More Articles
- दलित समुदायको मुक्ति र जातजातिको अधिकार सुनिश्चित गर्नु आजको मूल चुनौित
- दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
- दलितको थर यात्रा
- नयाँ संविधानमा दलितका एजेन्डा
- दक्षिण एसियामा दलित समुदायको जीवनस्तर उठ्न नसक्दा देश विकासमा बाधा देखापरेको छ
- समतामूलक समाजको परिकल्पना र दलित महिला
- आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको
- गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
- सार्प भिल्ले विद्रोह ः जातिभेद विरुद्धको विश्व अठोट र नेपाल
- २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
- क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!
- अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
- बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
- मिथिला चित्रकला दलित महिलाको सहारा
- दलितबारे माओवादी
- दलितमुक्तिनिम्ति आर्थिक क्रान्ति
- दलित सभासद्हरू किन निस्क्रिय
- राज्य पुनःसंरचना र दलित
- दलित आयोग यसरी नै चल्ने !
- अन्तरजातीय विवाहको लागि घोषित एकलाख कहा पुग्यो ?
- दलित किन संघर्षमा लाग्ने ?
- कसले बोल्ने मधेसी दलितका लागि ?
- दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
- मानव अधिकार दिवसको औचित्य के ?
- वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
- अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
- संविधानले गैरदलितलाई जिम्मेवार बनाउनु पर्छ
- वर्तमान परिवेसलाई दलित क्रान्तिमा कसरी हेर्ने
- Feminism And Dalit Women In India
- जातीय गोलचक्करमा मधेस
- दलित आन्दोलनका भद्र भद्रमान
- झाडापखलाबाट मृत्यु हुनुमा को बढी जिम्मेवार ?
- समावेशी नेपालको अभ्यास : जग विनाको घर
- दलित र गैर-भौगोलिक संघीय एकाइ
- दलित आन्दोलनका सक्कली र नक्कलीहरु
- नयाँ संविधानमा दलितका मुद्दाहरुको न्यायोचित समावेशीकरण
- Federalism In Nepal
- अपुर्ण भूमिका दलित सभासदहरुको
- बाँदरलाई पगरी !
- नयाँ संविधान मा दलितले चाहेका कुरा
- मधेसी-दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल
- विभेद अन्त्यमा हाम्रो दायित्व
- सन्दर्भ २१ मार्च र जातिय विभेद
- राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Articles » मिथिला चित्रकला दलित महिलाको सहारा |
||
| मिथिला चित्रकला दलित महिलाको सहारा
Posted: March 3, 2010 वीरेन्द्र रमण फुलवा मण्डलको घर धनुषा जिल्लाको देउरीपरवाहा गाविसमा पर्दछ । बिहान उठ्नासाथ उहाँ निक्कै हतारमा देखिनुहुन्छ । उहाँ झन्डै एक घण्टाको साइकलयात्रा गरेर १० नबज्दै सदरमुकाम जनकपुरमा रहेको नारी विकास केन्द्रमा कुची र रङ लिएर मिथिला चित्रकला कोर्न थाल्नुहुन्छ । यसरी सुरु भएको दैनिकी अपरान्ह ५ बजे अन्त्य हुन्छ र उहाँ घर र्फकनुहुन्छ । बीस वर्ष अघिदेखि मिथिला चित्रकलामा लाग्नुभएकी फुलवाले यसैको कमाइबाट आफ्ना दुई छोराछोरीको बिहे गरिसक्नुभएको छ । यसबाहेक आफ्नै गाउँमा एक कठ्ठा घडेरी पनि जोड्नुभएको छ । फुलवा जस्ता धेरै महिलाको दिनचर्या मात्र होइन जीवनको सहारा बनेको छ यतिबेला, मिथिला चित्रकला । उहाँहरूले मिथिला चित्रकलालाई नै अहिले आफ्नो व्यवसाय बनाउनुभएको छ । अर्को शब्दमा भन्नुपर्दा मिथिलाकलाले व्यावसायिक रूप लिन थालेको छ । कुनै समयमा कथित उच्च जातिको बोलवाला रहेको मिथिला