More Articles
- दलित समुदायको मुक्ति र जातजातिको अधिकार सुनिश्चित गर्नु आजको मूल चुनौित
- दलित आन्दोलनभित्र उपभोक्तावादी चिन्तन
- दलितको थर यात्रा
- नयाँ संविधानमा दलितका एजेन्डा
- दक्षिण एसियामा दलित समुदायको जीवनस्तर उठ्न नसक्दा देश विकासमा बाधा देखापरेको छ
- समतामूलक समाजको परिकल्पना र दलित महिला
- आरान तताउ कम्बाय्ट सिलाउ अनि विजयीको अन्तिम खुशीयालीमा बल्ल बाजा बजाउ
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको
- गणतान्त्रिक नेपाल र दलित महिलाको अवस्था
- सार्प भिल्ले विद्रोह ः जातिभेद विरुद्धको विश्व अठोट र नेपाल
- २१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन
- क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!
- अझै पनि बालीघरे प्रथामा काम गर्न बाध्य छन् दलित समुदाय
- बालीघरे प्रथाः आर्थिक नाकाबन्दी
- मिथिला चित्रकला दलित महिलाको सहारा
- दलितबारे माओवादी
- दलितमुक्तिनिम्ति आर्थिक क्रान्ति
- दलित सभासद्हरू किन निस्क्रिय
- राज्य पुनःसंरचना र दलित
- दलित आयोग यसरी नै चल्ने !
- अन्तरजातीय विवाहको लागि घोषित एकलाख कहा पुग्यो ?
- दलित किन संघर्षमा लाग्ने ?
- कसले बोल्ने मधेसी दलितका लागि ?
- दलित महिलाले नै किन भोग्दैछन् यस्ता सास्ती
- मानव अधिकार दिवसको औचित्य के ?
- वादी महिलाहरुको पीडा र नयाँ नेपालको कल्पना !
- अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
- संविधानले गैरदलितलाई जिम्मेवार बनाउनु पर्छ
- वर्तमान परिवेसलाई दलित क्रान्तिमा कसरी हेर्ने
- Feminism And Dalit Women In India
- जातीय गोलचक्करमा मधेस
- दलित आन्दोलनका भद्र भद्रमान
- झाडापखलाबाट मृत्यु हुनुमा को बढी जिम्मेवार ?
- समावेशी नेपालको अभ्यास : जग विनाको घर
- दलित र गैर-भौगोलिक संघीय एकाइ
- दलित आन्दोलनका सक्कली र नक्कलीहरु
- नयाँ संविधानमा दलितका मुद्दाहरुको न्यायोचित समावेशीकरण
- Federalism In Nepal
- अपुर्ण भूमिका दलित सभासदहरुको
- बाँदरलाई पगरी !
- नयाँ संविधान मा दलितले चाहेका कुरा
- मधेसी-दलितको सन्दर्भमा संघीयता र समावेशीकरणको सवाल
- विभेद अन्त्यमा हाम्रो दायित्व
- सन्दर्भ २१ मार्च र जातिय विभेद
- राजावादीभन्दा वाहुनवादी नै बढी घातक
Articles » अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन |
||
| अन्तरजातीय विवाह पश्चातको एक्लो जिबन
