More Articles
Articles » दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
Posted: December 14, 2009
-उर्मिला बिश्वकर्मा
urmila.bk@gmail.com
नेपाली उखानमा भनिन्छ जो होचो त्यसकै मुखमा घोचो भनेझै भएको छ आज गणतान्त्रिक नेपाली समाजमा महिलाहरुको अवस्था साह्रै दयनिय र कठिन जीवन भोग्न बाध्य भएका छन् । त्यसमा पनि अझ पिछडिएका हेपिएका दलिएका र आर्थिक रुपमा सामाजिक रुपमा पछाडिपारिएका छन् हाम्रो समाजमा दलितमहिलाहरु आज यहि असमानता सामाजिक रुपमा बहिष्कार आर्थिक रुपमा पछाडि र नेपालको धार्मिक संकुचताले भरिएको यो समाजमा अझै मानिसको चेतनामा विचारमा बिकास भने कमै भएको देखिन्छ यस्ता दिनानुदिनका अति अविस्वसनिय संकुचित बिचारले गर्दानै ।

दलित महिला कल्लीकुमारीको घटना सेलाउन नपाउदै आज दिनानुदिन कल्ली कुमारी जस्ता अन्य दलित महिलाहरु फेरीपनि बोक्सीको आरेापमा परी कुटपिट गरी मलमुत्र कोच्याई सामाजिक रुपमा बेइज्जती गरेका घटनाहरु बग्रयाल्तै सुनिदै आएको छ । यसमा फेरी पनि ती कल्ली कुमारीलाई अमानविय व्यवहार गर्ने बिमला लामा जस्ता शिक्षीत महिला जसले दलित महिलालाई कुटपिट गरी दिशा कोच्याएका थिए त्यस्ता सामाजिक अपराध्ाीहरुलाई गरेको अभिनन्दन र ढलौटिमा सरकारले छोडी हाल त्यस्ता सामाजिक अपराधीहरुलाई छोडी उल्टै त्यस्ता अपराधीको अभिनन्दन गरी इज्जत दिलाउने हाम्रो यो अन्धो समाजको र संकुचित बिचारको कारणले गर्दा पनि यस्ता घटनाहरुले प्रसय पाईरहेको छ ।

