More Articles
Articles » समतामूलक समाजको परिकल्पना र दलित महिला
समतामूलक समाजको परिकल्पना र दलित महिला
Posted: May 26, 2010
उर्मिला बिश्वकमा
urmila.bk@gmail.com
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन हो ठिक यस्तो छ हाम्रो नेपाली समाज । आज दिनानुदिन नेपाली समाजमा जातिय विभेद र भेदभाव अन्याय अत्याचार खेप्न बाध्य भएका यहि समाजका नेपाली नागरीक दलित समुदायले आज यस्तै सास्ती भोग्न बाध्य भएका छन् किनकी आजको यो बैज्ञानिक युगमा आएर पनि मानिसको चेतनाको बिकासको कुरा त परै जाओस आज कति पय ठाँउमा मानिसले मानिसलाई छुँदा अर्थात बिहान हिड्ने बेला दलितको मुख देखेमा साईत पर्दैन र दलितले गैरदलितलाई छोएको निँहुमा कति दलित समुदायमा कुटपिट जस्ता पिडा भोग्न बाध्य भएका छन् । मानिस चन्द्रमामा टेक्ने सम्म विज्ञानले फड्को मार्न लागेको यो अवस्थामा अझै पनि नेपाली समाजमा रहेको हिन्दु परम्परागत पाँखडी मूल्य मान्यताले जगडिएर आज पनि यस्ता अन्धविश्वास र पाँखडीपनले गर्दा दलित समुदायले आज सम्म पनि समानताको जिबन बाच्न पाएका छैनन् । दलित समुदायलाई हेयको दृष्टिले हेर्न यो समाजमा परिवर्तन शून्य नै छ भन्न त मिल्दैन । आज दलित समुदायले जति पिडा सास्ताी सयौं बर्ष अघि भोगेका थिए त्यो अवस्था भन्दा केहि सकारात्मक परिवर्तन भने पक्कै आएको छ जसको मूल कारण भनेको हालको नयाँ पुस्त्ाा र दलित संघसंस्था महिला संघसस्था मानवअधिकारवादी संघसस्था जसले गर्दै आईरहेको चेतनामूलक कार्यहरुको ठूलो प्रभाव साथसाथै बदलिदै गएको समाज र सोचको कारणले गर्दा हो तर पनि ८० प्रतिशत भन्दा बढी मानिसको चेतनामा बिकास अझै बाँकी छ किनकी आज पनि हामीले दिनानुदिन दलित समुदाय नै सामाजिक कुसस्कार सामाजिक अपमान र अन्याय भोग्न बाध्य भएका देखेका छौं । त्यसमा सबै भन्दा ठूलो दोष राज्यलाई जान्छ किनकी दलित सम्बन्धी बनेका नियम विधेयक केवल कागजमा मात्रै सिमीत भएको छ जुन विधेयक कानुन पूर्ण नभएपनि जति बनेको छ त्यो समेत पनि कार्यान्वयनमा ल्याउन सकिरहेको छैन राज्य सधै दलित समुदायको लागि अन्धो भएर बसेको छ । दलित सम्बन्धी भएका घटना र मानव अधिकारका घटनाहरुनै देख्दैन उल्टै दोषीलाई कार्वाहीको लागि न्याय माग्दा त्यसमा कार्वाहीको साटो उल्टै पिडीतलाई नै दोषी ठहर् याउने परम्परा भएको राज्यले न्याय दिलाउने र दोषीलाई कार्वाही र न्यायको त आशा नै नगरु दलित समुदायले । हो आज यसरी दलित महिलाले दिनानुदिन बिना कसुर ज्यान गुमाउनु परेको छ यहि घटनाले नै पुष्टी गर्छ बर्दिया राष्ट्रिय निकु+जस्थित नेपाली सेनाको ज्वालादल गणबाट खटिएका गस्तीटोलीको गोलीप्रहारबाट घाँस-दाउरा तथा काउलाको बोक्रा संकलन गर्न गएका तीनजना दलित महिलाको हत्य सो अवस्थामा दलित महिलाहरुलाई शिकारी हो भनी गोली ठोकी हत्या गरेको यो घटना हाल दलित