आज ू२४० वर्षको राजतन्त्र मुर्दावाद !ु भन्नेहरु कुनैवेला राजतन्त्रभित्रकै सरकार थाम्न पुगेकै हुन् । यी मध्येका केहीले हिजोका संसदीय किनवेचको अहालमा लत्तपतिएको सुत्केरी-रक्तश्रावदेखि वाक्कदिक्क भएर ुराजा आऊ देश वचाऊ र यिनलाई ठिकान् लगाऊ भनेर दरवारमा निवेदन नहालेका पनि होईनन् । यिनैले गत जेष्ठ १५ गते ूराजतन्त्र हट्दैन हटेमा महारक्तपात हुन्छु भन्दै थर्थरी काँप्दै झ्याल-ढोका थुनेर सुकुल नतुक्र्याएका होईनन् । जव गणतन्त्र घोषणा भयो राजा ज्ञानेन्द्र निरीह हुदैं जंगलतिर गुप्तवास पसे तिनीहरु नै न्वारानदेखिको वल लगाएर जुरेलीले पुच्छर उचालेर चिर्रचिर्र गरेझैं कनीकुथी ु…२४० वर्षको सामन्ती राजसत्ता…ु भन्दै वाहिर निस्केका छन् । विशेषगरी मेरै दलित साथीहरुमा यो संस्कार देखिएको छ । च्व…च्व…।च्व॥! यी कार्यकर्ताज्यूहरुको वौद्धिकस्तर र ब्याबहारदेखि मलाई दया लाग्छ । किनकी यिनीहरु कहिले टपरा चटाउने कहिले होम गर्न लगाउने कहिले दानदक्षिणा गर्न लगाई मुक्तिको जाप गाउने यी पुरैतज्युहरुको ुजसोजसो स्वाहा उसैउसै होमुमा आफ्नेा वुद्धिभ्रष्ट पारीरहेका छन् । अर्थात त्यही वाहुनवादको मन्त्रोचारण गर्दै हामी कार्यकर्ताहरु विशेषत जनाजाति मुश्लिम र दलितहरु आजपनि उनै १०८ महापण्डितहरुको जय गान गाइरहेका छौं भने पण्डितज्यूहरु राजकीय शक्तिकै भक्ति गर्दै आज वाहुनमय सत्तामा लिन भएका छन् । यसो भनिरहँदा यी कलमहरुले राजवादीहरुको समर्थन वा गणतन्त्रकेा विरोध गरेको होईन न त वाहुन जातिविरुद्ध नै उत्तेजित भएको हुँ किनकी वाहुन जातैले मात्र हुईदैंन रहेछ संस्कार र अतिवादले जनजाति दलित नेवार डोमसम्म वाहुन हुँदारहेछन् भन्ने मेरो ठम्म्याई हो । अर्थात् राजतन्त्रभित्र पनि इतिहास निर्माण गर्ने ब्यक्तिहरु थिए तिनलाई एउटै पंतिमा राखेर वद्नाम गर्न हुन्न भन्ने पक्षमा म छु । पृथ्वीनारायण शाह जस्ले एकीकृत नेपालको आरम्भ गरे जस्ले समाजलाई हानी पुर्याउने किसिमले सामाजिक काममा हातहाल्ने समय नै पाएनन् जस्ले केवल ४ वर्षमात्र राजकाजको काम गरे तिनलाईसमेत सिकाएको भरमा हामी मरीहत्ते लगाएर सरापीरहेका छौं । बहादुर शाह जसले एकीकृत नेपालको विस्तार गरे । राजा त्रिभूवन जस्ले राणा शासन भत्काउन दरवारको विलासीता त्यागेकै हुन् तिनको योगदान पक्षकेा मुल्यांकन नगरी एकोहोरो नकारात्मक पक्षमात्र केलाएर वाहुनवादले जसोजसो सिकायो उसैउसै पदौरे गफ गरेर अरुका श्रृजनात्मक दिमागसमेत भुटीरहेका छौं । हो राजा महेन्द्र वेईमान नै थिए रे तर उनले समावेशीको शुरुवात त गरेकै हुन् नयाँ भूमिसुधारका ब्यवस्था गरेकै हुन् नयाँ मुलुकी ऐन दिई कानूनी राज्यको आरम्भ गरेकै हुन् नी तराईका चेारडाकादेखि मनाङ-मुस्ताङका विद्रोहीलाई आवासको ब्यवस्था गरी शान्ति र अमनचयन कायम गरेकै हुन् । ती सकारात्मक पक्षलाई बिसर्ी आजसम्म ज्यादा वद्नामैवद्नाम भएका वाहुनहरुलाई हामी अहिले पनि आँखा चिम्लेर जयजयकार गरीरहेका छौं जस्ले न त कानूनी शासन दिए नत जनताका सामाजिक सुरक्षा नै गर्न सकेका छन् न त विकासको