More Articles
- दलित समुदायको मुक्ति र जातजातिको अधिकार सुनिश्चित गर्नु आजको मूल चुनौित
- दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
- दलितको थर यात्रा
- नयाँ संविधानमा दलितका एजेन्डा
- दक्षिण एसियामा दलित समुदायको जीवनस्तर उठ्न नसक्दा देश विकासमा बाधा देखापरेको छ
- समतामूलक समाजको परिकल्पना र दलित महिला
- आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको
- गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
- सार्प भिल्ले विद्रोह ः जातिभेद विरुद्धको विश्व अठोट र नेपाल
- २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
- क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!
- अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
- बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
- मिथिला चित्रकला दलित महिलाको सहारा
- दलितबारे माओवादी
- दलितमुक्तिनिम्ति आर्थिक क्रान्ति
- दलित सभासद्हरू किन निस्क्रिय
- राज्य पुनःसंरचना र दलित
- दलित आयोग यसरी नै चल्ने !
- अन्तरजातीय विवाहको लागि घोषित एकलाख कहा पुग्यो ?
- दलित किन संघर्षमा लाग्ने ?
- कसले बोल्ने मधेसी दलितका लागि ?
- दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
- मानव अधिकार दिवसको औचित्य के ?
- वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
- अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
- संविधानले गैरदलितलाई जिम्मेवार बनाउनु पर्छ
- वर्तमान परिवेसलाई दलित क्रान्तिमा कसरी हेर्ने
- Feminism And Dalit Women In India
- जातीय गोलचक्करमा मधेस
- दलित आन्दोलनका भद्र भद्रमान
- झाडापखलाबाट मृत्यु हुनुमा को बढी जिम्मेवार ?
- समावेशी नेपालको अभ्यास : जग विनाको घर
- दलित र गैर-भौगोलिक संघीय एकाइ
- दलित आन्दोलनका सक्कली र नक्कलीहरु
- नयाँ संविधानमा दलितका मुद्दाहरुको न्यायोचित समावेशीकरण
- Federalism In Nepal
- अपुर्ण भूमिका दलित सभासदहरुको
- बाँदरलाई पगरी !
- नयाँ संविधान मा दलितले चाहेका कुरा
- मधेसी-दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल
- विभेद अन्त्यमा हाम्रो दायित्व
- सन्दर्भ २१ मार्च र जातिय विभेद
- राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Articles » बालीघरे प्रथाः आर्थिक नाकाबन्दी |
||
| बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
Posted: March 8, 2010 कमल नेपाली पाल्पास्थित झदेवा गाविसस्थित दलितहरू अझै पनि बालीघरेजस्तो निकृष्ट प्रथामा पेलिँदै आएका छन् । वडा न २ चन्देनीका दलित बस्तीमा विश्वकर्माहरू परम्परागत पेसाका रूपमा यसलाई अपनाउन बाध्य छन् । फलामजन्य औजार बनाउने उनीहरू ती सामान कथित विष्टकहाँ छाड्न जान्छन् । र, त्यसबापत वार्षिक रूपमा निश्चित मात्रामा धान, मकै, कोदो आदि अन्न पाउँछन् । बर्सेनि १ धुरीबाट ४–५ पाथी बालीस्वरूप दिइन्छ । त्यसमा पनि सग्ला अन्न पाउँदैनन् । अझ बाली उठाउँदा खेप्नुपर्ने छुवाछूत आफ्नै ठाउँमा छ । खास गरी विश्वकर्मा र परियार जाति यस प्रथाबाट प्रताडित छन् । कला र सीपका धनी शिल्पी समुदाय दलित खेतीयोग्य जमिन र वैकल्पिक रोजगारीको अभावमा बालीघरेजस्ता हेपिएको