More Articles
- दलित समुदायको मुक्ति र जातजातिको अधिकार सुनिश्चित गर्नु आजको मूल चुनौित
- दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
- दलितको थर यात्रा
- नयाँ संविधानमा दलितका एजेन्डा
- दक्षिण एसियामा दलित समुदायको जीवनस्तर उठ्न नसक्दा देश विकासमा बाधा देखापरेको छ
- समतामूलक समाजको परिकल्पना र दलित महिला
- आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको
- गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
- सार्प भिल्ले विद्रोह ः जातिभेद विरुद्धको विश्व अठोट र नेपाल
- २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
- क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!
- अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
- बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
- मिथिला चित्रकला दलित महिलाको सहारा
- दलितबारे माओवादी
- दलितमुक्तिनिम्ति आर्थिक क्रान्ति
- दलित सभासद्हरू किन निस्क्रिय
- राज्य पुनःसंरचना र दलित
- दलित आयोग यसरी नै चल्ने !
- अन्तरजातीय विवाहको लागि घोषित एकलाख कहा पुग्यो ?
- दलित किन संघर्षमा लाग्ने ?
- कसले बोल्ने मधेसी दलितका लागि ?
- दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
- मानव अधिकार दिवसको औचित्य के ?
- वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
- अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
- संविधानले गैरदलितलाई जिम्मेवार बनाउनु पर्छ
- वर्तमान परिवेसलाई दलित क्रान्तिमा कसरी हेर्ने
- Feminism And Dalit Women In India
- जातीय गोलचक्करमा मधेस
- दलित आन्दोलनका भद्र भद्रमान
- झाडापखलाबाट मृत्यु हुनुमा को बढी जिम्मेवार ?
- समावेशी नेपालको अभ्यास : जग विनाको घर
- दलित र गैर-भौगोलिक संघीय एकाइ
- दलित आन्दोलनका सक्कली र नक्कलीहरु
- नयाँ संविधानमा दलितका मुद्दाहरुको न्यायोचित समावेशीकरण
- Federalism In Nepal
- अपुर्ण भूमिका दलित सभासदहरुको
- बाँदरलाई पगरी !
- नयाँ संविधान मा दलितले चाहेका कुरा
- मधेसी-दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल
- विभेद अन्त्यमा हाम्रो दायित्व
- सन्दर्भ २१ मार्च र जातिय विभेद
- राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Articles » वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना ! |
||
| वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