गतिलाई पहिचान गरी युग सुहाउँदो कार्यक्रम नै दिन सके । हामी राजनीतिमा हेरौं रोजगारीमा हेरौं या प्रशासनिक कामकारवाहीमा वा गैरसरकारी संस्थाहरुका संस्कारमा या सेना प्रहरी आमसंचारमा हेरौंं- तिनले एउटा-एउटा वहाना बनाएर अथवा तर्क-कुतर्कले मात्रै जितेर निमुखा गरीव दलितलाई आजपनि विाचत पारेकै छन् सानेा कमजोरी कोट्याएर भएपनि त्यसलाई ठूलो निहँु बनाई आफनै मात्र चेन साजाललाई वलियो पार्दै छन् । यस्ता वाहुनिष्टहरुमा नत राष्ट्रवाद नै हुन्छ न गल्ति गरेकोमा लाज र पश्चाताप नत देशप्रतिकै माया । हामी मनमोहनको ९ महिने सरकार ढल्दाको वखतलाई हेरौं संविधानको प्रवाधानलाई नै वाहुनवादी न्यायाधिसहरुले उल्टा ब्याख्या गरिदिए । त्यसपछिको शासनलाई मनन गरौंः गल्ति त्यसवेलाका शासकको होईन ती वाहुनवादीहरुको थियो जस्केा पश्चाताप गर्न उनीहरु तयार छैनन् । विगतको १९ दिने जनआन्दोलनलाई पनि हेरौं- यी टपरटुईंया वाहुनहरु कुलेलाम् ठोक्दा हामी भने अग्रमोर्चा मै थियौं तर आज भने हामी दलितहरु राज्यका पुरै नियुक्तीका तहमा फेरि पनि विाचत भयौं । तिनीहरु भने हिजो जो-जो जे-जे वादी भएपनि फेरि अखडा जमाएकै छन् । अतः विभिन्न वादका यी प्रवर्तकहरु आफ्नो श्रेष्ठताका लागि अरुलाई बझाउँछन् फुटाउँछन् अनि आफूहरु पनि नमिलेजस्तो नाटक गर्दछन् । अनि दाजुभाई ईष्टमित्र छरछिमेक स्वजाती अथवा समाजभित्र विग्रह र वैमनश्यता श्रृजना गरिदिन्छन् र फायदा उठाईसकेपछि फेरी उनीहरु अंगालो हालेर रमाउँछन् जुन तथ्यहरु हामीले आमसंचारमा देख्दै पनि आएका छौं । हामी एकक्षण पछाडि फर्केर हेरौं- यिनै उद्योगी ब्यापारीहरु पुर्व राजा ज्ञानेन्द्रलाई फूलमाला लिएर स्वागत गर्न पुगेका होईनन् र आज तिनले आयोजना गरेको कार्यक्रमहरुमा प्रचण्ड वा गिरीजा र झलनाथहरु गएर स्यावास् ब्यापारी हो भन्दा हुन्छ । तिनै अधिकांश कांग्रेसी नेताजनहरुले सेरेमोनियल िकंग राख्ने वहानामा ६।६ महिना संविधानसभाको चुनाव अड्काएकै होईन र तिनैलाई यो गणतन्त्रात्मक सरकारले सरिक हुन आऊ भनि ढोग्दा हुने तर तिनका कार्यकर्ताहरु हिजो कहींकतै वाध्यताले अलमिलंदा चै तिनीहरु शाही सामन्तवादी हुने किन हामी कोहीपनि ती ब्यापारी वा यी नेताजनहरुलाई राजावादी भन्न तयार हुदैंनौं राणा शासकका प्रवर्तक जंगवहादुरका टुंडीखेलका चारकिल्लाका शालिक चै सुरक्षित हुने तर राजाहरुको नामको ढुंगो देख्यो की कन्सीरी तात्ने !! कस्ता क्रान्तिकारी गणतन्त्रवादीहरु हौं हामी जवकी तिनीहरु आजका कुनै गणतन्त्रवादीहरुका मीतवाऊ थिएनन् । वरु शाहभन्दा ती राणाहरु बढी नै क्रुर सामन्ती तानाशाही वादशाह थिए । हो राजतन्त्र भित्रका कोही शासकहरु खराव थिए होलान् । जंगवहादुरका पुरै सन्तान दरसन्तानहरु खराव भएको प्रमाणित भएकै हो । तर जंगवहादुरकै कुटिलताले नेपाल वि्रटीशको स्वाधिन हुनबाट जोगियो । पछिल्लो समयमा महेन्द्रलाई तानाशाही मानियो । तर उनले गरेका ९ वटा काममध्ये ३ वटा नराम्रा र ६ राम्रै थिए । जसले बनाइएकै राजनीतिक संरचनामा टेकेर तिनलाई तानाशाही र सामन्त मान्ने यी