पेसामा काम गर्छन् । सिर्जनालाई व्यापारमा बदल्न पनि छ्यासछ्यास्ती उपलब्ध प्लास्टिकका भाँडाले बजार भरिएकाले सम्भव छैन । सस्ता चिनियाँ लत्ताकपडाले परियार जातिको सिलाउने सीपमाथि धावा बोलेका छन् । अझ मिजार जातिको छालाजन्य सीप त लोपप्रायः नै भइसकेको स्थिति छ । अर्कातर्फ पेसालाई व्यावसायिक रूप दिन दलितसँग स्रोत–साधन छैन । अनि त आर्थिक र सामाजिक दुवै रूपमा निम्न हैसियतमा धकेलिएका अधिकांश दलित अद्यापि बजार र अवसरको अभावमा बालीघरेजस्तो दासप्रथा अपनाउन बाध्य छन् । दलितलाई खेतीपातीमा लागेर आत्मनिर्भर हुनभन्दा बालीमा भर पर्नुपर्ने अर्थात् दास बनाए स्वघोषित उपल्लाहरूले । सामन्तवाद कृषिसम्बन्धी सामाजिक व्यवस्थामा आधारित भएकाले बालीघरेप्रथा कृषिसँग सम्बन्धित भएकाले र यसभित्र निहित दासताले गर्दा यस प्रथालाई सामन्तवादको अवशेषकै रूपमा लिन सकिन्छ । त्यसो भए सामन्तवाद के हो त ? यो बुझ्नु आवश्यक छ । सामन्ती व्यवस्थाको जग भूमिव्यवस्था थियो । रोमन साम्राज्यको पतनपछि चौतर्फी रूपमा अराजकता, असुरक्षा र अशान्ति फैलियो । आन्तरिक विद्रोह र बाह्य आक्रमणबाट स्वतन्त्र किसानहरू असुरक्षित भए । त्यहाँका सर्दारहरू फुक्काफाल भएपछि तिनले गाउँका किसानहरूमाथि हमला गर्न र लुट्न लागे । यस्तो स्थितिमा शक्तिसम्पन्न सामन्तहरूबाट आफ्नो सुरक्षा हुने भ्रममा किसानहरूले उनीहरूसँग सम्झौता गरे । जसअनुसार सामन्तहरूले किसानहरूको रक्षा गर्ने र किसानहरूले आफ्नो जमिन सामन्तहरूलाई सुम्पनेजस्तो आत्मघाती सहमति भयो । सामन्तहरूले किसानहरूलाई कंगाल बनाए । मौकाको फाइदा उठाएर यसबाट किसानहरू आफ्नो जमिनको स्वतन्त्र स्वामी नभएर अर्धदास बन्न पुगे, जसले सामन्तहरूलाई बलियो बनायो र सामन्तवादलाई उकेरा लगायो । सामन्तवर्ग समाजका सम्मानित, सुविधाभोगी र समृद्ध हुँदै गए भने किसानहरूको कुनै सामाजिक हैसियत रहेन । तिनीहरूले मालिकको खेतमा साताको तीन दिन सित्तैं काम गर्नुपथ्र्यो, जुन यो वा त्यो बहनामा दलितमाथि पनि अद्यापि थोपरिएको पाउन सकिन्छ । तिनीहरू आफ्नो भूमिपतिको लगाम छाडेर कहीँ पनि जान पाउँदैनथे । आफ्नो काम बन्द गरेर पनि यिनीहरू मालिकको सेवामा उपस्थित हुनुपथ्र्याे । यसरी कृपामा बाँच्न विवश अर्धदासहरूले भूमि पनि स्वामीको इच्छा भएमात्र जोत्न पाउँथे । किसानहरूको अधिकांश समय सामन्तहरूको सेवामै बित्थ्यो । सामन्तहरूद्वारा किसानहरूको शोषण गरिने व्यवस्था नै सामन्तप्रथाको आर्थिक स्वरूप थियो । जसको बिँडो अहिले बालीघरेप्रथाले थामिरहेको छ । एक्काइसौं शदीमा युग हिँडिरहँदा पनि विश्वकर्मा र परियारहरू बराजुहरूको सेवामा आफ्नो अमूल्य समय खर्चिरहेका छन् । सामाजिक स्तर निर्माणमा जुट्न सकिरहेका छैनन् उनीहरू । दासताले रूप फे¥यो तर सारमा केही फेरिएन । बालीघरे प्रथाले सामन्तवादलाई नयाँ रंगमा जगेर्ना गरिरहेकाले अब हामीले यसलाई निफन्नुपरेको छ । खराब चीज राखेर असल चीज फाल्ने खालको चाल्ने प्रवृत्ति मुर्दावाद । असल र खराब दुवै पिँध्ने जाँते प्रवृत्तिले पनि युगलाई डो¥याउन सक्तैन । हामीलाई त खराब फालेर असल जोगाउन निफन्ने नाङ्लो चाहिएको छ, जसले समाजबाट बालीघरे प्रथाको साथै सभ्यताकै कलंक छुवाछूतलाई पनि मिल्काउन सकेको होस् । « Go Back |