समुदायले भुल्न नसक्ने र आँखा सामु आईरहने घटना हो जुन राज्य पक्षबाट सेनाले गोली ठोक्यो तर ती दोषीहरुलाई कार्वाही गर्नुको साटो देशको जनताको सुरक्षा गर्ने भार सम्हालेकी महिला मन्त्री विद्या भण्डारीले सहजै रुपमा ती दलित महिलाहरु शिकारी भएको कारणले नै उनीहरुको हत्या गरेको भनी दोष लगाउनु यो कत्तिको जनताको सुरक्षा भयो त आज हामी महिला भन्दौ अधिकार माग्छौ तर आज यसरी दलित महिलालाई यसरी बिना कसुर दर्दनाक हत्या गर्दा ती महिला मन्त्रीले भने यस्त्ााे प्रतिकि्रया दिएर दोषीलाई बचाउन खोव्ने जस्ताहरु जनताको सुरक्षा गर्ने ठाँउमा बसेपछि के नेपाली जनताले सुरक्षाको अनुभूति गर्न पाउलान त यस्ता घटना घट्दा पनि राज्य भने आँखा कान सबै बन्द गरेर बसेको अवस्था छ । आज जति पनि मानवअधिकारका घटनाहरु घटेका छन् त्यसमा मानव अधिकार उलंघनमा परेका समुदाय भने दलित समुदाय नै परेका छन् । ११ बर्षे जनयुद्धको समयमा पनि जति पनि राजनैतिक रुपमा राज्य पक्षबाट होस या गैरराज्य पक्षबाट भएका मानव अधिकार हनन् भएका छन् त्यसमा दलित समुदाय नै बढी छन् । अझ भन्नुपर्दा त्यस संक्रमणकालिन अवस्थामा विभिन्न कारणबस दलित समुदायनै मर्कामा परेका छन् । आज सम्म पनि बेपत्ता भएका दलित समुदायका मानिसहरुको अत्तोपत्तो छैन त्यसमा राज्यलाई पनि कुनै अत्तोपत्तो नरहेको अवस्था छ । बर्दिया घटनामा मारिएका दलित महिलाहरुको परिवार आज मर्महातमा परेका छन् कसैको घर आगलागी भएको छ त कोही आपनो बिहानबेलुकी छाक टार्न समेत धौ धौ परेको अवस्था छ । सो अवस्थामा पनि त्यो परिवारलाई न्याय त परै जाओस क्षतीपूर्तिको समेत व्यवस्था भएको छैन आज ती परिवार बेदनामा त छदैछन् उनीहरुको दैनिकी पनि अति कठिन साथ चलिरहेको छ । यो अवस्थामा सरकारले कुनै सहयोग गरेको छैन तर अति विपन्न सो परिवारलाई क्षतीपूर्ति सहयोग नपाएपनि प्रवासमा बसी काम गरिरहेका अमेरिकामा काम गरिरहेको दलित संगठन नासोले भने सो परिवारलाई सहयोगको रुपमा ८५ हजार चार सय तीन रुपैया सहयोग गरेको छ । यसरी बर्दियामा सेनाद्धारा हत्या गरिएका दलित महिलाहरुको हत्या बाट र पीडकलाई काखा गरी बचाउने षडयन्त्र गरेको छ यसले छर्लङ के गरेको छ भने आज दलित समुदायले यो सरकारबाट केही आशा गर्ने ठाउँ नै छैन भन्ने अवस्थाको श्रृजना भएको छ ।
बर्दिया घटनाले आज पूरा दलित समुदायलाई नै मर्महात तुल्याएको छ । दलित समुदायमा यसरी यस्त्ाा घटनाहरुले प्रसय पाईरहनुमा यो एउटा अब ठूलो बाटो पनि भएको छ । जनताको रक्षा र नेपालको भविष्य जनताको भविष्य कोर्ने ठाँउमा बसेकाहरुलाई नै सत्य र असत्य के हो न्याय कसलाई दिने र सजाय कसलाई दिने हो भन्ने नै कुरामा आँखा चिम्लेपछि फेरी के यो सरकारले नेपाली र नेपालको भविष्य सही दिशामा कोर्ला त यो नै ठूलो प्रश्न बनेको छ । कुरा आज दलित समुदायको मात्रै नभएर सम्पूर्ण नेपाली जनता नै आज सुरक्षा शान्ति र न्याय अनि आनन्दको सास फेर्न सकेका छैनन् । देशमा आतंक मच्चिएको छ । सत्ता र कुसर्ीको लागि हानाथाप भएको यो सरकार सत्ता मात्र टिकाउन त्यस ठाउँमा बसेका छन् जनताको आवाज र जनताको बोली अनि पिडा त उनीहरुलाई कहिल्यै दुख्दैन् ।