Posted: December 6, 2009 उर्मिला बिश्वकर्मा urmila.bk@gmail.com आम नेपाली महिलाहरुमा पनि सामाजिक आर्थिकराजनितिक धार्मिक सांस्कृतिक रुपमा पिछडीएका दलित समुदाय भित्र पनि दलित वादी महिला हाल सम्म आफ्नै देश नेपाल नेपाली आमाको काखमा रहेर पनि आफ्नो चिनारी पाउनबाट बिाचत त छदै छन् त्यसमा पनि यौन पेशा जस्तो घृणित र पिडादायी पेशा अँगालेर बाच्न परेको अवस्था आज सम्म पनि रहेको छ । आम दलित महिलाहरुमा पनि ७६५९५ जनसंख्या रहेको बादी महिला दलित समुदाय भित्रको अति पिछडीएको समुदाय हो । वादी समुदाय सम्भ्रान्त संस्कृतिको अभिन्न अंग बन्दै ठूला राजामाहाराजा जमिन्दारहरुाई संगीतको माध्यमबाट मनोराजन प्रदान गर्ने नाचगान गर्ने जाल बुन्ने माछा मार्ने चिलिम र टरिया बनाउनु रहेपनि उनीहरु १०४ बर्षको राणाकालीन शासन व्यवस्थामा राजारजौटाहरुले मनोराजन साथै यौन सन्तुष्टी पनि गरेको भेटिएको र हाल आएर उनीहरुको मुख्य योन पेशा नै पेशा बन्दै आएको छ । उनीहरु जीवन खोला ओडार घुमन्ते जीनन बिताउथे उनहरुको उत्पत्ती भारतबाट नेपालको सल्लानबाट नेपालमा आएको विश्वास गरिन्छ । घुमन्ते जीवन सँगै १०४ राणाकालीन शासन व्यवस्थामा पनि बादी समुदायको बिकास भएको पाईदैन । वादी समुदायमा महिलाहरु नै यौन कर्मी बनेर आफ्नो छाक टार्नुपर्ने र परिवार पाल्नुपर्ने बाध्यताको पछाडी हाल सम्म पनि बादी समुदायलाई सरकारले नागरिकता नदिनु राज्यको अंगमा उनीहरुलाई प्रतिनिधित्व नगराउनु भूमिहीन जीबन बिताउनुपर्ने साथै बेरोजगारी नै प्रमुख समस्या रहेको त्यसै कारण हालसम्म पनि बादी महिलाहरु आफू मर्नु भन्दा बौलाउनु बेष भनी यस घृणीत पेशा अँगाल्न बाध्य भएको प्रतिकि्रया दिन्छन् । बादी महिलाको पीडा आज आम महिलामा दुख्नु पर्ने अझ भन्दा राष्ट्रलाई पनि दुख्नु पर्ने अवस्थामा खाली आश्वासन र कागजमा नै सिमीत रहेकोछ । २००७ सालदेखि २०१७ हुदै २०४६ साल सम्ममा देशमा भएको उथुलपुथल सकरात्मक परिवर्तन नकरात्मक परिवर्तनले पनि टेड पुच्छर छोएको छैन जसको फलस्वरुप उनीहरु त्यही कष्टमय जिबन बाचिरहेका छन् । आजको राजनैतिक परिवर्तत सँगै बादी समुदायमा पनि चेतना भने बिकास भएको छर्लङग देखिएको छ त्यसको उदाहरणको रुपमा २०६३÷०६४ मा उनीहरुले आफ्ना माग सहित सरकारमा दिएको दबाब र आन्दोलनबाट नै छर्लङग पारेको छ । आज उनीहरुलाई यो जिबनबाट छुटकारा भई आम नेपाली महिलासरहको जिबन ब्यतित गर्न चाहदा पनि उनीहरु बिाचत भएका छन् । उनीहरु आजसम्म समाजबाट पडिीत हेलित छुवाछूत जस्ता जघन्य अपराध दुखपिडा आर्थिक अभावसँगै समाजबाट तिरस्कृत हुदै बाच्न बाध्य भएका बादी महिलाहरु समयको परिवर्तन सँगै आफ्नो हक अधिकारको माग गर्दै २०६२÷०६३ को जनआन्दोलन पश्चात बादी समुदाय पनि उत्रिए आफ्नो माग सहित । उनीहरुको त्यो नाजुक अवस्था दर्दनाक दैनिक जीबन आफ्नै देशमा दिनानुदिन बेचिन बाध्य भएका बादी महिलाहरु आफू त्यो पिडा र जीबन बाट मुक्ति पाउन र सम्मान र समतामय जीबन ब्यतितको आशा सहित आफ्नो अधिकारको प्रत्याभूति गराउनको निम्ती सरकारलाई दबाब स्वरुप दाङ बाँके बर्दिया कैलाली र काचनपुर लगायत जिल्लामा बर्षौदेखि योन पेशा अपनाएर गुजारा गर्न बाध्य बादीहरु २४ सुत्रिय माग सहित २०६४ साउनदेखि राजधानीमा केन्द्रित आन्दोलन गरे र आफ्नो अधिकार पाउन योन पेशाबाट छुटकारा पाउनको निम्नी आफ्नो ज्यानको समेत