Posted: December 4, 2009 - उर्मिला बिश्वकर्मा आजीबन साथ दिन्छु भन्ने श्रीमान्लाई अन्तरजातिय विवाह गरेकै कारण बिदेशमा भगाईदिए पछि आज प्रेम कुमारी परियार एक्लो र समाज घरपरिवारबाट निश्कासित हुनुपरेको छ । ६ बर्षअघि सुर्खेत डाँडाखाली गाविसका कुलबहादुर बुढाथोकीसँग अन्तरजातिय विवाह गरेपछि उनको जिबनमा यो बज्रपात आईपरेको छ । केटाको घरबाट त निकालीदिए पनि समाजले त केही बोलीदेला केहि गर्ला भनी आशा गरेकी प्रेम कुमारीलाई आज यो समाज जता बाली त्यतै हली भएको छ । बोल्नेको पिठो बिक्ने हुनेको मात्रै सबै जना आफ्नो हुन्छ भनेझै प्रेम कुमारीको पनि यो समाजमा बोल्ने मान्छे कोही नभएको र दलित महिला भएकै कारण समाजबाट समेत हेलित हुनुपरेको छ । एक्लो जिबन बाच्न त धौ धौ उनलाई उनका ५ बर्षे छोराको भविष्यकै लागि भएपनि अहिले उनी साथी सस्थामा सिलाईकटाईको काम सिकीरहेकी छिन् । दलित र त्यसमा पनि आर्थिक अवस्था कमजोर प्रेम कुमारीले आफ्नो बच्चाको जन्म माईतिमा नै दिएपनि उनको भविष्यको लागि भने साथी संस्थामा छोरा सहित बस्तै आएकी छिन् । प्रेम कुमारीले कहिल्यै कल्पना पनि गरेकी थिईनन् होला कि बिबाह गरेकै केहि दिनमा नै उनको श्रीमानलाई बिदेश भगाएर समाजमा सबैले बहिष्कार र घरपरिवारले घरबाट निकाली आज यो जीबन जीउनु पर्छ भनी यो सबै हुनुमा उनको यहि मात्र कसुर भयो कि उनी एउटा दलित महिला थिईन् । बिबाह पश्चात खुसी जिबनको कल्पना गरेकी प्रेम कुमारीले बिबाह गरेर १५ दिन पनि आफ्नो श्रीमानको साथ नपाए पछि आज सम्म पनि घरपरिवारले पुर्नमिलन हुन नदिएतापनि श्रीमानको भने आशा गरेकी छिन् । तर यो समाज र जातिय विभेद जस्तो अन्धबिश्वासले जगडिएको समाजमा उनको त्यो आशा भने फेरी पनि अपुरो नै नरहन्छ भन्न सकिदैन । अन्तरजातिय विवाह पश्चात विभिन्न समस्या पिडा भोगेकी बताउने प्रेम कुमारी आज सम्म पनि केटाको घरपरिवार बाट धम्की आउने र विभिन्न खालको आक्षेप लगाउने गरेको बताउदै उनले अझै पनि जुन सुकै हालतमा आफ्नो छाराको अधिकारको लागि भए पनि चुपो लागेर नबस्ने जमर्को गरेतापनि फेरी पनि उनको आशा भने कमै रहेको छ । साथमा श्रीमान नभएको र समाजमा आफ्नो यत्रो ब्यईज्जत भएपछि उनले अझ त्यसको लागि लड्ने र अधिकार सुनिश्चित गरेरै छाड्ने जमर्को त गरेकी छिन तर पनि घरमा समेत नहुल्ने परिवारले खै के उनलाई अधिकार देला त छोराको जन्म हुनुअघि स्विकार गर्ने बताएका केटाको परिवारले छोराको जन्म भएपछि त झन सम्पतीको हकदार हुन्छ भनी जाल रची उनलाई गाउँमा नै बस्न नदिने सम्म बनाएका थिए । यस्तै कयौ प्रेम कुमारी अन्तरजातिय विबाह गरेकै कारण यस्ता पिडादायी जिबन भोग्न बाध्य भएका छन् हाम्रो समाजमा तर पनि हाम्रो समाज मौन छ यो समाजमा अझै पनि यस्ता जातिय विभेद छुवाछुत जस्ता अमानविय र रुढिबादी सोचलाई पालेर राखेको छ । कयौं प्रेम कुमारीले आफ्नो अधिकार पाउन त सर्वप्रथम हाम्रो समाजमा चेतनाको बिकास र सकरात्मक परिवर्तनको आवश्यक छ नत्र भने यस्ता घटनाहरु त बग्राल्तै भेटिन्छन् जहा दलित महिला भएकै कारण समाजबाट र परिवारबाट विस्थापित र कयौं पिडादायी जिबन भोग्नु पर्दछ । « Go Back |