बर्दिया हत्याकाण्डलाई एड्मोकेसी फोरम ईन्सेक मानव अधिकार आयोगले यो हत्या नै हो भनी पुष्टी भएको रिपोर्ट नै सार्वजनिक गर्दा पनि यसलाई सरकारले ढाक छोप गर्ने अर्थात उल्टै जाहेरी फिर्ता लिन दबाब दिने जस्ता कामहरु पनि भएका छन् । भनिन्छ जो होचो उसको मुखमा घोचो भनेर आज त्यस्तै सत्य सावित भएको छ । यो घटना त एउटा जल्दो बल्दो उदाहरण मात्रै हुन् कतिपय यस्ता घटनालाई आँखा चिम्लेर पाँखा लगाएको छ राज्यले । हाम्रो समाजमा आज यही कमजोर मानसिकता अन्धविश्वास र पाँखडीपना र चेतनाको स्तरमा बिकास नहुनाको कारण आज दिनानुदिन रुपमा दलित समुदायले एउटा दासीको जिबन भोग्न बाध्य भएका छ्न । आजको यो २१ औं शताब्दीको युगमा आईपुग्दा पनि यस्ता साना मसिना कुरामा हाम्रो समाज अडिरहनु र घटनाहरुलाई दोहोर् याई दलित समुदायलाई सधै हेप्नु र पीडित बनाउनुमा सरकार राज्यको नै ठूलो हात रहेको छ । हो आज सबै कागजमा जति बनेका नियम कानुनलाई सरकारले त्यसलाई कडाको साथ लागु गर्ने हो भने यस्ता घटनाले प्रसय पाउन बिल्कुलै कमि हुन्छ आज जति पनि अराजक बढेको छ समाजमा सद्भाव र समानताको भावनामा कमि आउनुको मतलब सरकारको कमजोर हो । हुन त घर चल्नको लागी घरको मूली नै ठिक बाटोमा हिड्नु आवश्यक छ अनि अन्य परिवारमा सत्य बाटोमा हिड्न सिक्छ र त्यो परिवारमा खुसी छाउछ तर यसको ठिक उल्टो हुँदै छ नेपाल र नेपाली जनता अनि राज्य बिचमा । यसरी सत्ता र कुसर्ीको लागि सत्तामा बसेको र दिनानुदिनको राजनैनितक असहमतिको यो सरकारले न्याय र अन्याय कसरी छुट्याृउने जसरी कानुन अन्धा हुन्छ भनेझै यो सरकार पनि पो अन्धा नै भएको छ ।

यो समाजमा आज समग्र महिलाहरुको नै अवस्था नाजुक रहेको छ अझै पनि पितृसतात्मक सोचले जगडिएर रहेको छ । जसमा कयौं महिलाहरु घरायसी पिडा त भोग्न बाध्य छदै छन् समाजमा पनि विभिन्न ठाँउमा अपमान असमान जिबन भोग्न बाध्य भएका छन् । आज महिलाहरुलाई काम गरेबापत ज्यालामा विभेद देखि राज्यको अभिन्न अंगमा होस या जुनसुकै ठाँउमा उसको समान प्रतिनिधित्व हुन सकेको छैन महिला घरदेखि राज्य सम्ममा पिडीत भएर बस्न परेको अवस्था रहेको छ । तराइमा आज पनि दाईजोको कारण कति महिलाहरुको परिवारबाट हत्या गरेको र ज्यान गुमाउनु परेको छ त कति महिलाहरु घरबाट नै पिडीत भएको अवस्था छ । समग्र महिलाको अवस्थामा अझ त्यस भन्दा पनि पछाडि परेका छन् दलित महिला आज सामाजिक आर्थिक राजनैतिक रुपमा पछाडि परेका छन् । दलित महिला जसले आज घरायसी देखि सामाजिक असमानता अपमान
« Go Back
Supporters / Sponsors :