फेरी पनि दलित २ जना दलित महिलालाई सोही बोक्सीको आरोपमा मरनासन्य हुनेगरी कुटाई खाई दिशा ख्वाईएको छ मोरङका दुई महिलालाई बोक्सीको आरोपमा चरम यातना दिईएको छ जसमा चरम यातना भोग्नेहरुमा मोरङ नोचा गाविस २ की ३५ बर्षीया ललितादेवी मण्डल र हात्तीमुडा-८ की ६० बर्षीया बृद्ध महिला सोमनोदेवी सरदार हुन् जसको कारण आज सोमनादेवी आफ्नो मानसिक सन्तुलन गुमाएकी छिन् । उनीहरु दुवैजनालाई टुनामुना गरी गाउँलेहरुलाई बिरामी बनाएको र कतिपयको हत्या गरॆको आरोप लगाउँदै स्थानीय गाउँलेले कुटपिट गर्ने र मलमूत्रसमेत खुवाइ गाउँ निकाला गरेको र पीडित ललिताका अनुसार रामनवमी पर्वमा आफूलाई देउता चढेको र ललिता बोक्स्ाी भएको भन्दै स्थानीय सरिता चौधरी र स्थानीय गाउँलेहरुले उनलाई चरम यातना दिएका थिए । स्थानीय आधा दर्जन ब्यक्तिको मृत्युमा उनको टुनामुनाले काम गरेको भन्दै ललितलाई पटकपटक जबर्जस्ती घरबाट लगेर कुटपिट गरिएको थियो । दसैको मेला आयोजना भएको मेलास्थलमा नै लगेर उनलाई सार्वजनिक रुपमा कुटपिट गरिएको थियो यसरी भएको यो सामाजिक अपराधलाई अब के नाम दिने के यो ठिक कुरा हो या गलत यो अब हाम्रो समाजले नै केलाउनु पर्ने हुन्छ । अब ती पीडितलाई न्याय र अपराधीलाई सजाय दिन सरकार फेरी पनि पछि पर्नु भनेको फेरी पनि आधा आकाश सम्पूर्ण महिलाको नै अपमान अपहेलना र महिला प्रतिको फेरी पनि यो ठूलो शोषण हो र फेरी पनि यो समाजमा पितृ सत्ाात्मक सोच जगडिएर रहेको छ भन्ने छलैङ देखिन्छ । यसरी आजको यो समाजमा कतिपय महिला दिदी बहिनीहरु बाट नै यस्ता घटना घटिरहेको छ जसको कारण पुरुष मात्र नभइ महिला आफै महिलाको सम्मान नभई यस्ता घटनाहरु महिलाबाट नै शुरुवात भएको पनि देखिन्छ ।
हाम्रो समाजमा बोल्नेको पिठो पनि बिग्छ नबोल्नेको चामल पनि बिग्दैन यस्तै भएको दलित महिलाहरुको सवालमा जो बोल्न सक्दैन जो आर्थिक रुपमा कमजोर समाजले दलित भनेर अपहेलना गरेको छ त्यस्ता ब्यक्तिलाई जे भने पनि हुन्छ जसो गरेपनि हुन्छ भन्ने हेपाहा प्रवृत्तिले गर्दा नै आज दलित महिलाहरु यस्तो पिडा भोग्न बाध्य भएका छन् । यदि त्यहि समाजमा एउटा दलित परिवार आर्थिक रुपमा सम्पन्न र बोल्न सक्ने छ भने त्यो समाजले उनीहरुलाई औला ठड्याउन सक्दैन । यसको कारणले गर्दा पनि यस वर्गिय विभेद भएको समाजमा यस्ता घटनाहरुले ठाँउ पाईरहेको छ । यसमा ठूलो जिम्मेवारी सरकारले पनि लिनु पर्दछ । साथै यसको लागि सम्पूर्ण मानव अधिकार संघ सस्था मानव अधिकारवकर्मी र अन्य सरोकारवालाहरुले पनि गम्भिर भएर सोच्नु आवश्यक छ । र सबै भन्दा ठूलो जिम्मेवारी सरकारलेनै लिनुपर्दछ । राज्य र सरकारले यसलाई गम्भिर भई लिएर कागजमा मात्रै नभएर कार्याव्वयनमा ध्यान दिएमा दलितसमुदाय र दलित महिलाको अवस्थामा पक्कै पनि सुधार आउन सक्नेछ । आज यस्ता कयौं घटनाहरु घटे दलित महिलाहरुको सवालमा होस या आम महिलाहरुको सवालमा कहिल्यै पनि त्यस अपराध र घटनालाई केलाएन र पिडकलाई सजाय र पीडीतलाई न्याय दिलाउन फेरी पनि पछि रहेको छ यसको मूल जड नै यहि रहेको छ कि यस्ता सामाजिक अपराध दिनानुदिन घट्दै छ जसमा आज दलित महिला कल्ली कुमारीको घटनाले पुष्टि गरेको छ कि फेरी पनि यस्तै गर्ने हो भने यस्त्ाा घटनाहरुले दिनानुदिन प्रसय पाउनेछ । फेरी पनि दतिल महिलाको हक अधिकार न्याय अन्य अधिकार बाट सधै बिाचत हुनु पर्नेछ ।
यसरी व्यक्तिले मात्र नभई गाउँलेहरुनै मिली यस्तो कु कार्य गर्नु भनेको फेरी पनि हाम्रो समाजमा यस्तो अन्धबिश्वास सामाजिक अपराध जगडिएर रहने देखिन्छ । यस्तो समाजबाट आउने भोलिका पिडीले के सिक्ने कि सधै यही अन्धबिश्वास कुरीतिलाई अङगालेर नै बस्ने हो कि समाजमा नयाँ परिवर्तन नभई समाजमा सामाजिक अपराध कुशस्कार र कुविचारलाई पछ्याउने यो नयाँ पीडिलाई सिकाउने हो यो आजको मूल बिषय हो जस्तो देश उस्तै भेष भने झै जस्तो समाज त्यो समाजबाट सिक्ने कुरा पनि त्यहि नै हुन्छ ।

दलित महिलाहरु नै यो समाजमा आज यस्ता घटनाको सिकार हुनुपरेको छ यसको मुख्य कारण आर्थिक सामाजिक राजनैतिक धार्मिक आदि इतयादी कारणले गर्दा आज यो समाजबाट अपहेलना सामाजिक बहिष्कार कुटपिट छुवाछुत भेदभाव जस्त्ाा अन्य थुप्रै पिडाहरु भोग्नु परेको छ दलित महिलाले । २००७ सालपछिको नेपालमा विभिन्न खाले परिवर्तनहरु भईनै रहे आर्थिक राजनैतिक सामाजिक बिकास र अन्य थुप्रै सकरात्मक नकरात्मक परिवर्तन र नयाँ नॆपाल गणतन्त्रमय नेपालको कल्पना गरियो र हाल नयाँ नेपालको शुरुवात हुदै छ तर पनि आज नेपाली समाजमा बिचारको चेतनाको बिकास भने कम भएको पाइन्छ । जसले गर्दा आजको २१ औं शताब्दी वैज्ञानीक युगमा आएर पनि यस्ता अन्धविश्वास कुरीतीहरु हाम्रो समाजमा जरा गाडेर बसेको । यसलाई उखाल्न सरोकारवाला समाज सरकारको ठूलो जिम्मेवारी हुनेछ । होईन भने देश फेरी पुरानै ढुङगे युगमा जानेछ किनकी खोक्रो बिचार बिनाको नयाँ नेपाल ढुङगे यूग समान रहनेछ ।


« Go Back
Supporters / Sponsors :