बाजी राखेर धर्ना आन्दोलन गरे जसमा प्रहरीले प्रक्राउ गर्ने हातपातकुटपिट गर्ने घटनाहरु प्रत्यक्ष देखियो । बादी समुदायको पीडा मुक्तिको त्यो आवाज कम दर्दनाक र पीडादायी थिएन । पशुपतिको बनकालीमा खाना समेतको ठेगाना नभएका ती बादी समुदायलाई केहि दलित संघ संस्थाहरुले सहयोग गरेका थिए र उनीहरुको खालीखुट्टा घामपानी घरमा भएको बालबच्चाको ख्याल नराखी लगातार ३ महिना आन्दोलन गरिनै रहे उनीहरुले आफ्नो अधिकारको लागि विभिन्न खाले प्रदर्शन गरे जसमा केही सीप नलागेर सरकारलाई लज्जास्पद महसुस गराउन उनीह्रुले अर्धनग्न जुलुस समेत निकाले त्यसै लगतै धेरै समयपछि सरकारले बादी समदाय सँग बार्ता सहमति भएर वादी समुदाय रहेको क्षेत्रमा गई स्थलगत अध्ययन गरी ६ महिना भित्र प्रतिवेदन पेश गर्ने देखि नागरिकता प्रदान साथै उनीहरुको सम्पूर्ण राज्यको अंगमा सहभागी गराउने ती सम्पूर्ण आश्वासन सहित सहमति भयो तर अन्त्यमा संविधान सभामा त्यस समुदायको सहभागीता हात लागे शून्य भने झै भयो । उनीहरुले आज यही बाट नै प्रष्ट हुन्छ की सरकारले कति सम्म उनीहरुको समस्या र पीडालाई मनन गरेको रहेछ र फेरी पनि पिछडीएको बर्गलाई अगाडी ल्याई उनीहरुको जीबनमा बिकास गर्ने नभई पछाडी धकेल्ने र सोही अवस्थामा राख्न प्रयास भएको भन्ने कुरा । बादी समुदायको निम्न समस्याहरु जुन उनीहरुले सरकारलाई अवगत गराए जसमा उनीहरुमा हाल रहिरहेको समस्यामा गरिबीको समस्या शैक्षिक स्वास्थ्य यौन शोषण तथा देहव्यापार जन्मदर्ता नागरिकता छुवाछूत जातिय भेदभाव रोजगारी सुकुम्बासी मानव अधिकार सशस्त्र द्धन्द्ध सीमा आवागमन असुरक्षा आदि समस्याबाट ग्रसित बादी समुदाय यसरी बाच्न बाध्य भएको कुरामा पनि सरकार अबगत रहेको छ तर पनि आखामा पट्टि बाँधेर बसेको छ । यसरी उनीहरुको आन्दोलन पश्चातका ती आश्वासन केवल कागजमा मात्र सिमीत रहयो । बादी समुदाय फेरी पनि आशामा नै बस्न बाध्य भईरहे । यसरी देशमा विभिन्न खाले बिकास र सकरात्मक नकरात्मक राजनैतिक परिवर्तनहरु भएता पनि फेरी पनि आम पिडीत शोषित तल्लो बर्गमा रहेका पिछडीएका बर्गहरुको जीबनमा भने खासै परिवर्तन आएन जसको फलस्वरुप यी बादी समुदाय फेरी आफ्नो अधिकारको लागि लड्ने जमर्को गरेका छन् । हाम्रो देश नयाँ नेपालको कल्पना संगसंगै यी पिछडीएका वर्गहरुमा पनि चेतनामा बिकास पूर्ण रुपमा नभएको होइनन् उनीहरु आफ्नो हक अधिकार लिन र आफ्नो भावी सन्ततीलाई यस्ता खालका पीडा विभेदबाट मक्त हुनको निम्ती लड्न तम्तयार भएका छन् । तर पनि राज्यका अंगबाट बिाचत यो समुदायको बिकास हुन भने अझै धेरै बर्ष लाग्ने देखिन्छ । आधा आकाश ढाकेको आम महिलाहरुले भोगेको पिडा हाम्रो देश चलाउने महाराजाहरुलाई दुख्नु पर्ने हो तर हाल आएर कुसर्ीको लागि खिचातानी पदको लागि मात्र लड्ने यो नयाँ नेपालको सरकारले पनि केहि गर्ला जस्तो छाट पटक्कै छैन जसको कारण आज यस्ता पिछडीएका सामाजिक रुपमा हेलित र