More Articles
Articles » आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
Posted: May 12, 2010
सुसन सर्जन रामदाम
जव जव यो धर्तीमा अन्याय अत्याचारले सिमा मिच्दै जान्छ तव न्यायको लागी क्रान्तिको विउ रोपिन्छ । क्रान्तिको आगो फैलिन्छ गाउ वस्तीका झुपडी हुदै अनि विद्रोहमा रुपान्तरण हुन्छ । पापीहरु न्ााश हुनेछन अनि धर्मको विजयी हुनेछ यो इतिहासको नियम हो । यस्तै अन्याय र अत्याचारको बाण विक्षँप्ती बनेका छन नेपालमा रहेका ४० लाख दलित समुदाय । अमानविय व्यवहार राज्यका हरेका क्षँेत्रमा उपेक्षा र उत्पिडनको शिकार बनेका छौ हामी आम दलित । जेठ १४ मा केही होला भन्ने हामीले बोकेको सपना अव स्खलित भएको छ । नया संविधान शक्ति रुपी अधिकार यी सव बकबास बनेका छन यतिबेला । इतिहासमा यतिठुलो कुठराघात यसको सवैभन्दा बढी पिडा दलित भनौदा भन्ने हामीलाई भएको छ । हामीले सहि र बस्तुनिष्ठ ढंगबाट बुझ्नु पर् यो ।
अव बेला आएका छ आम दलित समुदाय हामीले बुझने के अव पनि मुसालाई विरालोले खेलाएसर हामी बस्ने नै हो समयले पुष्टि गरिसकेको छ यी बह्माणवादको खरानी घसेर बसेका जोगीहरुले हामीहरुको हित चाहादैनन् । समताको विउ रोप्न चाहादैन देशलाई पुन उहि सामन्ती राज्यसत्ता तर्फ फर्काएर हामीहरुको आधारभुत अधिकारमा अझ कठोर जंजीर सहितको भोटेताल्चा लगाउन चाहान्छन । संविधान निर्धारित समयमा बनेन देश लुटेर खान पल्केका दलालहरुलाई के भयो । सत्ताको स्वादमा रुमुलेका कुकुरहरु कुनै मतलव छैन । हामी जो सदियौ देखि अधिकारको लागी भिख मागीरहेका हामीहरुलाई यस पटक पनि हात्ति आयो हात्ति आयो फुस्सा जस्तै भएको छ ।
अव हामी निश्कर्ष पुग्नुनै पर्छ यो मुलुकमा दलित अधिकार मुखि संविधान बन्दैन । संविधान बनाउनपर्छ भन्नेहरु अहिलेकै स्थितीले उनीहरुको व्यक्तिगत स्वार्थ पुरा भएको छ भने संविधान उनीहरुलाई किन चाहियो । अधिकारको भिख हामीले धेरै माग्यौ । अह तर यसमा न त हाम्रा दलित अगुवाहरुले सार्थक सफलता प्राप्त गर्न सके । नत कुनै राजनीतिक दल र राज्यशक्तिले नै हामी हाम्रो हक अधिकारको सवालमा निर्णायक सफलता प्राप्त गर्न सके । गर्न सके केवल हामीलाई भर् याङ बनाए सत्ताको आरोहण गर्ने । विभिन्न आयोग र संघसंस्थाको गठन गरेर हामीलाई गुम्राहामा राखे । म भन्छु आम दलित अधिकार कर्मी र दलित समुदायलाई अब पनि आयोग आरक्षणको नाममा तपाईले आफुलाई अधिकार सम्पन्न देख्न थाल्नुभयो भने इतिहासमा ठुलो उपलब्धी गुम्नेछ । हामी दिर्घकालिनरुपमा अधिकार सम्पन्न हुने अवस्थाबाट नराम्रो ढंगबाट बजारिन पुग्नेछौ । अझै समय घर्केको छैन । हामी यो मुलुकमा करिब ४० लाखको हाराहारीमा रहेका क्षमतावान नागरिक हौ । हामी सग सिप र श्रम गर्ने दुवै क्षमता छ । त्यसकारण पनि यसलाई सदुपयोग गरेर अगाडी बढ्न सकेनौ भने हामीहरुको अस्तित्व र भावि पुस्तालाई आफ्नो पहिचान दिन सकेनौ भने इतिहासले हामीलाई धिक्कारनेछ । चरम वह्ामाणबादमा डुवेको असफल मुहारबाट हामीले अव अपेक्षा नगरेहुन्छ । ७ सालको राजनीतिक उपलब्धीबाट नै हामीलाई लोप्पो खुवाउदै गणतन्त्रको यो अवस्था सम्म हामीलाई लोप्पो खुवाउने अवस्था सिर्जना गरियो । अव विकल्प सोचौ यो राष्ट्रमा हामीहरुको अस्तित्व र योगदानको ।
दलित समुदायले सोच्ने अवको मुक्तिको विकल्प भनेको हतियार नै हो । अहिले सम्म हतियार उठ्यो यहि बह्ामाणबादले बुनेको षडयन्त्रमुखी र धोकारुपी पृष्ठभुमीमा अव हतियार उठाउनुपर्छ हामीहरुको समुदायको नेतृत्वबाट । हामीहरुको आरानमा धेरै हतियार बनायौ । तर अरुलाई नै बाड्यौ । हामीले धेरै कम्बायट डे्रस सिलायौ जीत ठानेर बाजा पनि बजायौ तर यि सव फगत हाम्रो लागी केवल नाटक बनाइयो । अव सोच्नैपर्छ हाम्रो समुदायको पहिचान हुने गरीको राज्यको । यसको लागी हामी पुन भन्छौ अव फेरी आम मुक्तिकामी दलित आरानमा हतियार बनाउन जुट्नुपर्नेबेला आएको छ । फेरी कम्बायट् डे्रस सिलाउन सियोको धारमा रेति लगाउनुपर्ने भएको छ । अनि मुक्तिको लागी अन्तिम विजयीको खुशीयालीमा बाजा बजाउन तयार रहनुपर्ने समयले माग गरेको छ । नत्र इतिहासले हामीलाई धिक्कारने यदि यो समयमा हामीले अधिकार र पहिचान मुखी राज्यको स्थापाना गर्न सकेनौ भने ।


« Go Back
Supporters / Sponsors :