परिपक्व गणतन्त्रवादीहरुसमेत आज शासन गर्दैछन् ! हो ज्ञानेन्द्र महाखराव भएर देखापरेकै हुन् । तीभन्दा खराव त तिनलाई सरसल्लाह दिने तिनको वन्दूक काँधमा बोकेर युद्धलाई निरन्तरता दिने तिनकै मन्त्र जप्दै हिजोको कालरात्रीलाई यथास्थितीमा राख्ने अथवा जनताका करमा बुर्कुसी मार्दै सुत्केरीदेखि गोरु ब्याउनेसम्मका खेल खेल्ने यिनै १०८ पुरैत-बाहरु होईनन् र जसले आफैंमात्र बढी से वढी सुरक्षित हुने तरिकाले ती शासकहरलाई चलाए जसका सन्तान दरसन्तानहरु नै आजपनि गणतन्त्रका डाडुपन्यौ लिएर बसेका छन् । तिनका घुमाईमा परेर हामी एक-आर्कामा माओवादी खाओवादी राजावादी जातिवादी आदि भनेर ब्यक्ति समाज र राष्ट्रमै विचलन पैदा गरिरहेका छौं । हामी आआफूमा लडीरहेका छौं लडाउनेहरु भने जेसुकै वादी भएपनि मिलेर हाम्रो तमासा हेर्दै खाईरहेका छन् त ! यी सवै कुमाईका घुमाई हुन् । १०८ स्वामी वाहुनवादीहरुका वाईयात् पाठ्ले हाम्रा दिमागमा रेविज् पसेको छ । त्यसैले सर्वसाधारण नगारिक तथा वाम कार्यकर्ताहरुलाई हद्भन्दा बढी नै अराजक तुल्याउँदै लगेकेा छ । हामी तिनै गद्दु विचार बोकेर पद्दु कुरा गर्दै नेपाल बनाउन तयार भएका सानासाना वालवालिकाहरुको मानसिकतामासमेत रेविज भर्दिईरहेका छौं । एउटा-एउटा वाहुन-अतिवादको पछि लागेर विकृतीलाई प्रोत्साहन दिईरहेका छौं कर्णधार युवा-दस्तामा विचलन पैदा गराईदिएका छौं । कोही तयार छैन- हाम्रै वरपरका सामन्त जाली विदेशी दलाल र नोकरशाही अनि हत्या-िहंसाका ठेक्दारहरुका अखडाहरु ध्वस्त पार्न । किनकी यी सवै अखडाहरुसमेत दोहोरो भूमिका गर्ने यिनै वाहुनवादीद्धारा नै संचालित र संरक्षित छन् । अतः गणतन्त्र स्थापित भईसकेको छ इतिहासमा जो-जो जे-जे थिए ती सवै गणतान्त्रिक मुलुकका गणतन्त्रवादी हुन् अथवा गणतन्त्र नेपालका नागरिक नै हुन् । इतिहास इतिहास नै वर्तमान वर्तमान नै हो । विगतलाई बिस्रदै र त्यसवाट सिक्दै नयाँ बाटो कोर्नुपर्ने मानव संस्कार हो । अव इतिहासतिर फर्केर कोही-कसैलाई सराप्नु पर्ने जरुरत छैन । कोही त्यसो गर्दैनन् भने तिनीहरु पछाडितिर फर्केर कोट्याउदैं सुघ्ने जातका हुन् भनेर बुझ्नुपर्ने हुन्छ । जवकि अगाडि सवै मिली स्वर्णिम समतामूलक र समुृद्ध नयाँ नेपाल निर्माण गर्नु छ । त्यसका लागि हिजोका सवैवादीहरुको त्यतिकै दायित्व र कर्तब्य हुन आउँछ । तर अरुलाई एउटा-एउटा धब्बा लगाएर जर्वजस्त दुर धकेल्ने अनि आफू पनि केही नगर्ने र आफ्नैमात्र स्वार्थसिद्धीका लागि अरुलाई विाचत पार्ने हो भने जति नै गणतन्त्रवादी नै भएपनि सांस्कृतिकरुपले त्यो परिपक्व वाहुनवाद हो । जुन हिजोको राजावाद राणावाद वा तिनका अतिवादभन्दा महाघाती हुनसक्दछ जुन वादले यो मुलुकलाई कहिल्ये अग्रगमनतिर बढ्न दिदैंन । त्यसैले सवै वादहरु त्यागी पहिले सुसंस्कृत हौं र राष्ट्रवादी र जनवादी हुने सांस्कृतिक रुपान्तरणको दिशातिर अगाडि बढौं । नागरिकहरु कर्मठ र ईमान्दार कर्मचारीहरु वफादार र जवाफदेही शासकहरु प्रतिवद्ध र दलका नेताहरु दुर्दर्शी हुने कोशिष गरौंं । « Go Back |