हरेक अंगबाट पिडा सहेका आम महिलाको पिडा कहिल्यै पनि साम्य हुने र समानताको घाम ताप्न पाउने सपना फेरी महिलाहरुको लागि निकै परको कुरा भएको छ । यसरी नै दलित समुदायको अवस्थालाई केलाएर हेर्ने हो भने अति दर्दनाक छ उनीहरु तल्लोजात भनि पानी नचल्ने जात भनी समाजबाट मान्छेको दर्जा लिन बाट बाध्य त भएका छन नै बोक्सी अन्तरजातीय विवाहका कारण कुटपिट हत्या आदि जस्ताको शिकार बन्न पुगेका छन् जो २१ औं शताब्दीमा आएर पनि समाजमा शिक्षीत भनेर चिनीने बर्गबाट भएका छन् । यी त भए हामीलाई साचार माध्यमबाट जानकारीमा आएका कुरा यस्ता पीडाका घट्ना सहन बाध्य दलित महिलाहरु अन्य नगन्य रुपमा रहेका छन् हाम्रा देशका ग्रामिण भेगमा । यसै स्वरुप बादी महिलाहरु त झनै समाजले नै यस्तो पेशा गर्ने छि भनी विभिन्न प्रकारका लाल्छना लगाउने र उनीहरुलाई मान्छे नै नगन्य हाम्रो समाजले उनीहरुप्रति यस्तो व्यवहारको सामना गरिरहनु परिरहेका छन् । योन पेशा बाट टाँढै भाग्न चाहने यी महिलाहरुमा अरु कुनै विकल्प नरहेको बताउछन् उनीहरु । आज सम्म पनि बादी समुदायका पुरुषहरुले रोजगारी नपाएको भारतमा गएर काम गर्न नपाएको र आफ्नै देशमा नागरिक समेत नरहेको पीडा सुनाउछन् जसको कारण उनीहरु यस्तो पेशा गर्न बाध्य भएको गुनासो गर्दछन् । बादी महिलाहरु फेरी पनि उठ्न र आफ्नो अधिकारको लागि र आफ्नो आउँने पुस्ताहरुलाई आफ्नो जस्तो नारकिय जिबन बाच्न नपरोस भनि जुनसुकै कसर बाँकी नराख्ने अठोट गरेका छन् । तर पनि सरकारको कानमा तेल हालेर बसेको अवस्था छ । यसरी बादी समुदायको आधारभूत माग भूमि रोजगारी नागरीकता नेपाली हु भन्ने पहिँचान खोज्दा समेत नँया नेपालमा उनीहरुको ठाँउ बिाचत रहनु पर् यो भने र देशमा जबसम्म असमानताको आगो सामन्तीहरुले लगाईरहन्छन् तबसम्म समाजमा सबैले समान भई बाच्ने अधिकारको सुनिश्चता गरिदैन मानवअधिकारको सुनिश्चितता र देश समतामय हुदैन तब सम्म यो नयाँ नेपालको कल्पना कल्पनामा नै सिमीत रहने आम जनतालाई भनेर ल्याईएको गणतन्त्र र नयाँ संविधान जहाँ सम्पूर्ण जनताकाृे पिडा मर्म अधिकार लेखिन्छ त्यो सधै अपुरो नै रहनेछ । जुन देशमा जनता धनी सम्पन्न र समानतामूलक जिबन बाच्न सक्छ त्यो देश मात्र धनी र सम्पन्न देश हुनेछ नत्र यस्तै सामन्तवाद र देशमा केही ब्यक्ति जसको हातमा पुैच छ र उनीहरु मात्रै धनाड्य भएमा फेरी पनि देश त्यहि खाँडलमा नजाला भन्नु कुनै दुईमत देखिदैन । यस्ारी आम दलित महिलाहरुको बिषयहरु पनि कम मूल छैन । त्यसैले दलित महिलाहरु साथै दलित समुदाय देखि आम नेपाली महिलाको जिबनमा सकरात्मक परिवर्तन आई हक अधिकारको सुनिश्चीतता गर्नु नै देशको आधा बिकासमा पूर्णता पाउनु हो । यसरी दुई ओटै पाँग्राको रथ भए मात्रै रथ अगाडी जान्छ यसरी नै आम महिला पुरुष बराबर र पितृसत्ाात्मकको अन्त्य भएमा र देशमा चेतनाको फराकीलो घर भएमा मात्र त्यस घरमा सबै जना सुखी र खुसी जीबन « Go Back |