चित्रकलामा अहिले विस्तारै दलित वर्गको पहँुच बढ्न थालेको छ । पहँुच बनाएको मात्र होइन दलित वर्गका महिलाले यसैलाई पेसा बनाउन थाल्नुभएको छ । जनकपुर नगरपालिका- १२ कुवाकी राजकुमारी खत्वेले २०५१ सालदेखि मिथिला चित्रकलाको काम गर्दै आउनुभएको छ । उहाँले अति विपन्न वर्गको केटासँग बिहे गर्नुभयो । बिहेपछि श्रीमान् बेलाबेलामा बिरामी पर्न थाल्नुभयो तर उपचारका लागि पैसा थिएन । धेरैजनासँग कर्जा, सापटी माग्दा पनि कसैले दिएनन् । त्यही बेला गाउँका महिलाले नारी विकास केन्द्रमा मिथिला चित्रकलाको काम गरेर केही कमाउने गरेको उहाँले थाहा पाउनुभयो । एक दिन उनीहरूकै पछि लागेर केन्द्रमा पुग्नुभयो र त्यहीँ काम गर्न थाल्नुभयो । राजकुमारी खत्वे अहिले मिथिला चित्रकलाको पारखी बन्नुभएको छ । उहाँ भन्नुहुन्छ- 'मैले तीनजनाको परिवार यसैको कमाइबाट पालिरहेकी छु ।' निराशा र घर आँगनको सीमालाई नै जीवनको आदर्श ठान्ने मिथिलाबासी महिलामा रहेको परम्परागत सीपको उपयोगले मिथिला चित्रकलाले पनि नयाँ बाटो पाएको छ । उहाँहरूले कुनै सैद्धान्तिक प्रशिक्षण नलिए पनि मिथिला लोकचित्र, सेरामिक सामग्री, कपडामा चित्र छाप्ने जस्ता काम राम्ररी गर्न थाल्नुभएको छ । एउटा चित्र बनाएवापत ५० देखि १०० रुपियाँसम्म ज्याला पाउनुहुन्छ । 'यसकोे इतिहास प्राचीनकालसँग जोडिएको छ', मिथिलाकलाको ऐतिहासिक पक्षबारे मिथिला संस्कृतिविद् डा. रेवतीरमण लाल भन्नुहुन्छ- मानव जतिबेला जङ्गली जीवन जिउन बाध्य थिए, त्यतिबेला आनन्दका लागि मिथिला चित्रकलाको विकास गरेको पाइन्छ । यसर्थ, परम्परागतरूपमा यसमा उच्च वर्गको दख्खल रहने गरेको पनि उहाँले बताउनुभयो । अर्का संस्कृतिविद् कृष्णकुमार कश्यपका अनुसार प्राचीनकालमा मिथिला क्षेत्रका कायस्थ समुदायका महिला साहित्य र कलामा निपुण रहेको पाइन्छ । उनीहरू आफ्नो घरको भित्तामा चित्रकलाको कौशल प्रदर्शन गर्दथे । आज पनि धनुषा जिल्लाका अधिकांश गाउँमा घरका भित्तामा यस प्रकारका चित्रकला देख्न पाइन्छ । मिथिला चित्रकलाले व्यावसायिक रूप धारण गरेको धेरै भएको छैन । भारतमा चार दशक अगाडि तत्कालीन विदेशमन्त्री ललितनारायण मिश्रको समयमा यसले व्यावसायिक रूप लिएको थियो भने नेपालमा दुई दशक अघिदेखि मात्रै व्यवस्थित सुरुवात भएको पाइन्छ । जनकपुरको नारी विकास केन्द्रमा अहिले ४० महिला दिनहुँ मिथिला चित्रकलाको काममा लागेका देखिन्छन् । जनकपुरमा मात्रै आधा दर्जन यस्ता निर्माण केन्द्र छन्, जहाँ महिला कलाकार भेला भएर चित्र बनाउने गर्दछन् । अझ रोचक पक्ष के छ भने तीमध्ये अधिकांश महिला दलित समुदायका रहेका छन् । उनीहरूको जीविकोपार्जनको मुख्य आधार नै यतिबेला मिथिला चित्रकला भएको छ । 'मिथिला चित्रकलाको माग नेपालमा भन्दा बढी विदेशमा रहेको छ । चित्रकला बिक्रीबाट भएको आम्दानीबाट नै यो केन्द्र जेनतेन चलिरहेको छ', नारी विकास केन्द्र, कुवारामपुरकी अध्यक्ष प्रेम मिश्रा चित्रकला देखाउँदै भन्नुहुन्छ- 'बढ्दो प्रतिस्पर्धा र व्यावसायिक सीपको अभावले यो कला यसरी नै चल्ने हो कि समाप्त हुने हो भन्ने चिन्ताले सताउन थालेको छ ।' राष्ट्रपति डा. रामवरण यादव गृहजिल्ला धनुषा आएको बेला नारी विकास केन्द्रका महिलाले भेटी मिथिला चित्रकलाको विकासमा सरकारबाट सहयोगको व्यवस्था मिलाइदिन आग्रहसमेत गरेका थिए, मिश्राले केही महिनाअघिको घटना कोट्याउनुभयो । Source: gorkhapatra.org.np « Go Back |
